झापा । इलामको माई नगरपालिकामा बुवाले खुकुरी प्रहार गरी आफ्नै छोराको हत्या गरेका छन् ।
माई नगरपालिका वडा नं ६ का दिलकुमार राईले १८ वर्षीय छोरा जीवन राईको हत्या गरेका हुन् । सोमबार बेलुका ७ बजे घरझगडाका क्रममा ३७ वर्षीय दिलकुमारले छोरा जीवनमाथि खुकुरी प्रहार गरेका थिए । घाइतेलाई उपचारका लागि बीएण्डसी हस्पिटल बिर्तामोड ल्याइएकोमा उपचारका क्रममा आज विहान३ः२० बजे उनको मृत्यु भएको हो ।
कक्षा ११ मा अध्ययन गर्ने जीवन दिलकुमारका एक्लो छोरा थिए । घटनापछि हिजो बेलुका नै स्थानीयले पक्राउ गरी दिलकुमारलाई प्रहरीको जिम्मा लगाएको स्थानीय पत्रकार बुद्धराज योङहाङले जनाएका छन् ।
Author
-
View all posts
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

