Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » विश्वका सर्वाधिक लोकप्रिय युट्युबर मिस्टर बिस्टको टिम नेपालमा, मिसन ‘सिक्रेट’
    कनकाई खबर बिशेष

    विश्वका सर्वाधिक लोकप्रिय युट्युबर मिस्टर बिस्टको टिम नेपालमा, मिसन ‘सिक्रेट’

    कनकाई खबरBy कनकाई खबर२०८० पुष १६, सोमबार १३:३७ गते2 Mins Read

    काठमाडौं । युट्युबमा सर्वाधिक धेरै सब्स्क्राइबर भएका युट्युबर मिस्टर बिस्टको टिम नेपाल आइपुगेको छ । शनिवार एक भिडिओ सार्वजनिक गर्दै मिस्टर बिस्टले आफ्नो टिम ‘सिक्रेट मिसन’का लागि नेपाल पुगेको जानकारी दिएका हुन् ।

    २२ करोड ४० लाख बढी सब्स्क्राइबर भएका मिस्टर बिस्टले परोपकारी कामका लागि ‘बिस्ट फिलान्थ्रोफी’ नामक युट्युब च्यानल पनि सञ्चालन गर्दै आएका छन् । शनिवार सो च्यानलमा ‘३० ल्याम्बोर्गेनी भर्सेस १० हजार जना’ (30 Lamborghinis vs 10,000 People) शीर्षकको भिडिओमा मिस्टर बिस्टले आफ्नो टिम नेपाल पुगेको जानकारी दिएका हुन् ।

    “यदि मैले तपाईंलाई ३० ल्याम्बोर्गेनी खरिद गर्नुस् वा एक वर्षमा १० हजार जनालाई बचाउनुस् भने भनें तपाईं के गर्नुहुन्छ,” उनले भिडिओको सुरुवातमा भनेका छन् । त्यसमध्ये आफूले १० हजार जनाको ज्यान बचाउने काम गरेको भन्दै सबै कामको हाइलाइट भिडिओमा प्रस्तुत गरेका छन् । 

    खाइलस्था दक्षिण अफ्रिकाबाट टुहुरा बालबालिकालाई सहयोग गर्दै बिस्टको २०२३ परियोजना सुरु भएको थियो । त्यसपछि होपी रिजर्भेसन ओरियोजनाका होपी जनजातीका बालबालिकालाई सहयोग गर्दै कम्बोडियाका दुई हजार जनालाई उनले कृत्रिम खुट्टा उपलब्ध गराएका थिए ।

    त्यस्तै सोही परियोजनामा मिस्टर बिस्टले कोलम्बियाको एउटा गाउँलाई विद्युत् र इन्टरनेट सेवा, केन्यामा सफा पिउने पानी र त्यहाँका एक हजार स्थानीयलाई विद्युतीय साइकल बाँडे । फिलिपिन्सको बाल अस्पतालमा सहयोग, थाइल्यान्डमा २० लाख बढी सडक कुकुरलाई सहयोग, जामिबियाको गाउँमा सौर्य ऊर्जाको व्यवस्थाका साथै बिस्टले क्यामेरुनमा हजारौं बालबालिकालाई समेत सहयोग दिएका थिए ।

    २०२३ को सोही परियोजना नेपालबाट टु्ङ्ग्याउने भन्दै सिक्रेट मिसनका लागि आफ्नो टिम संसारको सबैभन्दा उच्च हिमाल माउन्ट एभरेस्टमा पुगेको बताएका छन् । यो परियोजना अन्तर्गत आफ्नो टिमले के काम गर्न लागेको हो भन्ने विषय २०२४ मा सार्वजनिक गर्ने उनको भनाई छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.