झापाको शिवसताक्षीमा आज दिउँसो एकजना महिला मृत अवस्थामा भेटिएका छन् ।
शिवसताक्षी–१० माईधारस्थित कनकाई खोलाको किनार (बगर) मा नामथर र ठेगाना नखुलेकी पहाडी समुदायकी महिला मृत भेटिएको झापा प्रहरीले जनाएको छ ।
हेर्दा मागी खाई हिँड्ने जस्तो देखिने अन्दाजी ४५÷५० वर्षीया महिलाको शव कानुनी प्रक्रिया पूरा पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Author
-
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।
View all posts
