इलाममा एक नवजात शिशु बेवारिसे अवस्थामा जीवित फेला परेको छ । इलामको माईजोगमाई गाउँपालिका-३ स्थित गुप्ती मेन रोड भन्दा एक किलोमिटर तल ढुङ्गाको ओडारमा नवजात शिशु फेला परेको हो ।शिशुलाई स्थानीयले उद्धार गरेको छ
। सो शिशु ३/४ दिन अघि जन्मेको हुन सक्ने अनुमान स्थानीयले गरेका छन् । शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । शिशुको फोटो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
Author
-
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।
View all posts
