Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » झापाको विकट क्षेत्रमा लायन्स क्लवको सहयोग
    समाचार

    झापाको विकट क्षेत्रमा लायन्स क्लवको सहयोग

    ramBy ram२०७६ पुष १८, शुक्रबार १५:१० गते2 Mins Read


    कनकाई खबर / झापाको अति विकट मानिएको झापा गाउँपालिका क्षेत्रका तीनवटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी साथै तीनका अभिभावकसहित आठसय बढी स्थानीयवासीलाई लायन्स क्लवले विद्यालय पोशाकसहित जाडोको कपडा वितरण गरेको छ ।

      पूर्व पश्चिम लोकमार्गवाट २० किलोमिटर दक्षिण भारतको सिमानासँग जोडिएको झापा गाउँपालिका ५ स्थित महेन्द्र आधारभूत विद्यालय परिसरमा शुक्रवार एक विशेष कार्यक्रमको आयोजना गरी लायन्स क्लव ईन्टर नेशनल डिस्ट्रिक ३२५ ‘ए’वान नेपाल, एरीया वानले सहभागी सवैलाई खानपिनसहितको कार्यक्रममा सामाग्री वितरण गरेको एरीया चिफ लिलाप्रसाद चिमरीयाले वताएका छन् । ‘हामी सेवा गर्छौ’ भन्ने मूल मन्त्रका साथ सामाजिक क्षेत्रमा क्रियाशिल रहेको अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लवले विद्यालयको शैक्षिक स्तर वृद्धिकालागि थप सहयोग गर्ने उद्येश्यले कार्यक्रमको आयोजना गरेको चिमरीया बताउँछन् ।

       स्थानीय स्तरमा क्रियाशिल सामाजिक संघसंस्थाहरु सहारा नेपाल, लायन्स क्लव अफ कनकाई सुरुङ्गा, लियो क्लव अफ कनकाई सुरुङ्गा, महाविर इन्टरनेशनल सिलगुडी, आइएमई फाउण्डेशन, गरमकाली यातायात, कान्तीपुरर सर्जीकल एण्ड सप्लायर्स विराटनगर, स्विकृती मेडिकल, एडभान्स लाइफ साइन्स एण्ड टेक्नोलोजी, नेशनल हेल्थ केयर लगायतका विभिन्न फर्म साथै संघसंस्थाहरुसँगको सहकार्यमा कार्यक्रम सम्पन्न भएको वताइएको छ । अत्यन्तै विपन्न समुदायका वालवालिकाहरु अध्ययनरत स्थानीय महेन्द्र आधारभूत विद्यालयसँगै लक्ष्मी प्रावि र जुडो प्रावीका विद्यार्थीहरुलाई जाडोमा लाउने सुइटर, जुत्तामोजा र टोपी वितरण गरिएको वताइएको छ ।

       त्यस्तै विपन्न बर्गका स्थानीय ७० वर्ष माथिका १ सय १५ जना ज्येष्ठ नागरिकलाई जाडोमा ओड्ने एक एक थान कम्बल साथै ५० जना ज्येष्ठ माताहरुलाई ओड्ने बाक्लो बर्को वितरण गरिएको लायन्स क्लव अफ कनकाई सुरुङ्गाका फष्ट भाइस प्रेसिडेन्ट मनोज बस्नेतले वताएका छन् । लायन्स क्लव एरिया १ का चिफ लिला चिमरियाको सभापतित्वमा सम्पन्न कार्यक्रममा लायन्स क्लव ३२५ ए १ डिष्ट्रिक गर्भनर इन्द्र खत्रीको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि खत्रीले न्यानो कपडा वितरण गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए । सोही अवसरमा प्रमुख अतिथी खत्रीले गाउँपालिकाको सिफारिसका आधारमा १ जना विपन्न जेहेन्दारर विद्यार्थीलाई प्राविधिक तर्फ उच्च शिक्षा सम्म अध्ययन गर्नका लागि आवश्यक पर्ने आर्थिक सहयोग उपलव्ध गराउँने प्रतिवद्धता जनाएका छन् ।

      एरीया कोडिनेटर सुरज रौनियरको स्वागत तथा रिजन चेयर पर्सन सत्यनारायण शाहको संचालन रहेको कार्यक्रममा विशिष्ट अतिथिहरु झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साह, उपाध्यक्ष कुन्तीदेवी बुढाथोकी, महेन्द्र आधारभूत विद्यालयका प्रधानाध्यापक भीमप्रसाद गणेश लगायतले लायन्सले गरेको मानवीय सेवाको प्रशंसा गरेका छन् ।
    कार्यक्रममा वडा नम्बर–५का अध्यक्ष दिनेशप्रसाद राजवंशी, झापा गाउँपालिका शिक्षा शाखा प्रमुख खड्ग खरेल, लायन रेवतबहादुर कार्की लगायत लायन्सका विभिन्न तहका पदाधिकारीहरुको उपस्थिती रहेको लायन्स क्लव अफ कनकाई सुरुङगाका अध्यक्ष गंगाराम दहालले वताएका छन् ।

    कमेन्टस्

    Author

    • ram
      ram

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.