Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कुवेतमा कुटेर काम लगाउँथे, बाँचेर फर्किएँ
    कनकाई खबर बिशेष

    कुवेतमा कुटेर काम लगाउँथे, बाँचेर फर्किएँ

    कनकाई खबरBy कनकाई खबर२०८० पुष २३, सोमबार १५:३२ गते3 Mins Read

    गाउँका दिदीबहिनी, साथी–संगी सबै विदेश गएको देख्दा मलाई पनि बिदेसिने रहर लागिरहेको थियो। विदेश लैजाने गाउँ आउने एकजना दाइ चिनेको थिएँ। उनलाई म पनि विदेश जान्छु भने। उनले हुन्छ पासपोर्ट बनाएर राख भने। मैले सदरमुकाम गएर पासपोर्ट बनाएँ अनि उनैलाई दिए। उनले म एक महिनापछि लिन आउँछु भने। पैसा ठीक पारेर राख भने। मैले सरसापट र घरमा भएको बाख्रा बेचेर २ लाख ठीका पारेँ।

    उनी एक महिना नबित्तै आए। उनले अनि म तिमीलाई कुवेत लैजान्छु भने। म उनैको पछि लागेँ। यो २०६९ सालको कुरा हो। म कुवेत पुगेँ। त्यहाँ एउटा घरमा पुर्‍याएर यहीँ हो तिम्ले काम गर्ने ठाउँ भनेर उनी फर्किए। सुरुमा त ठीकै जस्तो लागेको थियो। म गाउँको मान्छे, उनीहरूको कुरै नबुझिने। बिस्तारै उनीहरूले मलाई जे कुरामा पनि गाली गर्ने, पिट्ने गर्न थाले।

    घरबाट हिँडेको छ महिना जति भएको हुँदो हो। अब त नेपाल फर्कन्छु यस्तो ठाउँमा बस्दिनँ भन्ने सोचेर घरमा दाइलाई फोन गरे। तर, साहुले बोल्दा बोल्दै फोन खोसिदिए। दाइले बाउ बिरामी छ जसरी नि घर आऊ भन्नुभएको थियो। राम्रोसँग बोल्न पनि दिएनन्। मलाई दिएको मोबाइल र सिम नै फुटाइदिए साहुले अनि कसरी फोन गर्नु ? दैनिकजसो उनीहरूले मलाई पिट्थे। रुन मन लाग्थ्यो। तर, रोएको देख्यो भने गाली गर्ने, किन रोएको भन्ने, साहुका बच्चाहरूसमेत कुट्थे। कहीँ जान पनि नदिने, जति बेला पनि घरभित्रै। मलाई के बार हो, कुन दिन हो, कुन महिना हो, नेपालमा के चाडबाड आयो भन्ने थाहै हुन छाडेको थियो। 

    त्यहाँ मेरो काम बालबच्चा हेर्ने, खान बनाउने र घरको सबै कामको जिम्मेवारी थियो। कहिलेकाहीँ साहुनीको माइतीघर साउदी लिएर जान्थिन्। तर, गाडीमा यात्रा गर्दा पनि बाहिर हेर्न दिँदैनथिन्। म त बन्दीजस्तै भएको थिएँ। घरको फोहोर फाल्न बाहिर निस्कने बेला मात्रै उज्यालो र हावाले छोएको अनुभव हुन्थ्यो। अरूबेला घर बाहिर निस्कनु अपराध गरेको जस्तै ठान्थे उनीहरूले।

    म उनीहरूलाई मलाई घर जान देऊ भन्थेँ। उनीहरूले अहिले घर जाने समय भएकै छैन भन्थे। दाइलाई फोन गरिदेऊ भन्थेँ, नम्बर नै छैन भनेर टार्थे। कामको बोझले बिरामी भइरहन्थें। तर, जति दिन ज्वरो आओस्, जति दिन टाउको दुखोस्, चाहे ज्यान ओछ्यानमै परोस् तर काम गर्नुनै पथ्र्यो। अब म यतै मर्छु होलाजस्तो लाग्थ्यो। 

    यता नेपालबाट दाइले म कुवेत आएको पत्ता लगाएर नेपाल फर्काउन संघ–संस्थालाई गुहार्नुभए छ। एकदिन यताको दूतावासको मान्छे र दुईजना नेपाली मान्छे म काम गरेको घरमा आए। नेपाली देखेपछि रुन मन लाग्यो। मलाई यिनीहरूले मार्छन् नेपाल पुर्‍याइदिनुस् भन्दै बेस्सरी रोएँ। त्यसको दुई दिनपछि उनीहरूले मलाई नेपाल लिएर आए। 

    यहाँ आएपछि पो म कुवेत बसेको १० वर्ष भइसके छ भन्ने थाहा पाएँ। म २०७९ मंसिरमा घर आइपुगेँ। २०७२ सालको भुइँचालोमा बुबा बित्नु भएछ। त्यो पनि यहीँ आएर मात्र थाहा पाएँ। पैसा कमाएर बुवा आमालाई पठाउँला भन्ने लागेको थियो। ठूलो रहर लिएर बिदेसिएको थिएँ। तर, दुःखबाहेक केही पनि पाइन्। म त बाँचेर फेरि यहाँ आउला भन्ने नै लागेको थिएन। अहिले सोच्छु त्यसरी अरूको लहैलहैमा लागेर विदेश नगएको भए दुःख पाउनु पर्दैनथ्यो। अहिले गाउँका दिदीबहिनीहरूलाई सम्झाउने गरेको छु, विदेशमा यस्तो हुन्छ भनेर। पहिला त यहाँका दिदीबहिनीहरू घरैपिच्छेबाट विदेश गएका थिए। अहिले मैले पाएको दुःख देखेर पनि जाँदैनन्। आजको अन्नपूर्ण पोष्टमा खबर छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.