Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई नगरपालिकाको बजेट ः ६६ करोड ३५लाख८८ हजार ६९८

    २०८३ असार ११, बिहीबार ०२:५६ गते

    कनकाई नगरपालिकामा भूमि प्रशासन सेवा सुरु ः स्थानीय तहमै ऐतिहासिक कदम

    २०८३ असार १०, बुधबार ११:३४ गते

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई नगरपालिका र जनता एग्रो बीच सम्झौता
    कनकाई नगरपालिका

    कनकाई नगरपालिका र जनता एग्रो बीच सम्झौता

    कनकाई खबरBy कनकाई खबर२०८० पुष २७, शुक्रबार १६:३३ गते2 Mins Read

    काठमाडौं । झापाको कनकाई नगरपालिका र जनता एग्रो बीच सम्झौता भएको छ ।

    प्रांगारिक व्यावसायिक कृषिका माध्यमबाट उचित मूल्य र बजार प्रवर्द्धनका लागि दुई पक्ष बीच आज काठमाडौँमा सम्झौता भएको हो ।

    कृषिमा आधारित बहुसंख्यक नगरवासी रहेकाले उनि हरुलाई व्यवसायिक कृषि पेशामा लाग्न प्रोत्साहन गर्ने उद्देश्यले कनकाई नगरपालिका र जनता एग्रो एन्ड फरेस्ट्री लिमिटेड बीच व्यावसायिक कृषिका माध्यमबाट उचित मूल्य र बजार प्रवर्द्धन गर्नेगरी सम्झौता भएको सम्झौता कार्यक्रममा सहभागी बनेका कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलले जानकारी दिए ।

    सम्झौता पत्रमा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल र जनता एग्रोका अध्यक्ष पवनकुमार गोल्यान ले हस्ताक्षर गरेका छन् ।सम्झौतासँगै कनकाई नगरपालिकाका किसानले व्यावसायिक कृषिलाई अघि बढाउन आवश्यक तालिम, बीउबिजन तथा प्रांगारिक मल, कीटनाशक औषधि र उत्पादन खरिद–बिक्री सम्मको व्यवस्था जनता एग्रो एन्ड फरेस्ट्रीले गर्ने भएको छ ।

    हस्ताक्षर कार्यक्रममा जनता एग्रोका अध्यक्ष गोल्यानले कनकाई नगरपालिकाका किसानले उत्पादनको उचित मूल्य र बजार पाउने विश्वास व्यक्त गरे । उनले जनता एग्रोले जग्गा बाँझो राखेर युवा विदेश पलायन हुनुपर्ने अवस्थाको अन्त्य गर्न व्यावसायिक कृषि ‘खेतिदेखि विक्रेता’ सम्म गुणात्मक उत्पादन र आपूर्ति प्रणालीको विकास गरी आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग पु¥याउने उद्देश्यले स्थानीय तहहरुसँग सम्झौता गरिरहेको बताए ।

    अध्यक्ष गोल्यानले कनकाईका किसानले १ बिघा जग्गामा खेती गरेर वार्षिक ५० हजार कमाउन नसक्ने अवस्था रहेको भन्दै आफूहरुले पाँच वर्षमा ५ लाख आम्दानी गर्नसक्ने बनाउने प्रतिबद्धता जनाए । उनले नेपालमा ४ खर्बको कृषि वस्तु आयात भइरहेको तर नेपालमै कृषि उत्पादन गरी ४ खर्बबराबरको निर्यात गर्नसक्ने अवस्था रहेको बताए ।अध्यक्ष गोल्यानले आयात भइरहेको ४ खर्ब कृषि वस्तु आगामी ५ वर्षभित्रमा शून्यमा ल्याउने प्रयासमा नगरपालिको साथ सहयोग हुने विश्वास व्यक्त गरे ।

    नगरपालिकासँगको सम्झौता र सहकार्यले कनकाई नगरपालिकामा हुने कृषि उत्पादनको पहिचान, उद्यमको विकास तथा कृषि प्रशोधन उद्योगको स्थापना गर्न सुधार पुग्ने उनको विश्वास छ ।नगर प्रमुख पोखरेलले जनता एग्रोसँगको सम्झौताले कनकाई नगरपालिकाभित्र कृषि उत्पादान र उद्यमका क्षेत्रमा क्रियाशील उद्यमी तथा नवउद्यमीलाई अवसरको ढोका खुलेको बताए ।

    उनले जनता एग्रोसँगको सम्झौतासँगै किसानको जीविकोपार्जनको ग्यारेन्टीमा सघाउ पुग्ने र आर्थिक रुपमा समृद्धितर्फ अगाडि बढाउने विश्वास व्यक्त गरे ।जनता एग्रोले स्थानीय तहहरुसँग समन्वय र सहकार्य गर्दै प्रांगारिक कृषि उत्पादन वृद्धि गरी बजारीकरणका लागि पहल गरिरहेको जनाएको छ ।

    सम्झौता कार्यक्रममा कनकाई नगर उपप्रमुख आशा शर्मा शिवाकोटी, कार्यपालिका सदस्य, वडाध्यक्ष गरि करिव १७ जनाको टोली काठमाडौं पुगेको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई नगरपालिकामा भूमि प्रशासन सेवा सुरु ः स्थानीय तहमै ऐतिहासिक कदम

    २०८३ असार १०, बुधबार ११:३४ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई नगरपालिकाको बजेट ः ६६ करोड ३५लाख८८ हजार ६९८

    २०८३ असार ११, बिहीबार ०२:५६ गते

    कनकाई नगरपालिकामा भूमि प्रशासन सेवा सुरु ः स्थानीय तहमै ऐतिहासिक कदम

    २०८३ असार १०, बुधबार ११:३४ गते

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.