Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    स्थानीय पहिचानको सांस्कृतिक हस्ताक्षर : कनकाई धरोहर स्तम्भ

    २०८३ भाद्र २, मंगलवार १५:०० गते

    अपाङ्गता भएका नागरिकलाई विभिन्न १७ किसिमका सहायक सामाग्री वितरण

    २०८३ श्रावण ३०, शनिबार १८:११ गते

    स्व.माताको स्मृतिमा सांसद ढकाल सहितको परिवारले -आमा बगैंचा बनाउने

    २०८३ श्रावण ३०, शनिबार १६:३० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » बंगालदेशबाट नेपालसम्म बस चलाउने तयारी
    कनकाई खबर बिशेष

    बंगालदेशबाट नेपालसम्म बस चलाउने तयारी

    कनकाई खबरBy कनकाई खबर२०८० पुष १५, आईतवार १४:२२ गते2 Mins Read

    ढाका, पुस १५-

    बंगलादेश रोड ट्रान्सफोर्ट कर्पोरेसन (बीआरटीसी)ले नेपाल र भारतमा चारवटा नयाँ अन्तर्राष्ट्रिय रुटको बस सेवा सञ्चालन गर्ने तयारी गरेको छ । सस्तो हुने भएकाले धेरै मानिसहरू बसमा यात्रा गर्न इच्छुक देखिएकाले यस्तो योजना बनाइएको हो ।

    बीआरटी अधिकारीहरूका अनुसार चार नयाँ रुटहरूमा चट्टोग्राम–कोलकाता, ढाका–गान्टोक (सिक्किम), बारिसाल–कोलकाता र ढाका–नेपाल रहेका छन् । डेली सनका अनुसार बीआरटीसीले सन् २०१८ मा नै ढाका–नेपाल रुटबारे सर्वेक्षण गरेको थियो । दुईवटा बसमा ८० जना प्रतिनिधि बोकेर परीक्षण यात्रा गरिएको थियो । तर, यसको सुरुवात भने हुन सकेको थिएन ।

    त्यस्तै, चट्टोग्राम–कोलकाता रुट व्यावसायिक रूपमा सफल हुने सर्वेक्षणमा पाइएको छ । यसका लागि बीआरटीसीले रोर्ड ट्रान्सपोर्ट र ब्रिजेज मन्त्रालयलाई प्रस्ताव पठाइसकेको छ । त्यहाँबाट उक्त प्रस्ताव अन्तिम निर्णयका लागि विदेश मन्त्रालय पुगिसकेको छ ।

    ढाका–गान्टोक–दार्जिलिङ रुटका लागि पनि सन् २०१९ मा नै सर्वेक्षण र परीक्षण यात्रा सम्पन्न भइसकेको छ । यसका लागि दुवै देशको सहमतिको पर्खाइ रहेको छ । बारिसाल–कोलकाता रुटमा भने खासै प्रगति हुन सकेको छैन ।

    ‘ढाका–नेपाल बस रुटमा कुरा धेरै अघि बढेको छ । तर, यसका लागि केही समय लाग्नसक्छ । किनभने यहाँ तीनवटा देश संलग्न हुन्छन्,’ बीआरटीसीका अध्यक्ष एमडी ताजुल इस्लामले डेली सनसँग भने, ‘यहाँ भूराजनीतिक स्वार्थ पनि जोडिएको छ ।’

    बंगलादेशले सन् १९९९ मा पहिलोपटक ढाका–कोलकाताको अन्तर्राष्ट्रिय बस सेवा सुरु गरेको थियो । हाल ढाका–कोलाकातासहित अगरताला–ढाका, ढाका–सिलोङ–गुवाहाटी र ढाका–खुल्ना–कोलाकता गरी चारवटा अन्तर्राष्ट्रिय रुटहरू रहेका छन् । एजेन्सी

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    स्थानीय पहिचानको सांस्कृतिक हस्ताक्षर : कनकाई धरोहर स्तम्भ

    २०८३ भाद्र २, मंगलवार १५:०० गते

    अपाङ्गता भएका नागरिकलाई विभिन्न १७ किसिमका सहायक सामाग्री वितरण

    २०८३ श्रावण ३०, शनिबार १८:११ गते

    स्व.माताको स्मृतिमा सांसद ढकाल सहितको परिवारले -आमा बगैंचा बनाउने

    २०८३ श्रावण ३०, शनिबार १६:३० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    स्थानीय पहिचानको सांस्कृतिक हस्ताक्षर : कनकाई धरोहर स्तम्भ

    २०८३ भाद्र २, मंगलवार १५:०० गते

    अपाङ्गता भएका नागरिकलाई विभिन्न १७ किसिमका सहायक सामाग्री वितरण

    २०८३ श्रावण ३०, शनिबार १८:११ गते

    स्व.माताको स्मृतिमा सांसद ढकाल सहितको परिवारले -आमा बगैंचा बनाउने

    २०८३ श्रावण ३०, शनिबार १६:३० गते

    पुर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीलाई गृह जिल्ला झापामा भव्य स्वागत

    २०८३ श्रावण ३०, शनिबार १४:११ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.