Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईको १५औं नगर सभाः हरेक समस्यामा सधै एकजुट हुने जनप्रतिनिधिको प्रतिवद्धता
    कनकाई नगरपालिका

    कनकाईको १५औं नगर सभाः हरेक समस्यामा सधै एकजुट हुने जनप्रतिनिधिको प्रतिवद्धता

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८० पुष २१, शनिबार ०८:१२ गते3 Mins Read

    कनकाई खबर \ झापाको कनकाई नगरपालिकाका जनप्रतिनिधिहरुले जनताका हरेक समस्यामा सधैं एकजुट हुने प्रतिवद्धता जनाएका छन् ।
    समृद्धिको यात्रामा अघि बढ्दै गरेको कनकाई नगरपालिकाको विरुद्धमा आउने सबै किसिमका समस्यामा सधैं एकजुट हुने जनप्रतिनिधिहरुले प्रतिवद्धता जनाएका हुन् ।

    कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको अध्यक्षतामा सुक्रबार भएको १५औंं नगर सभामा उपप्रमुख आशा शिवाकोटीले स्वागत मन्तव्य राखेकी थिइन् । यसै अवसरमा ९वटै वडाका वडाअध्यक्षहरु क्रमशः सुशिलकुमार पोखरेल, बलराम राई(प्रताप), युवराज चम्लागाईँ, रोशन सुवेदी, नगर प्रवक्ता समेत रहेका कृष्णवहादुर राई, दिर्घवहादुर थापा, भिष्म सिटौला, लीलाबहादुर कटुवाल, राजेन्द्र उप्रेतीले क्रमैसँगले आ—आफ्नो धारणा राखेका थिए ।

    हिउँदे अधिवेशनका रुपमा हेर्न सकिने नगर सभामा नगरपालिकामा रहेका नौवटै वडाका वडाअध्यक्षहरुले वडाको बजेट संशोधन सहित विकासको अवस्था, बजेटको खर्च विवरण, कार्यक्रमको उपलब्धि, गुनासा साथै काम गर्दाको समस्या सहितको मन्तव्य राखेका थिए ।

    नगर सभालाई सम्बोधन गर्दै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले पछिल्लो समय तथ्य कुरा नबुझी जनप्रतिनिधिका विरुद्धमा केही व्यक्ति एवं समूहबाट सामाजिक संजालहरुमा आएका अभिव्यक्तिका विषयमा कनकाई नगरपालिकाले हदै सम्मको लचिलो भएको विषयलाई कमजोर नठान्न आम नगरबासीलाई अपिल गरेका छन् ।

    समृद्धिसँग जोडिएको कनकाई नगरपालिकासँग सम्बन्धित विकास निर्माण सहितका हरेक योजनाका विषयमा सुक्ष्म रुपमा अध्ययन गरेर मात्र सकारात्मक एवं रचनात्मक सुझाव राख्न आम नगरबासीलाई नगरप्रमुख पोखरेलले सुझाव दिए ।कार्यक्रममा कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटी सहित नगरपालिकाका सबै वडाका अध्यक्षहरुले एकै स्थानबाट ऐक्यबद्धता जनाउँदै कनकाई नगरपालिका साथै नगरबासीका बिरुद्धमा आउने जस्तोसुकै परिस्थितीलाई पनि चिरेर अघि बढ्ने बताए ।

    नगरको समृद्धिकालागी सम्पूर्ण जनप्रतिनिधिहरु एक ढिक्कामा रहेको भन्दै कनकाईका जनप्रतिनिधिहरुले आ–आफ्नो तर्फबाट थप शसक्त भएर अघि बढ्ने प्रतिवद्धता जनाएका हुन् । नगरपालिकामा भएको सिमित स्रोतसाधनको उच्चतम प्रयोग गर्दै नगरको समृद्धिको यात्रामा आफ्नो सम्पूर्ण समय बिताउँदै आएका जनप्रतिनिधिले नगरवासीको हितकालागी कुनै पनि कसुर बाँकी नराखेको बताएका छन् । नगरपालिकाबाट भएका सबै योजनाहरु कार्यपालिकाको निर्णयबाटै हुँदै आएको बताइएको छ ।

    स्थानीय तहले आर्थिक वर्षको सुरुवातमा बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको ६महिना भित्र अर्को नगरसभा गर्नुपर्ने व्यवस्था भए अनुसार कार्यक्रम आयोजना गरिएको नगर सभाका सचिव समेत रहेका कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलले जानकारी दिए । सोही अनुरुपको नगर सभामा यस अघि विनियोजित बजेटमा केही हेरफेर साथै सम्पन्न कामको समीक्षा भएको प्रमुख प्रशासकीय अधिकृत खरेलले बताए ।

    कार्यक्रममा कनकाई नगरपालिकाको लेखा समिति संयोजक कनकाई वडा नं.७ का वडासदस्य भगन टुडु मार्फत नगरपालिकाको लेखा शाखाका कर्मचारी लक्ष्मीप्रसाद अधिकारीले स्थानीय तहमा विभिन्न कारणबाट देखिने बेरुजुका विषयमा प्रष्ट पारेका थिए । यसका साथै कनकाई नगरपालिकाको यस अघिका आर्थिक वर्षहरुमा भएको बेरुजु फछर््यौटका विषयमा समेत जानकारी गराइएको थियो । नगर सभाका सचिव खरेलले सहजीकरण गरेको कार्यक्रममा हाल केही अस्वस्थ रहेका नगर सभा सदस्य एवं वडा नं.६का वडाअध्यक्ष दिर्घवहादुर थापाको शिघ्र अनि पूर्ण स्वास्थ्य लाभको कामना गरिएको थियो ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.