Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईको उर्जा कम्पनीबाट फोहोर वर्गिकरण मेसिन संचालनमा
    कनकाई नगरपालिका

    कनकाईको उर्जा कम्पनीबाट फोहोर वर्गिकरण मेसिन संचालनमा

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८० पुष १७, मंगलवार १४:०९ गते3 Mins Read

    कनकाई खबर \ झापाको कनकाई—२स्थित सुकेडाँगीमा रहेको कनकाई–विर्ता–अर्जुन नविकरणीय उर्जा तथा फोहोर मैला व्यवस्थापन कम्पनीले फोहोर वर्गिकरण (सेग्रीगेसन) मेसिन संचालनमा ल्याएको छ ।

    झापाका पालिकाहरु कनकाई, अर्जुनधारा र बिर्तामोड नगरपालिकाले विश्व बैंक र निजी क्षेत्रसँगको साझेदारीमा फोहोरमैलाबाट बायोग्यास उत्पादन गर्ने उद्येश्यले स्थापना गरिएको कम्पनीले कुहिने र नकुहिने फोहोर वर्गिकरण (सेग्रीगेसन) गर्ने कार्यकालागी मेसिन संचालनमा ल्याएको हो । भारतको अहमदावादबाट ल्याइएको सो मेसिन करिब ८८ लाखको लागतमा खरिद गरिएको बताइएको छ ।

    कम्पनीका अध्यक्ष मदनगोपाल सुव्वाको अध्यक्षतामा भएको एक संक्षिप्त कार्यक्रमका विच कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाई, अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुली र कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटीले संयुक्त रुपमा बटम थिचेर सेग्रीगेसन मेसिनको विधिवत रुपमा उद्घाटन गरेका हुन् ।

    उद्घाटन समारोहलाई सम्बोधन गर्दै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले स्थानीय तहको ठूलो चुनौतीका रुपमा रहेको फोहोरमैला व्यवस्थापनमा नेपाल सरकारले समेत प्राथमिकता दिनुपर्नेमा जोड दिए । प्रारम्भिक चरणमा कम्पनी संचालनकालागी अत्यन्तै कठिन भएको विगतलाई स्मरण गर्दै नगर प्रमुख पोखरेलले साझेदारीका रुपमा ठूलो लगानी भइसकेको महत्वकांक्षी योजना अब अन्तिम चरणमा आइसकेको जानकारी दिए । यसलाई नेपालकै एउटा नमुना योजनाका रुपमा थप व्यवस्थित गर्न सरोकारवाला सबैले आफ्नो दायित्व सम्झेर अघि बढ्न कनकाई नगर प्रमुख पोखरेलले सम्बन्धित सबैलाई अनुरोध गरे । पाइप लाइनबाट बायोग्यास वितरण गर्ने कम्पनीको प्रारम्भिक चरणको योजना कार्यान्वयनमा कम्पनीका तर्फबाट अझै पहल भइरहेको समेत नगर प्रमुख पोखरेलले जानकारी दिए। कम्पनीले प्लाष्टीकजन्य फोहोरबाट पेवर्स उत्पादनकालागी कनकाई–७,स्थित दुर्गापुर बजारको पुर्व तर्फ श्रमिक स्वावलम्बी उद्योग स्थापना गरिसकेको समेत नगर प्रमुख पोखरेले बताए ।

    कार्यक्रममा विर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतरा प्रसाईँले कम्पनी निर्माणको चरणमा केही ढिलासुस्ती भएपनि अब कामले गति लिएको कारण तीनवटै पालिकाले आफ्नो दायित्व सम्झेर अघि बढ्नु पर्नेमा जोड दिएकी छन् । प्लान्ट निर्माणसँगै अब सेग्रीगेसन मेसिन समेत संचालनमा आएपछि फोहोर व्यवस्थापनमा ठूलो चुनौतीको सामना गर्दै आएको विर्तामोड नगरपालिका सहितका अन्य पालिकाहरुको समेत फोहोर मैलाको दिगो व्यवस्थापन हुनेमा आँफु विश्वस्त रहेको नगर प्रमुख प्रसाईँको ठहर छ । फोहोर स्रोतमै वर्गीकरण गर्नु पर्ने भएकोले घर, पसल, होटलमै कुहिने र नकुहिने फोहोर छुट्याउन आम नगरवासीलाई विर्तामोड नगर प्रमुख प्रसाईँले आग्रह गरेकी छन् ।

    त्यस्तै कार्यक्रममा अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले काम हुने नहुने भन्ने अन्यौलपूर्ण अवस्थामा रहेको यो कम्पनीको सफलताप्रति आफू अत्यन्तै प्रभावित भएको बताएकी छन् । तीनवटा पालिकाको साझेदारीमा जटिलताको बाबजुत पनि अत्यन्तै महत्वपूर्ण काम अघि बढेको कारण अब तत्काल अर्जुनधारामा समेत साझेदारीमा थप नयाँ योजनालाई अघि बढाउँन सम्बन्धित पालिकाहरुलाई उपप्रमुख पराजुलीले आह्वान गरेकी छन् ।

    मेसिनमा सेग्रीगेसन गरिसकेपछि कुहिने फोहोर ग्यास उत्पादन गर्ने डाइजेस्टरमा लगाइन्छ । नकुहिने प्लाष्टिकजन्य फोहोर पेवर्स (ब्लग) बनाउने कार्यमा प्रयोग गरिने बताइएको छ । दुर्गापुरमा चाँडै जडान गरिने पेवर्स निर्माण गर्ने मेसिनका कारण तीनवटै पालिकाको प्लाष्टिकजन्य फोहोर समेत व्यवस्थापन हुने कम्पनीका मेकानिकल कन्सल्टेन्ट इन्जिनियर मोहम्मद नसिमअलिले जानकारी दिए । कम्पनीमा कुहिने फोहोरबाट बायोग्यासको उत्पादनसँगै जैविक मल समेत उत्पादन भइरहेको बताइएको छ ।

    वैद्विक मन्त्रोचारणसँगै संचालन भएको उद्घाटन विशेष कार्यक्रममा कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटी,संचालक समितिका पुर्व अध्यक्ष मिनाल तिम्सिना, पुर्व प्रवन्ध निर्देशक दिपक चापागाईँ सहित तीनवटै पालिकाबाट विभिन्न वडाका वडाअध्यक्षहरु, कार्यपालिका सदस्य सहितका जनप्रतिनिधिहरु, मुख्य राजनीतिक दलका तर्फबाट तीनवटै पालिकाका प्रमुख तथा प्रतिनिधिहरु लगायत सरोकारवाला उपभोक्ताहरुको उल्लेख्य सहभागीता रहेको बताइएको छ । कम्पनीका संचालक सदस्य समेत रहेका कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलले स्वागत गरेको औपचारिक कार्यक्रमको संचालन कम्पनीका प्रबन्ध निर्देशक लक्ष्मीप्रसाद अधिकारीले गरेका थिए ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.