Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » एमालेले झापामा नेता कार्यकर्ताको परीक्षा लिने
    कनकाई नगरपालिका

    एमालेले झापामा नेता कार्यकर्ताको परीक्षा लिने

    कनकाई खबरBy कनकाई खबर२०८० पुष २२, आईतवार २०:२१ गते4 Mins Read


    बिर्तामोड \ झापामा नेकपा एमालेले पार्टी कामको स्वमुल्याङकन गर्ने भएको छ । त्यसका लागि जिल्ला संगठन विभागले पार्टी नेता र तहगत कमिटी मार्फत मुल्याङकनको सुरुवात गरेको हो ।

    आज झापाको क्षेत्र नं. ३ मा जिल्ला कमिटी सदस्यहरुको बैठकबाट उक्त अभियानको प्रारम्भ गरिएको संगठन विभाग प्रमुख शिव ढुङ्गेलले जानकारी दिए । उनले १७ वटा प्रश्न तयार गरेर विभागले तल्लो तहमा पठाउने तयारी गरेको जानकारी दिएका छन् । क्षेत्र नं. ३ को बैठकमा जिल्ला सदस्यहरुलाई पहिलो चरणमा प्रश्नहरु वितरण गरिएको जनाइएको छ ।

    क्षेत्रीय संयोजक लक्ष्मण पाठकको अध्यक्षमा सम्पन्न बैठकमा प्रमुख अतिथी प्रदेश कमिटीका सदस्य एवम् क्षेत्रीय इञ्चार्ज बसन्त बानियाँले स्वमुल्याङकनको अभियान पार्टी जीवनका लागि अत्यन्तै रचनात्मक भएको प्रतिक्रिया दिए । उनले भने, यो कामले जिम्मेवार नेता कार्यकर्ताहरुको समेत मुल्याङकन गर्न सहयोग गर्नेछ । बैठकलाई सम्बोधन गर्दै उनले पार्टीमा लामो समयसम्म योगदान गरेका तर अहिले जिम्मेवारीमा नभएका नेता कार्यकर्तालाई समेट्न संगठन विभागलाई सूझाव दिएका छन् ।

    नेकपा एमाले झापाका सचिव ढुङगेलले जिल्ला कमिटी, पालिका कमिटी, वडा कमिटी र सबै जनवर्गीय संगठनहरु मार्फत मुल्याङकनको काम गरिने जानकारी दिए । पार्टीको तल्लो तहसम्मको अवस्थाको मुल्याङकन गर्ने, नेताहरुलाई जिम्मेवार बनाउन मद्दत गर्ने, कामको मुल्याङकन प्रणालीलाई व्यवस्थित गर्ने र कामको आधारमा जिम्मेवारी दिने, जिम्मेवारी पुरा गरेको आधारमा अवसरको वितरण गर्न अभियान प्रभावकारी हुने उनको भनाई छ । ढुङगेलले भने – यो पार्टी जीवनका लागि एउटा परीक्षा पनि हो । यसले नेता कार्यकर्ता र पार्टी दुवैको हित गर्नेछ ।

    माघ १५ सम्म संगठन विभागले मुल्याङकनका लागि तोकिएको सदस्य र कमिटीहरुबाट प्रतिवेदन संकलन सम्पन्न गर्ने जनाएको छ । उक्त प्रतिवेदन संकलनपछि पार्टी काम र नीति निर्माणका लागि सहयोगी सामग्री बनाइने संगठन विभागको तयारी छ । जिल्ला पार्टीले सदस्यहरुबाट संकलित र कमिटीहरुबाट संकलित प्रतिवेदनहरुको व्यवस्थित अभिलेख तयार गर्नेछ । संगठन विभागका प्रमुख ढुङगेल भन्छन् – यो सामग्रीलाई पार्टीको वेभसाइटमा समेत अध्ययन गर्न मिल्ने गरी तयार गरिनेछ ।

    सचिव ढुङगेलका अनुसार जिल्ला कमिटीको लागि १७ प्रश्नहरु तयार गरिएको छ । सोही बमोजिम पालिका कमिटी, वडा कमिटी र जनसंगठनहरुलाई प्रश्न तयार गरेर पठाइने छ ।

    पार्टी जिल्ला कमिटीबाट तपाईले प्राप्त गर्नु भएको जिम्मेवारी के हो ?, तपाईले जिम्मेवारी प्राप्त गर्नु भएको विभाग\फाँट भूगोलको बैठक बसेको विवरण उल्लेख गर्नुहोस् । प्राप्त जिम्मेवारी पुरा गर्न तपाईबाट गरिएका महत्वपूर्ण कामहरु के के हुन् ? तपाई पार्टी कमिटीका कुन कुन बैठकमा सहभागी हुनुभयो, सबै बैठकको विवरण उल्लेख गर्नुहोस् । यो कार्यकालमा तपाई पार्टीका कुन कुन कार्यक्रममा सहभागी हुनु भयो विवरण उल्लेख गर्नुहोस । यो कार्यकालमा तपाई पार्टीका कुन कुन भेला तथा प्रशिक्षणमा सहभागी हुनुभयो , उल्लेख गर्नुहोस् । यो अवधिमा पार्टीले सञ्चालन गरेको अभियानहरु मिसन ग्रासरूट, सदस्यता नविकरण अभियानमा कहाँको जिम्मेवारी प्राप्त गर्नुभएको थियो र सो जिम्मेवारी कसरी बहन गर्नुभयो ? यो अवधिममा आम निर्वाचन र स्थानीय तह निर्वाचन सम्पन्न भएको छ । तपाई निर्वाचनमा कहाँ खटिनुभयो ? र तपाईको भूमिका कस्तो रह्यो ?
    सामाजिक सम्बन्ध कस्तो राख्नु भएको छ ? विभिन्न सामाजिक संघसंस्था, स्थानीय तह सञ्चालन र जनसरोकारका सवालमा पार्टी कमिटीलाई सहयोग समर्थन र नेतृत्वको लागि केके गर्नुभएको छ ?

    यस्तै, पार्टीले घोषणा गरेका अन्य कार्यक्रमहरुमा सहभागिता र नेतृत्व कसरी गर्नुभयो र पार्टी संगठन सञ्चालनमा समस्या देखा परेका छन ? चुस्तदुरुस्त ढंगले पार्टी सञ्चालन हुन सकेको छैन । पार्टी संगठन सञ्चालनमा देखा परेका समस्या र समाधानमा तपाईको सुझाव के छ ? पार्टी जिल्ला कमिटीले तयार गरेको बार्षिक कार्ययोजना कार्यन्वयनका लागि के गर्दै हुनुहुन्छ ? पार्टीमा तपाईले कति जना नयाँ सदस्य थप गर्नुभयो ? सामाजिक सञ्जालमा तपाई केके प्रयोग गर्नुहुन्छ ? पार्टीका गतिविधिलाई कसरी प्रचार गर्दै हुनुहुन्छ ? जिल्ला कमिटीको बैठक र पार्टी जिल्लाले आयोजना गरेका कार्यक्रममा नियमित उपस्थित हुनु भएको छ , उपस्थित नहुँदा कारण सहित नेतृत्वसँग बिदा माग्ने गर्नुभएको छ कि छैन ?

    पार्टी जिल्ला कमिटीलाई बुझाउनु पर्ने आर्थिक दायित्व, लेबी आदि नियमित बुझाउनु भएको छ ? बुझाउनु नभएको भए, किन नबुझाउनु भएको ? र अन्त्यमा पार्टी जिल्ला कमिटीलाई तपाईको केही सुझाव भए दिनुहोस् , भन्ने प्रश्नहरु तयार गरिएका छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.