काठमाडौं । राष्ट्रिय फुटबल टीमका पूर्वकप्तान किरण चेम्जोङ बुवा हुन लागेको खुशी सेयर गरेका छन् । सामाजिक सञ्जाल मार्फत केही दिन अघि उनले पत्नी कञ्चन निरौलासँगको तस्विर सार्वजनिक गर्दै खुशीको खबर शेयर गरेका हुन् ।
उनीहरुको बेम्बी बम्पसहितका तस्वीर सामाजिक सञ्जालमा देख्न सकिन्छ । उनले आफूहरूलाई सन् २०२४ मा सन्तान लाभ हुन लागेको बताएका छन् । किरण र एयरहोस्टेस कञ्चन गत वर्ष भदौ १५ गते विवाह बन्धनमा बाँधिएका थिए ।
डेढ वर्ष लामो प्रेमपछि उनीहरूले विवाह गरेका थिए ।गत वर्ष किरण सहभागी माजिया स्पोर्ट्स एन्ड आरसीले माल्दिभ्सको धिवेही प्रिमियर लिगको उपाधि जितेपछि किरणले सेलिब्रेसनकै क्रममा टीमको सामुन्ने प्रेमिकालाई औंठी लगाइदिएका थिए ।



कमेन्टस्
