Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » समुदायको स्वास्थ्यमा सुधारको लक्ष्यसहित सहाराको विश्वास परियोजना
    कनकाई नगरपालिका

    समुदायको स्वास्थ्यमा सुधारको लक्ष्यसहित सहाराको विश्वास परियोजना

    कनकाई खबरBy कनकाई खबर२०८० पुष १२, बिहीबार ०४:४४ गते3 Mins Read

    कनकाई खबर \ झापाको बिर्तामोडस्थित सहारा नेपालद्वारा सञ्चालित विश्वास परियोजनाले तीन जिल्लाका २५ वटा पालिकामा उपेक्षित तथा उष्णप्रदेशीय रोग, मातृशिशु स्याहार र अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य सुधारका लागि कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

    स्वास्थ्य सुधार गर्न सहारा नेपाल र फेयरमेड फाउण्डेशनको साझेदारीमा विश्वास परियोजनाले कार्य गर्दै आएको छ । परियोजना अन्तरगत नेपालमा पाइएका उपेक्षित उष्णप्रदेशिक १० वटा रोगबाट समुदायको स्वास्थ्यमा सुधार गर्ने कार्यक्रम गरिदै आएको हो ।

    फेयरमेड फाउण्डेशनको आर्थिक सहयोगमा सञ्चालित विश्वास परियोजनाले बुधबार सञ्चारकर्मीहरुसँग अन्तरक्रिया गरेर हालसम्म गरेको कामको प्रगति सार्वजनिक गरेको छ । दुई वर्षअघि शुरु भएको परियोजनाले तीन वटा जिल्लाका २५ वटा पालिकामा स्वास्थ्य कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

    चेतनाको कमीले अझै पनि रोगहरु लुकाउने प्रचलन रहिरहेकाले रोगीको संख्या न्यूनीकरण हुन नसकेको सहारा नेपालका सचिव महेन्द्रकुमार गिरीले बताए । उनले सञ्चारकर्मीले सचेतना अभिबृद्धि गर्ने खालको काम गर्नुपर्नेमा जोड दिए । परियोजनाले सञ्चारकर्मीहरुलाई पनि उक्त परियोजनामा जोडिएर उपेक्षित उष्णप्रदेशीय रोगको उजागर गर्न उनले आग्रह गरे ।

    झापाका १० पालिका, मोरङको ७ र सुनसरीका ८ वटा पालिकामा उपेक्षित उष्णप्रदेशीय रोगहरुका विषयमा पछाडि परेका समुदायलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गर्दै आएको परियोजनाका संयोजक पवनकुमार राईले जाकारी दिए । उपेक्षित उष्णप्रदेशीय रोगहरुमध्ये कुष्ठरोग, हात्तीपाइले, जुकाहरु, डेंगी र चिकनगुनिया, कालाजार, सर्पदंश, रेबिज, लुतो, फिते जुका र खस्रे रोगको क्षेत्रमा परियोजना केन्द्रित रहेको उनले बताए । मुख्य रुपमा झापाको बाह्रदशी, झापा गापा, हल्दिबारी, गौरीगञ्ज, कचनवकल, गौरादह, कनकाई, बिर्तामोड, भद्रपुर र मेचीनगरलाई केन्द्रित गरेर परियोजनाले काम गरिरहेको छ ।

    उपेक्षित उष्णप्रदेशीय रोगको जोखिम भएको क्षेत्रमा सचेनामूलक कार्यक्रम, स्थानीय स्वास्थ्य सञ्चालन तथा व्यवस्थापन समितिहरुको क्षमता अभिबृद्धि, विद्यालयहरुमा सचेतना, मातृशिशु स्वास्थ्य सम्बन्धी काम, स्वाथ्यकर्मीलाई तालिम लगायतका काम गर्ने परियोजनाको मुख्य उद्देश्य रहेको छ ।

    परियोजनाले झापाका ४२७ जना स्वास्थ्यकर्मीलाई तालिम, ३५४ जना महिला स्वास्थ्य स्वयंसेविकालाई तालिम, ८ जना स्वास्थ्यकर्मीलाई सर्पदंश व्यवस्थापन तालिम, ७ वटा प्रसूती गृह शुद्धीकरण तथा व्यवस्थापनमा सहयोग, डेंगु नियन्त्रण महत्वपूर्ण भूमिका, ६ जना नर्सिङ कर्मचारीलाई तालिम, २० वटा सामुदायिक विद्यालयमा सरसफाई कर्नर स्थापना, कुष्ठरोगी र हात्तीपाइले प्रभावितहरुलाई सहायक सामग्री र सात जनालाई १२ हजार रुपैयाँका दरले आत्मनिर्भर बन्न बिउ पुँजी प्रदान लगायतको काम गरेको सहारा नेपालका फोकल पर्सन मात्रिका सुवेदीले जानकारी दिए ।

    परियोजनाको प्रतिफल देखिन ४ \ ५ वर्ष लाग्ने भएकाले क्रमशः प्रतिफल आइरहेको उनको भनाइ छ । मानिसमा सचेतनाको कमी हुँदा उपेक्षित उष्णप्रदेशीय रोग न्यूनीकरणमा समस्या देखिएको उनले बताए ।

    परियोजना सञ्चालनमा आएपछि झापा गाउँपालिकामा स्वास्थ्य संस्थामा प्रसुती गराउने महिलाको संख्या बढेको कार्यक्रम संयोजक राईले बताए । उनका अनुसार गत वर्ष ९ जनाले स्वास्थ्य संस्थामा प्रसुती गराएको , चालू आ.व.को चार महिनामा ३४ जनाले प्रसुती सेवा लिएका छन् । सहारा नेपालका अध्यक्ष भरतकुमार गिरीको अध्यक्षतामा अन्तरक्रिया सम्पन्न भएको थियो ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.