Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » बर्दबाहिनी माता मन्दिर संरक्षण समितिको साधारण सभा सम्पन्न
    कनकाई नगरपालिका

    बर्दबाहिनी माता मन्दिर संरक्षण समितिको साधारण सभा सम्पन्न

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८० पुष २४, मंगलवार ०७:४० गते2 Mins Read

    कनकाई खबर \ झापाको चारालीस्थित बर्दबाहिनी माता मन्दिर संरक्षण समितिले पाँचौ वार्षिक साधारण सभाको अवसर पारेर बनभोज सहितको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

    नेपाली सेनाको बर्दबहादुर गण अन्तर्गतको विभिन्न जिम्मेवारीमा रहेर अवकास प्राप्त भइसकेका व्यक्तित्वहरुको कोशी प्रदेशस्तरीय बनभोज सहितको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो ।पुर्वकै प्रसिद्ध पर्यटकीय स्थल जामुनखाडी सिमसार क्षेत्रमा कार्यक्रम सम्पन्न भएको हो ।

    बर्दबहादुर गणका अवकास प्राप्त नेपाली सेनाहरुको पहलमा चार वर्ष अघि नै चारालीस्थित २ नं. गेट बाहिर आस्थाको रुपमा रहेकी बर्दबाहिनी माताको मन्दिर निर्माण भएसँगै बर्दबाहिनी गण अन्तर्गतका अवकास प्राप्त नेपाली सेनाहरु संगठित हुन थालेको बताइएको छ । विभिन्न सामाजिक क्षेत्रमा समेत सक्रिय रहँदै अघि बढ्ने लक्ष्य सहित संगठित भएको मन्दिर संरक्षण समितिमा हाल सम्म १५० बढी सदस्य रहेको समितिका अध्यक्ष मुकुन्दप्रसाद भट्टराईले जानकारी दिए ।

    बर्दबाहिनी माता मन्दिर संरक्षण समितिले बर्दबहादुर गणको सहयोगमा मन्दिरको संरक्षण, सरसफाई साथै समूहभित्र आइपर्ने विभिन्न समस्यामा समन्वय गर्दै निधन भएका परिवारजनमा समवेदना लिएर जाने लगायतका कार्य गर्दै आएको समितिका अध्यक्ष भट्टराईले जानकारी दिए । कार्यक्रममा अध्यक्ष भट्टराईले समितिका तर्फबाट १ लाख २८ हजार बराबरको आयव्यय विवरण प्रस्तुत गरेका थिए । कार्यक्रममा सहभागीहरुबाट शुभकामना आदानप्रदान साथै नाचगानसहितको रमाइलो बनभोज कार्यक्रमकालागी याक ब्रुअरीबाट आवश्यक केही सामाग्रीको सहयोग प्राप्त भएको गणका अवकास प्राप्त हवल्दार मेजर मेघराज पौडेलले जानकारी दिए ।

    अवकास प्राप्त कप्तान निरबहादुर तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गण अन्तर्गतका बहालवाला जमदार राजु काफ्ले, अन्तर्राष्ट्रिय खेलाडी अवकास प्राप्त जमदार डम्बरसिंह कुँवर, ईलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख प्रविन भट्टराई, पत्रकार रामप्रसाद निरौला लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    बर्दबहादुर गणको आस्थाको रूपमा रहेकी बर्दबाहिनी मन्दिर संरक्षण समितिका अध्यक्ष भट्टराईले सहजीकरण गरेको कार्यक्रममा समितिका सचिव समेत रहेका नेपाली सेनाका अवकास प्राप्त हु.दा. ख्याम ओलीले शाब्दीक स्वागत गरेका थिए ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.