Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » भगवती आधारभुत विद्यालयबाट सम्मान ग्रहण गर्दै पराजुली दम्पती
    कनकाई नगरपालिका

    भगवती आधारभुत विद्यालयबाट सम्मान ग्रहण गर्दै पराजुली दम्पती

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८० पुष १३, शुक्रबार १७:०७ गते3 Mins Read

    कनकाई खबर \ झापाको कनकाई—५,चप्रामारीस्थित भगवती आधारभुत विद्यालयमा स्थापनाकालदेखी नै सहयोग गर्दै आएका मनका धनी स्थानीय दातालाई विद्यालयले सम्मान गरेको छ ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओम पाठकको सभापतित्व एवं स्थानीय सरकारका प्रतिनिधि—कनकाई वडा नं.–५ का वडासदस्य डिल्लीराम उप्रेतीको विशेष उपस्थितीमा एक संक्षिप्त कार्यक्रमका बिच दातालाई सम्मान गरिएको हो ।

    यसरी सम्मानित हुनेमा स्थानीय शिक्षासेवी बुद्धिप्रसाद र सरस्वता पराजुली रहेका छन् । पराजुलीका छोरा रोशनले साँवाअक्षर चिनेको यस भगवती आधारभुत विद्यालयमा छोराकै ईच्छा अनुसार पराजुली दम्पतीबाट विद्यालयको स्थापनाकालदेखी नै सहयोग हुँदै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओम पाठक बताउँछन् । केहीवर्ष अघि विद्यालयले संचालन गरेको महायज्ञमा समेत सुरुमै सहयोगको खाता खोलेर पराजुली दम्पतीले महायज्ञ सफल पार्न अत्यन्तै महत्वपूर्ण भुमिका खेलेको बताइएको छ ।

    वि.सं.२०५९ मा स्थापना भएको भगवतीमा सुरुवाती अवस्थामा आवश्यक पर्ने चक, डस्टर लगायत विद्यालयको सौन्दर्य बढाउँन पराजुली दम्पतीबाट धुपी साथै विभिन्न जातका फुलका बिरुवाका साथमा रिङ सहितका १८ वटा गमला विद्यालयमा यस अघि नै हस्तान्तरण गरिएको छ । अमरपथ सडकसँग जोडीएको विद्यालय आवातजावत गर्ने बाटो सहित विद्यालयको गेटमा राखिएका ती गमलाले विद्यालयको सुन्दरता नै बढाएको विद्यालयका प्रधानाध्यापक खड्गप्रसाद बिमली बताउँछन् । विद्यालय परिसरमा भएका फुल, बोटबिरुवाहरुमा पानी सिँचाई गर्न सहज होस् भन्ने उद्येश्यका साथ पराजुली दम्पतीबाटै एक बण्डल पानी तान्ने पाइप समेत हस्तान्तरण भइसकेको प्रधानाध्यापक बिमलीले जानकारी दिए ।

    त्यस्तै भर्खरै मात्र यहि पौष १० गतेका दिन छोरा रोशनको जन्मदिनको अवसर पारेर बुबाआमा बुद्धिप्रसाद र सरस्वता पराजुलीबाट विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार ४० जना विद्यार्थीलाई न्यानो कपडा (सुइटर) वितरण गरेको बताइएको छ। त्यस्तै पराजुली दम्पतीबाट बिपन्न परिवारका १४ जना विद्यार्थीलाई कापी, पेन्सील लगायतका स्टेशनरी सामाग्री समेत बितरण गरिसकेको विद्यालयका संस्थापक शिक्षक रामकुमार पाठकले जानकारी दिए ।

    अध्ययनका क्रममा बिगत डेड वर्षदेखी जापानमा रहेका रोशनले कक्षा एकदेखी पाँच कक्षा सम्म यहि भगवती आधारभुत विद्यालयमा अध्ययन गरेको उनका बुबा बुद्धिप्रसाद पराजुली बताउँछन् । पराजुली दम्पतीका एकजना छोरी रेजिना र छोरा रोशन पराजुली रहेका छन् । भगवती आधारभुत विद्यालयबाट प्रारम्भीक चरणको शिक्षा साथै उचित मार्गनिर्देशन भएकै कारण आफ्ना सन्ततीले सत्मार्गमा लाग्ने प्रेरणा प्राप्त गरेको भन्दै दाता सरस्वता पराजुलीले विद्यालयको उन्नती प्रगतिकालागी आफ्नो परिवार सधैं सकारात्मक रहेको बताएकी छन् ।

    केही समय अघि सम्म विद्यालयमा प्रवेश गर्ने बाटो अत्यन्तै जीर्ण अवस्थामा पुगेको थियो ।सोही अवस्थाको बाटोमा कनकाई नगरपालिका साथै वडा कार्यालयको समन्वयमा पुनःनिर्माण भएसँगै बाटोमा पराजुली दम्पतीबाट भएको थप सहयोगले विद्यालय परिसरको रुपरेखा नै बदलिएको वडासदस्य डिल्लीराम उप्रेती बताउँछन् । पराजुली दम्पतीबाट भएको यो समाजसेवी भावनाले स्थानीयबासीमा समेत थप जागरण ल्याउँन सकोस् भन्ने कामना गर्दै वडासदस्य उप्रेतीले दाताहरुको सहयोगबाट विद्यालयको चौतर्फी विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।

    आफुले साँवाअक्षर चिनेको विद्यालयको शैक्षिक स्तर वृद्धिकालागी अझै पनि केही गर्ने छोराको ईच्छा रहेको बताउँने पराजुली दम्पतीको सहयोगी मनप्रति विद्यालय परिवारका तर्फबाट खुलेर प्रशंसा गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओम पाठक, संस्थापक अध्यक्ष डिल्लीराम सिल्वाल, पिटिए अध्यक्ष गणेश सिटौला, वर्तमान व्यवस्थापन समिति सदस्य निर्मला सिल्वाल, सम्झना बागदास, सल्लाहकार समिति सदस्यहरु चन्द्रप्रसाद पाठक, हरि सुव्वा, कर्मचारी गंगाप्रसाद विश्वकर्मा लगायतले सहयोगी मनका धनी रोशनको सुस्वास्थ्य, दिर्घायु साथै थप सफलताको कामना गरे । कार्यक्रमको सहजीकरण विद्यालयका संस्थापक शिक्षक रामकुमार पाठकले गरेका थिए ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.