अमेरिका पठाइदिने भन्दै २३ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोप लागेकी युवतीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–६ भंगाल चपलीकी ३४ वर्षीया बेन्जु महत छिन् ।
उनले एक व्यक्तिलाई वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिन्छु र त्यसका लागि ५० लाख रुपैयाँ लाग्ने भन्दै सुरुमा २३ लाख ५० हजार लिएको आरोप छ ।
२३ लाख ५० हजार रुपैयाँ लिएपछि सम्पर्कविहीन बनेकी उनलाई पीडितको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । शिलापत्रबात
Author
-
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।
View all posts
