Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कोशीको दोस्रो अधिवेशन शुरु
    कनकाई नगरपालिका

    नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कोशीको दोस्रो अधिवेशन शुरु

    तीर्थराज खरेलBy तीर्थराज खरेल२०८० पुष १३, शुक्रबार १८:०७ गते2 Mins Read

    बिराटनगर \ नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कोशी प्रदेशको दोस्रो अधिवेशन शुरु भएको छ । बिराटनगरस्थित कञ्चनजङ्घा पार्टी प्यालेस पाञ्चालीमा शुरु भएको द्विदिवसीय अधिवेशनमा प्रदेश समिति अध्यक्ष दण्डपाणि भट्टराईको अध्यक्षता र राष्ट्रिय समिति अध्यक्ष विष्णुप्रसाद भण्डारीको प्रमुख आतिथ्य रहेको थियो ।

    अधिवेशनको उद्घाटन सत्रमा विशेष अतिथि एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा, नेराशिसं राष्ट्रिय उपाध्यक्षद्वय कमला थापा र सूर्यबहादुर दाहाल, महासचिव हंसबहादुर शाही, राष्ट्रिय समिति सल्लाहकार ज्ञानेश्वर राई, नेपाल शिक्षक सङ्घ कोशी प्रदेश अध्यक्ष तेजप्रसाद चम्लागाईं, एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन कोशी प्रदेश अध्यक्ष भोजराज न्यौपाने, नेपाल विद्यालय कर्मचारी परिषद् कोशी अध्यक्ष मौसम श्रेष्ठ, प्रगतिशील राष्ट्रिय शिक्षक सङ्गठन कोशी अध्यक्ष कमल तिम्सिना, पेशागत महासंघका केन्द्रीय सदस्य भोला पोखरेल, सम्मानित व्यक्तित्वहरू बानियाँ, शर्मा र भट्टराईले शुभकामना मन्तव्य राखेका थिए ।

    शिक्षक आन्दोलनमा निर्वाह गरेको अत्युच्च भूमिकाको मूल्याङ्कन गर्दै एकराज भट्टराई ९मोरङ०, हरिचरण बानियाँ ९झापा० र कुन्ता शर्मा चम्लागाईं ९सुनसरी० लाई दोसल्ला, अबिर र सम्मान पत्रले सम्मान गरिएको थियोे । उनीहरूले नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको स्थापना, विकास र सुदृढीकरणमा अग्रणी भूमिका खेलेकोमा प्रशंसासहित सम्मान गरिएको हो ।

    कार्यक्रममा शिक्षक नेताहरू नारायणप्रसाद गौतम, धर्मानन्द खरेल, पीतकुमार श्रेष्ठ, वेणु काफ्ले, बुद्धिमान कार्की, राजाराम राई, रीता पाठक लगायतको आतिथ्य रहेको थियो । अधिवेशनमा कोशी प्रदेशका १४ जिल्लाका १ सय ३७ पालिकाबाट ५ सय १० प्रतिनिधि शिक्षकहरूको सहभागिता रहेको झापाका अधिवेशन प्रतिनिधि गोपीकृष्ण भट्टराईले जानकारी दिए । शनिबार अधिवेशनले ३ वर्षे कार्यकालका लागि नयाँ कोशी प्रदेश कार्यसमिति र लेखा समिति चयन गर्नेछ ।

    वर्तमान कोशी उपाध्यक्ष सरिता तामाङले स्वागत मन्तव्य राखेको कार्यक्रम प्रदेश समिति सचिव रघुनाथ मिश्रले सञ्चालन गरेका थिए ।

    कमेन्टस्

    Author

    • तीर्थराज खरेल

      युनिक बहुमुखी क्याम्पसमा प्राध्यापक समेत रहेका खरेल कनकाई खबर अनलाइनका सल्लाहकार सम्पादक हुन् । खरेल पूर्वाञ्चल दैनिकमा समेत संवाददाता एवं स्तम्भकारका रुपमा कार्यरत् छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.