Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » अग्रज साहित्यकार पोखरेललाई गोपीकृष्ण खनाल स्मृति पुरस्कार प्रदान गरिने
    कनकाई नगरपालिका

    अग्रज साहित्यकार पोखरेललाई गोपीकृष्ण खनाल स्मृति पुरस्कार प्रदान गरिने

    कनकाई खबरBy कनकाई खबर२०८० पुष २३, सोमबार ०६:३० गते3 Mins Read

    बिर्तामोड \ पत्रकार तथा साहित्यकार गोपीकृष्ण खनालको स्मृतिमा स्थापित गोपीकृष्ण स्मृति पत्रकारिता पुरस्कार अग्रज साहित्यकार कोमलप्रसाद पोखरेलललाई प्रदान गरिने भएको छ ।

    गोपीकृष्ण स्मृति प्रतिष्ठानको बैठकले यस सम्बन्धमा निर्णय गर्दै यसपटक साहित्य तर्फ प्रदान गर्न लागिएको जनाएको छ । सो पुरस्कार दुई वर्षअघि झापाका अग्रज पत्रकार तथा लेखक नकुल काजीलाई प्रदान गरिएको थियो । नेपाली साहित्य र पत्रकारिता क्षेत्रमा चार दशकसम्म क्रियाशील गोेपीकृष्ण खनालकोे २०७५ साल साउनमा सवारी दुर्घटनामा परी निधन भएको थियो । भारत पश्चिम बंगालको शिलगढीमा रहँँदा स्थानीय बाडुली द्वैमासिक हुँदै नेपाली पत्रकारिता क्षेत्रमा प्रवेश गरेका खनालले विवेचना मासिक, अर्धसाप्ताहिक विश्वदीप, भानु, रहर, नयाँ विचार, मनकामना, नयाँ कामना साप्ताहिक लगायतका साहित्यक र समाचारपत्रमा सम्वद्ध रहेर कार्य गरेका थिए ।

    सामाजिक सेवाका क्षेत्रमा सक्रिय खनाल वीरता जेसीजका संस्थापक सदस्य, नेपाल पत्रकार संघ झापाका अध्यक्ष, सनातन धर्म सेवा समितिका सभापति, अर्जुनधारा जलेश्वर धाम, नेपाल विद्वत परिषद्, साहित्यिक पत्रकार संघ, विश्व हिन्दू महासंघ लगायत दर्जनौं संघ–संस्थामा आवद्ध रहेका थिए । प्रतिष्ठानद्वारा स्थापित गोपीकृष्ण स्मृति पत्रकारिता पुरस्कार यसपटक साहित्य बिधामा झापाका अग्रज साहित्यकार कोमलप्रसाद पोखरेललाई प्रदान गर्न लागिएको पुरस्कार छनोट समितिका सदस्य डा. पुण्यप्रसाद सिग्देलले बताए ।

    प्रत्येक दुई— दुई वर्षमा प्रदान गरिने सो पुरस्कार ५० हजार रुपैयाँ राशिकोे रहेको छ । सो पुरस्कार छनोट समितिका संयोजकमा हरिनारायण भट्टराई, डा. पुण्यप्रसाद सिग्देल र तीर्थ सिग्देल रहेका छन् । पुरस्कार खनालको ७७ औं जन्म जयन्तीको अवसर पारेर यही पुस २९ गते बिर्तामोडस्थित होटल हिकोला हेरिटेजमा आयोजना गरिने कार्यक्रममा प्रदान गरिने योजना बनाइएको खनालका जेष्ठ सुपुत्र मनोज खनालले जानकारी दिए । पुस २१ गते बसेको समितिको बैठकले ब्यक्तित्व छनोट उप समितिबाट प्राप्त नामलाई अनुमोदन गरेको प्रतिष्ठानका नव गठित समितिका उपाध्यक्ष सरु भुर्तेल खनालले बताएकी छन् ।

    यसपटक पुरस्कृत पोखरेल साहित्य क्षेत्रमा क्रियाशील नाम हो । एम.ए.,बिएड. सम्मको अध्ययन गरेका कनकाईु—३ सुरुङ्गाका स्थायीबासी पोखरेलको जन्म तोरिबारी इलाममा भएको हो । प्राध्यापन पेशामा लामो समयसम्म सक्रिय पोखरेलका मेरो सूर्य (कविता संग्रह), हाउडी पुराण (हास्यव्यंग संग्रह), अन्तव्र्यथाः आजको (कथा संग्रह), मेरो अमेरिका यात्रा (यात्रा संस्मरण), धर्मा (शोक महाकाब्य), सजिलो कोमलगीता (गीतानुवाद), म फर्केर आएँ (छन्दोबद्ध हास्यव्यंग कविता संग्रह) प्रकाशित छन् । प्रकाशोन्मुख कृतिहरुमा हास्यव्यंग निबन्ध संग्रह, समालोचना संग्रह र भागवत स्तुति संग्रह रहेका छन् ।

    स्वर्गीय खनालकी धर्मपत्नि रुपादेबी खनाल संरक्षक रहनेगरी गठित प्रतिष्ठानको साधारण सभाले गोपीकृष्ण खनालका सुपुत्र मनोज खनालको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । जसको उपाध्यक्षमा सरु भुर्तेल खनाल, सचिबमा तीर्थ सिग्देल, सह सचिबमा भानुभक्त खनाल, कोषाध्यक्षमा यामनाथ पौड्याल र सदस्यहरुमा जयन्द्र उदास, रोशन खनाल, कमला भट्टराई पराजुली रहेका छन् । पदेन सदस्यमा बिर्तामोड नगरपालिका वडा नं. ४ का अध्यक्ष राहुल शर्मा रहेको जनाइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.