Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कोशीको अध्यक्षमा गौतम
    कनकाई नगरपालिका

    नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कोशीको अध्यक्षमा गौतम

    तीर्थराज खरेलBy तीर्थराज खरेल२०८० पुष १५, आईतवार १९:१२ गते2 Mins Read

    कनकाई खबर \ नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कोशी प्रदेशको दोस्रो अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ ।

    बिराटनगरस्थित कञ्चनजङ्घा पार्टी प्यालेस पाञ्चालीमा भएको पुस १३ र १४ गते सम्पन्न द्विदिवसीय अधिवेशनबाट सर्वसम्मत रूपमा महेन्द्रप्रकाश गौतम (ताप्लेजुङ) को अध्यक्षतामा ३५ सदस्यीय प्रदेश समिति गठन गरिएको छ ।

    समितिको महिला उपाध्यक्षमा अम्बिका खवास बाँस्तोला (झापा), समावेशी उपाध्यक्षमा गोविन्दमान तामाङ (संखुवासभा) र अन्य उपाध्यक्ष पदमा कुमार पराजुली (खोटाङ ) लाई निर्वाचित गरिएको छ । त्यसै गरी, महासचिवमा दिलबहादुर फुयाँल (उदयपुर), उपमहासचिवमा हरिप्रसाद धिमाल (मोरङ), सचिवमा गङ्गा तिम्सिना (इलाम), कोषाध्यक्षमा प्रभुनारायण चौधरी (सुनसरी) र सहकोषाध्यक्षमा करिष्मा श्रेष्ठ (भोजपुर) लाई चयन गरिएको छ ।

    समितिको सदस्यमा बालकुमार रेग्मी, रीता श्रेष्ठ, गणेशप्रसाद आचार्य, छबिलाल धमला, धनप्रसाद गेलाल, हरिप्रसाद पौडेल, दुर्गाप्रसाद खतिवडा, दीपेन्द्रप्रसाद घिमिरे, किशोरकुमार खत्री, किरणबहादुर राई, केशरकुमार राई, दिनेश खडका, बिमला मिश्र, मन्दिरा सुवेदी, कविता शर्मा, बिमला राई, मनमाया रिजाल, जमुना राई, राजेन्द्रकुमार राई, मित्रबहादुर नेपाली, डुबानाथ दुलाल, गीता खत्री, अनिता तुम्बाहाम्फे, लक्ष्मीप्रसाद भट्टराई रहेका छन् ।
    त्यसै गरी, अधिवेशनले ३ वर्षे कार्यकालका लागि सोमनाथ बराल, धनबहादुर थापा र बालकृष्ण लुइँटेल रहेको ३ सदस्यीय लेखा परीक्षण समिति चयन गरेको थियो । अधिवेशनले रघुनाथ मिश्र र रामबहादुर बिष्टलाई राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा चयन गरेको छ ।

    बन्द सत्र सञ्चालन गर्न र नयाँ समिति चयनका लागि राष्ट्रिय उपाध्यक्ष सूर्यबहादुर दाहालको अध्यक्षतामा नारायणप्रसाद गौतम, धर्मानन्द खरेल, बुद्धिमान कार्की, यदु सुवाल, रीता पाठक र राजाराम राई रहेको ७ सदस्यीय अध्यक्ष मण्डल र अधिवक्ता नारायण वस्तीको संयोजकत्वमा युगेश्वर मेहता र किशोर आचार्य रहेको ३ सदस्यीय निर्वाचन मण्डलले भूमिका खेलेको थियो ।

    अधिवेशनमा कोशी प्रदेशका १४ जिल्लाका १ सय ३७ पालिकाबाट ५ सय १० प्रतिनिधि शिक्षकहरूको सहभागिता रहेको थियोे । बन्द सत्रमा प्रदेश समिति सचिव रघुनाथ मिश्रले साङ्गठनिक प्रतिवेदन, महिला उपाध्यक्ष सरिता तामाङले महिला विभागको प्रतिवेदन र कोषाध्यक्ष मेघनाथ घिमिरेले आर्थिक प्रतिवेदनहरु प्रस्तुत गरेका थिए, जसलाई संशोधनसहित पारित गरिएको थियो ।

    सो अवसरमा स्थानीय तहले प्रअ नियुक्ति, शिक्षक नियुक्ति, सरुवा, बढुवा लगायतका विषयमा दिने गरेको दुःख र हस्तक्षेप बन्द हुुनुपर्ने, शिक्षक र विद्यालय कर्मचारीले १० देखि ४ बजेको समयलाई कर्तव्यनिष्ठ भई विशुद्ध शैक्षिक तथा शैक्षणिक कार्यमा लगाउनुपर्ने लगायतका विषय समावेश गरिएको ४५ बुँदे बिराटनगर घोषणापत्र–२०८० जारी गरिएको थियोे ।

    कमेन्टस्

    Author

    • तीर्थराज खरेल

      युनिक बहुमुखी क्याम्पसमा प्राध्यापक समेत रहेका खरेल कनकाई खबर अनलाइनका सल्लाहकार सम्पादक हुन् । खरेल पूर्वाञ्चल दैनिकमा समेत संवाददाता एवं स्तम्भकारका रुपमा कार्यरत् छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.