Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » नेपाल हृदय रोग निवारण प्रतिष्ठान झापाको अध्यक्षमा अग्रवाल
    कनकाई नगरपालिका

    नेपाल हृदय रोग निवारण प्रतिष्ठान झापाको अध्यक्षमा अग्रवाल

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८० पुष १९, बिहीबार ०८:०४ गते2 Mins Read

    कनकाई खबर \ नेपाल हृदय रोग निवारण प्रतिष्ठान झापाको अध्यक्षमा सन्तोष अग्रवाल सर्वसम्मत रुपमा चयन भएका छन् ।

    झापाको दुर्गापुरमा सम्पन्न प्रतिष्ठानको अधिवेशन सहितको साधारण सभाबाट अग्रवालको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको हो । रोटरी क्लव अफ विर्तामोड मिडटाउनका संस्थापक अध्यक्ष, नेपाल चेम्बर अफ कमर्सका कोशी प्रदेश कार्यसमितिका वर्तमान उपाध्यक्ष सहित विभिन्न सामाजिक संघसंस्थाको सफल नेतृत्व गरिसकेका सामाजिक अभियन्ता अग्रवालको नेतृत्वमा प्रतिष्ठानले थप उचाई प्राप्त गर्ने विश्वास गरिएको छ ।

    प्रतिष्ठानको विधान अनुसार कार्यसमितिमा निवर्तमान अध्यक्ष कुमारमणि पोखरेल, दुईजना उपाध्यक्ष शुभकुमाई पाठक र लुवराज उप्रेती चयन भएका छन् । त्यस्तै सचिवमा उषा श्रेष्ठ, सहसचिवमा रामप्रसाद निरौला, कोषाध्यक्षमा विनोद चापागाईँ र सहकोषाध्यक्षमा ससिम पोखरेल सर्वसम्मत रुपमा चयन भएका छन् ।

    त्यस्तै सदस्यहरुमा क्रमशः लक्षेन्द्रप्रसाद यादव, दिनेशकुमार पोखरेल, रत्ना बुढाथोकी रहेका छन् । समितिको पहिलो बैठकले डिल्लीराम मैनाली र कमलप्रसाद कोइरालालाई समेत सदस्यमा मनोनित गरी १३ सदस्य कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको हो । सर्वसम्मत नेतृत्व चयनकालागी डिल्लीराम मैनालीको संयोजकत्वमा प्रतिष्ठानका संस्थापक अध्यक्ष डा.सि.पी. यादव र निवर्तमान अध्यक्ष कुमारमणी पोखरेल सदस्य रहेको निर्वाचन समितिले भुमिका खेलेको बताइएको छ ।

    साधारण सभा सम्पन्नसँगै बसेको कार्यसमितिको पहिलो बैठकले समितिलाई पूर्णता दिँदै भावी योजनाका बारेमा छलफल भएको नवनिर्वाचित अध्यक्ष अग्रवालले जानकारी दिए । प्रतिष्ठानको लक्ष्य अनुसार नयाँ योजनाका साथ सबैसँग सहकार्य गरेर अघि बढ्दै संस्थालाई थप उचाईमा पुर्याउँने नवनिर्वाचित अध्यक्ष अग्रवालले प्रतिवद्धता व्यक्त गरेका छन् ।

    प्रतिष्ठानका अध्यक्ष कुमारमणि पोखरेलको सभापतित्वमा साधारण सभा सम्पन्न भएको हो ।सभामा अध्यक्ष पोखरेलले आफ्नो नेतृत्वमा संस्थाबाट भएका विभिन्न गतिविधिका बारेमा जानकारी गराएका थिए । प्रतिष्ठानले ग्रामिण क्षेत्रका विपन्न वर्ग र समुदायमा लक्षीत गरी मुटु रोगसँग सम्बन्धित निशुल्क स्वास्थ्य शिविर, सचेतना साथै अन्तरक्रियामुलक कार्यक्रम संचालन गर्दै आएको सभामा जानकारी गराइएको थियो । विभिन्न क्षेत्रमा भएका स्वास्थ्य शिविरबाट थप उपचार गर्नु पर्ने मुटु रोगसँग सम्बन्धित ७ जना बिरामीहरुलाई थप उपचारकालागी केन्द्रमा सिफारीस गरिएको अध्यक्ष पोखरेलले जानकारी दिए ।

    प्रतिष्ठानकी उपाध्यक्ष शुभकुमाई पाठकले स्वागत मन्तव्य राखेको साधारण सभामा संस्थापक अध्यक्ष डा.सि.पी.यादवले सुझाव सहितको शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन सचिव लुवराज उप्रेतीले गरेका थिए ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.