Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » अनेमसंघ अगुवाहरुले सुनाए आफ्नो गौरवपूर्ण बिगत
    कनकाई नगरपालिका

    अनेमसंघ अगुवाहरुले सुनाए आफ्नो गौरवपूर्ण बिगत

    कनकाई खबरBy कनकाई खबर२०८० पुष २३, सोमबार ०७:५४ गते4 Mins Read

    झापा \  अखिल नेपाल महिला संघ झापाका नेतृहरुले आज आयोजित एक कार्यक्रममा आफ्नो गौरवपूर्ण बिगत नयाँ पुस्ताका कार्यकर्तालाई सुनाएका छन् ।

    अनेमसंघ झापाले झापामा नेकपा एमालेको राजनीतिलाई भूमिगत कालदेखि अघि बढाउन योगदान पुर्याएका महिला अग्रज, संघका पूर्व अध्यक्ष र जनसंगठनका अगुवालाई आफ्नो क्रान्तिकारी बिगत सुनाउन एउटै मञ्चमा पहिलोपल्ट उभ्याएको थियो । 

    अर्जुनधाराको सालबाडीस्थित सुखानी स्मृति पार्कमा भएको उक्त कार्यक्रममा अखिल नेपाल महिला संघकी केन्द्रीय उपाध्यक्ष मेनुका काफ्ले मुख्य वक्ता हुनुहुन्थ्यो । उहाँले भूमिगत कालमा पार्टी राजनीतिलाई जनताको माझमा लोकप्रिय बनाउन महिला नेतृहरुले पनि पुरुषहरुले झैं कठिन परिस्थितिको सामना गरेको अनुभूति सुनाउनुभयो ।

    उहाँले बिगतमा अनेमसंघको नेता र त्यसमा आवद्ध कार्यकर्ताहरु व्यक्तिगत लाभ र स्वार्थभन्दा टाढा रहने गरेको इतिहासबाट अहिलेका महिला कार्यकर्ताहरुले सिक्नु पर्ने बताउनुभयो । ज्यानको पर्वाह नगरी र परिवारको स्वार्थ समेत नहेरी पार्टी र क्रान्तिका लागि बिगतमा पुर्याएको योगदान कहिल्यै भूल्न नहुने उहाँले बताउनुभयो ।

    उहाँले अहिले नेतृत्वमा बस्न तँछाडमछाड गर्ने तर जिम्मेवारी पाएपछि बेवास्ता गर्ने प्रवृत्ति मौलाएको गुनासो गर्दै महिला प्रतिनिधित्व र अवसर दिने बेलामा मातृ पार्टीले अनेमसंघ र इमान्दार कार्यकर्ताहरुको धारणा लिनु पर्ने सुझाव राख्नु भएको थियो ।

    अनेमसंघले २०४४ सालदेखि हालसम्म गरेका आन्दोलनको चर्चा गर्दै उहाँले पद र प्रतिष्ठाका लागि निष्ठाको राजनीति त्याग्न नहुने बताउनुभयो । 

    अनेमसंघकी केन्द्रीय सदस्य टीका बस्नेत घिमिरेले अग्रजको इतिहासलाई नबिर्सन र सम्मान गर्न आग्रह गर्नुभयो । उहाँले विगतमा आफूले विभिन्न जिम्मेवारीमा रहेर काम गर्दा भोग्नु परेको समस्या र चुनौतीका बारेमा बताउनु भएको थियो ।

    आज व्यापक कार्यकर्ता र संगठनको ठूलो सञ्जालले गर्दा अनेमसंघ आफैमा शक्तिशाली बनेको उल्लेख गर्दै उहाँले हिजो यो संगठनलाई झापामा विस्तार गर्दा थोरै महिलाहरुले आफ्नो जीवनको उर्वर समय खर्चिएको इतिहास सम्झाउनुभयो ।

    अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य लीला कट्टेलले विगतमा आफूले भोगेको जेल जीवनको बारेमा बताउनुभएको थियो ।

    २०४६ सालको जनान्दोलन सफल भएपछि खुला परिवेश आएको हुँदा राजनीति गर्न सजिलो भएको चर्चा गर्दै भूमिगत अवस्थामा महिलाहरुले प्रहरीको धरपकडबाट जोगिएर सेल्टरमा बस्नु पर्ने, आन्दोलनका मोर्चामा पुरुषसँगै सहभागी हुनुपर्ने र जेलका चिसो छिडीमा चर्को यातना सहेर क्रान्तिलाई अघि बढाउनु पर्ने कार्य अहिले कथा जस्तो लाग्ने बताउनुभयो ।

    अनेमसंघ झापाकी पूर्व अध्यक्ष तथा प्रदेशकी पूर्व राज्यमन्त्री जसमाया गजमेरले सरकार सञ्चालन गर्दा भोगेका अनुभव सुनाउँदै आफ्नो जिम्मेवारीको बारेमा जानकार भएमा पार्टीले सुम्पेको जुनसुकै भूमिका पनि सहज रुपमा सम्पादन गर्न सकिने बताउनुभयो ।

    इलाममा सानो उमेरमै कम्युनिस्ट राजनीतिमा लागेको र क्रमशः जिम्मेवारी बढ्दै जाँदा मन्त्री पदको समेत जिम्मेवारी सफलतापूर्वक पूरा गरेको उहाँले सुनाउनुभयो । राजनीतिमा मिडियाको भूमिका महत्वपूर्ण हुने कुरा आफु अनेमसंघ झापाको अध्यक्ष र मन्त्री पदमा हुँदा समेत अनुभूति गरेको उहाँले चर्चा गर्नुभयो ।

    अनेमसंघ झापाकी इञ्चार्ज सुमित्रा भण्डारीले पार्टी र संगठनलाई चलायमान बनाउन पुरानो र नयाँ पुस्ताबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । हिजो पार्टी र महिला आन्दोलनलाई यहाँसम्म ल्याउन भूमिका निर्वाह गर्ने अग्रजलाई विभिन्न वहानामा बिर्सन नहुने उहाँको धारणा थियो ।

    अनेमसंघ झापाकी अग्रज नेतृ लता प्रसाईले आफ्नो घरलाई तत्कालीन पार्टीका नेता कार्यकर्ताहरुले प्रमुख सेल्टर बनाएको बताउनुभयो । 

    नेकपा एमालेकी केन्द्रीय उपाध्यक्ष एवम् पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य र अमृत बोहोराले भूमिगत कालमा छोरीलाई हुर्काउन आफुलाई जिम्मा दिएको रोचक इतिहास उहाँले सुनाउनुभयो । 

    उहाँले राजनीति गर्दा प्रहरी प्रशासनको नजरमा सधैं शंकाको घेरामा परिने गरेको र त्यस्ता अनेकन चुनौती छिचोल्दै आजको अवस्थामा अनेमसंघ र नेकपा एमालेलाई ल्याउन योगदान दिएको बताउनुभयो ।

    कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य दीपक कार्कीले विगतमा जस्तो अधिकारको लागि संघर्ष गर्दा अहिले थुनिनु पर्ने र जेल जानु अवस्था नरहेको बताउनुभयो । 

    उहाँले नेकपा एमाले लोकतन्त्र, गणतन्त्र र सामाजिक परिवर्तनको बाहक रहेको उल्लेख गर्दै आधा आकाश ओगटेका महिलालाई संगठित गर्ने र राजनीतिक अभियानलाई सफल बनाउने कार्यमा अनेमसंघको महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।

    कार्यक्रमा अग्रज महिला नेतृ विष्णु बरालले २०३८ सालदेखि हालसम्म अनेमसंघमा रहेर बिताएको क्षणका दुःखसुखको चर्चा गर्दै अनेमसंघ तानाशाही पञ्चायती शासनविरुद्ध लडेको र नारी मुक्तिको जागरण ल्याउने गौरवशाली संगठन भएको बताउनुभयो ।

    अधिवक्ता एवम् अनेमसंघ कोशीकी प्रदेश सचिव हेमकला कट्टेलले राजनीतिलाई लगानी उठाउने थलोको रुपमा नबुझ्न सबैलाई आग्रह गर्नुभयो । 

    उहाँले आफु पनि १० वर्षको उमेरदेखि पार्टीमा सहयोग गर्ने कार्यकर्ता रहेको रोचक इतिहास सुनाउँदै जिम्मेवारीमा रहँदा होस् या नरहँदा पार्टी र संगठनप्रति सँधै सकारात्मक र रचनात्मक रुपमा लाग्ने कार्यकर्ताको मूल्यांकन हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । 

    युवा नेतृ नीता घतानीले अग्रजले देखाएको बाटोमा हिँड्न युवा पुस्ता तयार रहेको जनाउँदै हाम्रो पुरुषबादी समाजमा अझै पनि महिलालाई नेता नमान्ने प्रवृत्ति हावी रहेको बताउनुभयो ।

    कार्यक्रममा प्रेस चौतारी नेपालकी केन्द्रीय सदस्य अम्बिका भण्डारी, चौतारीकी केन्द्रीय अनुशासन आयोगकी सदस्य सावित्रा दाहालले नेकपा एमाले र अनेमसंघले गरेका राम्रो कामको प्रचार प्रसार कम भएको बताउनुभयो । 

    अनेमसंघ झापाकी अध्यक्ष पवित्रा पाठकले जिल्लाबाट सुरुवात गरिएको यस्तो कार्यक्रमलाई तल्लो तहसम्म पुर्याउने बताउनुभयो । उहाँले अनेमसंघमा आवद्ध महिलालाई संगठित गर्ने, पुरानो नेताको सम्मान गर्ने र नयाँ पुस्ताको क्षमता अभिवृद्धिमा ध्यान दिइने बताउनुभयो । 

    संस्थाकी सचिवले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य संस्थाकी उपाध्यक्ष रेणुका डाँगीले गर्नुभएको थियो ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.