Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कनकाईको अधिवेशन सम्पन्न, अध्यक्षमा रायमाझी
    कनकाई नगरपालिका

    नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कनकाईको अधिवेशन सम्पन्न, अध्यक्षमा रायमाझी

    कनकाई खबरBy कनकाई खबर२०८० पुष २२, आईतवार १९:४५ गते3 Mins Read

    कनकाई खबर \ नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कनकाईको तेस्रो नगर अधिवेशन सम्पन्न भएको छ ।

    कनकाई माविको सभाहलमा सम्पन्न अधिवेशनबाट ज्ञानबहादुर रायमाझीको अध्यक्षतामा ३३ सदस्यीय समिति सर्वसम्मत रुपमा चयन भएको छ ।
    नवगठित समितिको उपाध्यक्षद्वयमा नारायणप्रसाद अधिकारी र तारादेवी सुवेदी (पौडेल), सचिवमा सोमनाथ सिटौला(सुमन), सहसचिवमा हेमन्तिका उप्रेती, कोषाध्यक्षमा कर्णबहादुर डाँगी र सहकोषाध्यक्षमा मञ्जु खनाल (उप्रेती) चयन भएका छन् ।

    समितिको सदस्यहरुमा क्रमशः वीरेन्द्र ओली, लोकेन्द्रराज दाहाल, शारदा कार्की, सुशिल मिश्र, भुवन कार्की, पारसमणि खरेल, उर्मिला कोइराला, भीमप्रसाद अधिकारी, किशोर महत, रामबहादुर चौधरी, देउकुमारी रुचाल, रमेशकुमार राई रहेका छन् । बाँकी अन्य सदस्यको चयन समितिको पहिलो बैठकबाट गरिेने नवनिर्वाचित अध्यक्ष रायमाझीले जानकारी दिए ।

    त्यसै गरी अधिवेशनबाट जिल्ला अधिवेशन प्रतिनिधिहरुको पनि चयन गरिएको छ । जिल्ला अधिवेशन प्रतिनिधिहरुमा हरिप्रसाद तिम्सिना, खेमराज भट्टराई, गोपीकृष्ण भट्टराई, जनार्दन पोखरेल, दिलिपकुमार खतिवडा, भोलानाथ ढुंगेल, सुशिला सुवेदी, संगीता उप्रेती, चन्द्रप्रसाद पोखरेल, कृष्णप्रसाद गौतम, विष्णुकान्त न्यौपाने, मेनुकादेवी तिम्सिना, अम्बिकाप्रसाद रिजाल, रीतादेवी घिमिरे र मोतीबहादुर बुढाथोकी चयन भएका छन् ।

    नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कनकाई नगर अध्यक्ष गोपीकृष्ण भट्टराईको अध्यक्षता एवं नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका राष्ट्रिय समिति सदस्य बुद्धिमान कार्कीको प्रमुख आतिथ्य साथै सङ्गठनको राष्ट्रिय समितिका पुर्व सदस्य एवं शिक्षक हित साकोसका अध्यक्ष नारायणप्रसाद गौतमको विशेष आतिथ्यमा भएको कार्यक्रममा शिक्षक नेताहरु भक्तिप्रसाद संग्रौला, हरिबहादुर कटुवाल र हरिप्रसाद तिम्सिनालाई शिक्षक संगठनको विस्तार र श्रीवृद्धिमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी, विशेष अतिथी साथै संगठनका नगर अध्यक्ष सहितले सम्मानित व्यक्तित्वहरुलाई दोसल्ला ओढाएर सम्मान पत्रका साथ विशेष सम्मान गरेको बताइएको छ । शैक्षिक आन्दोलनको उर्जाका रुपमा रहेका सम्मानित व्यक्तित्वहरु संगठनको बलियो खम्बा भएको भन्दै कार्यक्रममा सहभागीहरुले सम्मानित व्यक्तित्वहरुको ऐतिहासिक पृष्ठभूमीको चर्चा गरे ।

    सभामा संगठनका तर्फबाट अध्यक्ष गोपीकृष्ण भट्टराईले सङ्गठनको वर्तमान अवस्था, हाल सम्मको गतिविधिसहितको उपलव्धी, भावी योजना सहित साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष भट्टराईले शिक्षकका पेशागत हक हित साथै अधिकार प्राप्तीकालागी अहोरात्र संघर्ष गर्दै सङ्गठनले ४४ वर्ष बिताइसकेको जानकारी दिए । नेपाली शिक्षकहरुको बलिदानीपूर्ण संघर्षबाट २०३६ चैत्र २९ गते विधिवत रुपमा स्थापना भएको सङ्गठनले विगतदेखी नै शिक्षकहरुको हक हितकालागी लालटिन जुलुस, घण्टी जुलुस, राँको बालेर मौन जुलुस लगायतका आन्दोलन गर्दै आएको इतिहासका बारेमा सभामा स्मरण गराइएको थियो । जसको फलस्वरुप वर्तमान अवस्थामा संगठनले सफलता हात पारेको बताइएको छ ।

    कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको कोशी प्रदेश उपाध्यक्ष अम्बिका खवास, झापा अध्यक्ष द्रोण श्रेष्ठ, सङ्गठनको झापा गाउँपालिकाका अध्यक्ष टिकाप्रसाद कट्टेल, एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन कनकाई नगर अध्यक्ष डिल्लीराम चापागाई (परदेसी), नेपाल शिक्षक महासंघ कनकाई नगर अध्यक्ष शारदा पाठक, सम्मानित व्यक्तित्व भक्तिप्रसाद संग्रौला र हरिबहादुर कटुवाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    नयाँ समिति गठन गर्न डम्बरप्रसाद फुयाँलको संयोजकत्वमा पुण्य सुवेदी र बेनुप्रकाश कार्की रहेको निर्वाचन समिति र मन्दिरा सुवेदीको संयोजकत्वमा हीरा पराजुली, तिलक गजमेर, चन्द्रविनोद कोइराला र हरिप्रसाद तिम्सिना रहेको अध्यक्ष मण्डल गठन गरिएको थियो ।

    सङ्गठनको कनकाई नगर उपाध्यक्ष ज्ञानवहादुर रायमाझीले स्वागत गरेको कार्यक्रमको संचालन सचिव चन्द्रप्रसाद पोखरेलले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.