सावित्रा दहाल भट्टराई \ झापा
कुनै पनि संस्था वा संगठनको सफलता र असफलता धेरै हदसम्म उच्च तहमा कार्यरत कर्मचारीको सोच दृष्टिकोण र क्षमतामा भर पर्दछ । संस्थाको लक्ष्य र उद्देश्य प्राप्ति गर्ने वा नगर्ने धेरै हदसम्म व्यवस्थापकको भूमिकामा रहेको त्यसको नेतृत्वको हात हुन्छ ।
व्यवस्थापकको रुपमा नेतृत्वमा आवश्यक व्यवस्थापकीय क्षमता नभए सङ्गठन वा संस्था सञ्चालनमा एउटा निश्चित तहसम्म सफल हुन सकिएला तर त्योभन्दा माथिल्लो तहको भने व्यवस्थापकमा कुशल नेतृत्व क्षमता हुनु अनिवार्य मानिन्छ । यस्तै कुशल नेतृत्व क्षमताका धनी हुन यमनाथ दहाल । पिता चूडामणि र माता लोचन दहालको कान्छो सुुपुुत्रको रुपमा बि.सं. २०३७ चैत्र २४ गते तेह्रथुुमको पिप्लेमा जन्मिएका उनले बाल्यकालमा कक्षा ६ पढ्दादेखि लगातार ३ घण्टाको पैदल यात्रा हिडेर बि.सं. २०५३ सालमा सिंहबाहिनी मा.वि. तेह्रथुमबाट एस. एल.सी. उर्तीैण गरेका थिए ।
अध्ययनमा अत्यन्तै रुची राख्ने उनले कक्षा १२ को औपचारिक अध्ययन पश्चात उनले प्राप्त गरेको शैक्षिक योग्यताको उपाधी स्वः अध्ययनबाट प्राप्त गरेको बताउँछन् । अत्यन्तै मेहेनती र संघर्षशील स्वभावका उनले व्यवस्थापन संकायमा स्नातकोत्तर तह (एम.वि.एस.), मानविकी संकायमा स्नातकोत्तर तह (एम.ए.) र कानुन संकायमा स्नातक तह (एल.एल.वि.) उत्तीर्ण स्व. अध्ययनबाटै गरेका थिए । साहित्य तर्फपनि उत्तिकै रुची राख्ने उनको अप्रकाशित निबन्ध संग्रह “सपनाको अंक” प्रकाशनको तयारीमा रहेको छ । १९ वर्षको कलिलो उमेरदेखि नै शिक्षण क्षेत्रबाट पेसा प्रवेश गरेका उनले वि.सं. २०६३ देखि २०६७ सम्म तेह्रथुुमको म्याङ्गलुुग क्याम्पसको व्यवस्थापन विभागको विभागीय प्रमुखको समेत जिम्मेवारीसम्हालेका थिए ।
मेहेनतको फल मिठो हुन्छ भने झै, वि.सं. २०६७ साल मंसिरदेखि नेपाल बैंक लिमिटेड चौथो तहबाट बैकिङ्ग सेवा प्रवेश गरेका उनले उत्कृष्ट कार्यसम्पादनको कारण छोटो समयमा नै निक्कै प्रगति गर्दै बि.सं. २०६८ सालमा सहायक प्रबन्धकको जिम्मेवारी प्राप्त गरेँ । कर्म र जिम्मेवारीप्रति विश्वास गर्ने दहालले आफूू कार्यरत शाखाहरुको उत्कृष्ट कार्यसम्पादन गर्दै पुनः २०७१ सालमा उप–प्रबन्धक र २०७५ सालमा प्रवन्धकको जिम्मेवारी प्राप्त गरे ।
करिव ११ वर्ष विभिन्न शाखाको प्रबन्धकको अनुुभव बटुलेका उनी नेपाल बैंक लिमिटेडको विर्तामोड शाखाको प्रबन्धकको रुपमा बि.सं २०७७ असोजमा झापा आएका थिए । पूर्वकै प्रमुख व्यापारिक केन्द्र मानिएको बिर्तामोड शाखाको कारोवारमा गिरावट आएको अवस्थामा प्रबन्धकको जस्तो महत्वपूर्ण जिम्मेवारी उच्च मनोवलका साथ सम्हाली आएका उनले कोभिड र विश्वव्यापी आर्थिक मन्दीका कारणले नेपालको वित्तिय क्षेत्रमा आएको संकटका बावजुदपनि यस शाखाको वित्तिय अवस्था निक्कै सुधार गरेका छन् । उनले प्रबन्धकको जिम्मेवारी सम्हालेपछि पहिलो कामको रुपमा शाखाको आवश्यक सम्पूर्ण पूर्वाधार सहितको सुविधासम्पन्न भवन निर्माण गरे,जहाँ महिला कर्मचारी र सेवाग्रहीका लागि स्तनपान कक्ष, शुद्ध पिउने पानी, सुविधासम्पन्न पार्किङ्ग आदिको समेत व्यवस्था गरिएको छ ।
एउटा व्यवस्थापकले आफ्ना मातहतका कर्मचारीहरूमा आत्मविश्वासका साथ र काम गर्ने भावना जगाउन सक्नुपर्छ र उसले सङ्गठनात्मक लक्ष्यतर्फ प्रयास लगाउन निर्देशित, उत्प्रेरित तथा उत्साहित गराउन सक्नुपर्छ, एउटा नेता सफल व्यवस्थापक हुन वा नहुन पनि सक्छ तर व्यवस्थापकले सफलता हासिल गर्नको लागि नेतृत्वको ज्ञान, सीप र क्षमता हुनुपर्दछ अर्थात व्यवस्थापक आफ्ना मातहतका कर्मचारीहरू वा समूहलाई उत्साहित एवं नेतृत्व गर्नमा सक्षम हुनुपर्छ । कुनै राजनीतिक प्रशासनिक शक्तिको प्रयोग नगरिकन आफ्ना अनुयायीहरूबाट स्वस्फूर्त रूपमा अपेक्षित कार्यहरू गराउने क्षमता हुनुपर्छ । यी सबै गुणहरु प्रबन्धक दहालमा रहेको उनका सहकर्मी तथा सेवाग्राहीहरु बताउँछन् ।
