Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » नेपाल हृदयरोग निवारण प्रतिष्ठानबाट कनकाई नगरपालिकालाई सम्मान(भिडियोसहित)
    कनकाई नगरपालिका

    नेपाल हृदयरोग निवारण प्रतिष्ठानबाट कनकाई नगरपालिकालाई सम्मान(भिडियोसहित)

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८० पुष २७, शुक्रबार २२:२१ गते2 Mins Read

    यो सम्मान सम्पूर्ण नगरबासीको होः नगर प्रमुख पोखरेल

    कनकाई खबर \ झापाको कनकाई नगरपालिकालाई नेपाल हृदयरोग निवारण प्रतिष्ठानले सम्मान गरेको छ ।

    प्रतिष्ठानले यहि पौष २७ र २८ गते ललितपुरको जावलाखेलस्थित बगैंचा रेष्टुरेण्टमा आयोजना गरेको ३२औं केन्द्रिय सभाको अवसरमा कनकाई नगरपालिकालाई विशेष सम्मान गरेको हो । नगर क्षेत्रमा सूर्तिजन्य पदार्थ विक्रि वितरण साथै सेवन गर्न नियन्त्रण र निषेध गर्ने ऐन (२०८०) जारी गर्दै मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर गरी मुटु रोग, दीर्घ स्वासप्रश्वास, क्यान्सर जस्ता नसर्ने घातक रोगहरुबाट नगरबासीलाई जोगाउन नगरपालिकाको तर्फबाट खेलेको महत्वपूर्ण भुमिकाको उच्च मुल्याङ्कन गर्दै कनकाई नगरपालिकालाई सम्मान गरेको आयोजक संस्थाका केन्द्रिय अध्यक्ष बलराम न्यौपानेले बताएका छन् । कनकाई नगरपालिकाले गरेको ऐतिहासिक निर्णयबाट नेपाल हृदयरोग निवारण प्रतिष्ठानको उद्येश्य प्राप्तीमा थप उर्जा मिल्ने विश्वास गरिएको अध्यक्ष न्यौपानेले बताए ।

    नेपाल हृदयरोग निवारण प्रतिष्ठानले गरेको सम्मानसँगै थप जिम्मेवारी आएको बताउँदै कनकाई नगर प्रमुख पोखरेलले यो सम्मानको कदर गर्दै यसलाई जोगाएर राख्ने प्रतिवद्धता जनाए । प्रतिष्ठानका तर्फबाट संचालन गरेको मुटु रोगसँग सम्बन्धित अभियानलाई हरेक पालिका सम्म पुर्याउँन अनुरोध गर्दै नगर प्रमुख पोखरेलले अभियानमा कनकाई नगरपालिकाको पूर्ण साथ रहने बताए /

    सम्मान ग्रहणसँगै गोल्यान समूहको जनता एग्रो एण्ड फरेष्ट्री लिमिटेडसँग व्यवसायीक कृषिका माध्यमबाट उचित मूल्य र बजार प्रबर्धन गर्ने गरी सम्झौता गर्ने कार्यक्रम समेत रहेको हुँदा कनकाई नगरपालिकाबाट नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको नेतृत्वमा आवश्यक्ता अनुसार नगरपालिकाका प्रतिनिधिहरुको उपस्थिती रहेको बताइएको छ ।

    टोलीमा उपप्रमुख आशा शिवाकोटी सहित नगरका वडाअध्यक्षहरु, कार्यपालिका सदस्य, राजनीतिक दलका प्रतिनिधि, बजार व्यवस्थापन समितिका प्रतिनिधि सहितको टोली कार्यक्रम स्थलमा सहभागी भएको नगरपालिकाका प्रवक्ता कृष्णवहादुर राईले जानकारी दिए । सम्मान ग्रहणसँगै सम्बोधनका क्रममा कनकाई नगरपालिकाका प्रमुख पोखरेलले नगरपालिकाले गरेको निर्णयमा स्थानीय मुख्य राजनीतिक दल सहित सम्पूर्ण कनकाई नगरबासी हकदार भएको बताए ।

    प्रतिष्ठानका केन्द्रिय अध्यक्ष बलराम न्यौपानेको सभापतित्व एवं प्रतिष्ठानका संरक्षक डा.मृगेन्द्रराज पाण्डेको प्रमुख आतिथ्य रहेको कार्यक्रमको पहिलो सत्रमा शाखा सुदृढीकरणका उपायहरु, बाल मुटुरोग रोकथाम सहित अन्तक्रिया कार्यक्रम सम्पन्न भएको प्रतिष्ठानका झापा अध्यक्ष सन्तोष अग्रवालले जानकारी दिए । प्रतिष्ठान झापाका सह–सचिव रामप्रसाद निरौलाले आगामी योजना सहित झापाको प्रगति विवरण प्रस्तुत गरेका थिए ।

    कार्यक्रममा अन्य जिल्ला साथै प्रदेशका तर्फबाट समेत आआफ्नो प्रगति विवरण प्रस्तुत गरिएको थियो । प्रतिष्ठानका केन्द्रिय महासचिव बालगोविन्द विष्टले स्वागत गरेको कार्यक्रमको संचालन प्रोग्राम अफिसर बिमला महर्जनले गरेकी थिइन् ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.