Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » अध्यक्ष कप प्रदेशस्तरीय भलिवलको उपाधि दमकलाई
    खेलकुद

    अध्यक्ष कप प्रदेशस्तरीय भलिवलको उपाधि दमकलाई

    ramBy ram२०७६ पुष १९, शनिबार १७:२५ गते2 Mins Read

    कनकाई खबर  \  झापा गाउँपालिकाको शरणामतिमा संचालन भएको अध्यक्ष कप प्रदेश नं. १ पालिका स्तरीय पुरुष भलबिल प्रतियोगिताको उपाधी दमक नगरपालिकाले हात पारेको छ ।

       आज शनिवार भएको फाईनल खेलमा दमकले बिर्तामोडलाई हराउदै उपाधि जितेको हो । दमकले अध्यक्षकपको उपाधिसँगै नगद १ लाख १ हजार १ सय ११ रुपैँया हात पारेको छ । दोस्रो भएको बिर्तामोडले नगद ७१ हजार १ सय ११ रुपैँया शिल्ड र ट्रफि हात पारेको छ । प्रतियोगितामा तेस्रो बनेको संखुवासभाको सभापोखरी गाउँपालिकाले नगद २१ हजार १ सय ११ रुपैँया पाउदा चौथो भएको आयोजक झापा गाउँपालिकाले १० हजार १ सय ११ रुपैँया पाएको थियो । बिजयी हुने सबै टिम तथा खेलाडीलाई झापा गाउँपालिकाका अध्यक्ष जय नारायण शाह, उपाध्यक्ष कुन्तीदेवि बुडाथोकी, वडानम्बर ६ का वडाध्यक्ष हरिबहादुर बानिया, ७ का वडाध्यक्ष नेत्रप्रसाद उप्रेती, आयोजक समितिका अध्यक्ष गजेन्द्र ताम्ली सचिव प्रेम प्रसाई लगायतले नगद तथा पुरस्कार प्रदान गरेका थिए ।

         फाइनल खेलमा दमकले बिर्तामोडलाई १२ \२५,  १२\२५ र २२\२५ ले हराउदै उपाधि हात पारेको हो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी दमकका प्रकाश लिम्बु घोषित भए । उनले नगद १० हजार रुपैँया प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट लिफ्टर दमकका मुस्कान लिम्बु, उत्कृष्ट सरभर टेम्के मयुंङ भोजपुरका सरोज राई , सर्वाेत्कृष्ट डिफेन्स आयोजक झापा गाउँपालिकाका गणेश कटुवाल, ब्लकर रोहित शिवाकोटी झापा गाउँपालिका, उदयमान खेलाडी बिर्तामोडका विज्ञान डाँगी र बेष्ट स्पाइकर सभापोखरी संखुवासभाका प्रदिप कट्टेल घोसीत भए । उनीहरुले नगद ५ हजारका दरले पुरस्कार पाएका छन् ।
    फाईनल खेलअघि झापा गाउँपालिका र कमल गाउँपालिकाको महिला टिमविच मैत्रीपुर्ण भलिवल खेल भएको थियो । जसमा कमल गाउँपालिका बिजयी भएको थियो ।

        सोहि कार्यक्रमका विच स्थानीय शरणामतीको खेल मैदानमा भलिबल खेलेर राष्ट्रिय प्रतियोगिता सम्म खेल्न सफल दुईजना खेलाडीहरु राजेन्द्र श्रेष्ठ र मदनकुमार बस्नेतलाई सम्मान समेत गरिएको थियो । जनतामाविको खेल मैदानमा पुस १४ गतेदेखि १९ गतेसम्म भएको प्रतियोगितामा झापा सहित प्रदेश नम्बर एकका २२ टिमको सहभागिता रहेको वताइएको छ ।

    कमेन्टस्

    Author

    • ram
      ram

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.