Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » झापा गाउँपालिकाको अध्यक्षकप भलिबलमा सेमिफाईनल समिकरण पूरा
    खेलकुद

    झापा गाउँपालिकाको अध्यक्षकप भलिबलमा सेमिफाईनल समिकरण पूरा

    ramBy ram२०७६ पुष १७, बिहीबार १४:१५ गते3 Mins Read

    शरणामती  \ झापाको झापा गाउँपालिका ६ शरणामतीमा जारी अध्यक्ष कप प्रदेश नम्बर १ पालिका स्तरीय भलिबल प्रतियोगिताको बिहिवारको खेलबाट सेमिफाइनलको समिकरण पूरा भएको छ ।

      सेमिफाइनलमा आयोजक झापा गाउँपालिका सहित झापाको बिर्तामोड , दमक नगरपालिका र संखुवासभाको सभापोखरी गाउँपालिका आआफ्नो खेल जित्दै सेमिफाइनमा प्रवेश पाएका छन । आजै भएको क्वाटरफाइनलको खेलबाट झापाको बाह्रदशी गाउँपालिका सहित भोजपुरको रामप्रसाद राई गाउँपालिका , टेम्के मयुङ गाउँपालिका र सोलुखुम्बुको नेचा सल्लेरी गाउँपालिकाको टिम पराजित हुँदै विदा भएका छन । सेमिफाईनलमा प्रवेश गर्ने यी अन्तिम चारका टिमले कम्तीमा १० हजार १११ रुपैँयाभन्दा माथिको पुरस्कारको रक्षा गरेका छन ।

      बिहिबारको पहिलो खेलमा दमक नगरपालिकाले सोलुखुम्बुको नेचा सल्लेरी गाउँपालिकालाई २५—२०, २५—१७ र २५—२३ को सोझो सेटमा पराजित गर्दै सेमिको यात्रा पक्का गरेको हो । सो खेलको उत्कृष्ट खेलाडी दमकका प्रकाश लिम्बु घोषित भएका छन् । दोस्रो खेलमा भोजपुरको सभापोखरी गाउँपालिकाले भोजपुरकै रामप्रसाद राई गाउँपालिकाको टिमलाई ३—१ को सेटले हराउदै सेमिफाइनलमा प्रवेश पाएको हो । सभापोखरीले पहिलो सेट २५—२२ र दोस्रो सेट २५—२१ ले जित्दा तेस्रो सेट रामप्रसाद राई गाउँपालिकाले २५—१६ ले जितेर खेलमा फर्कने प्रयास गरेको थियो तर चौथो सेट सभापोखरीले पुन २५—१३ ले जित्दै खेल आफ्नो पक्षमा पारेको थियो सो खेलको उत्कृष्ट खेलाडी सभापोखरीका दिलबहादुर कट्टेल घोषित भए ।    यसैगरी तेस्रो खेलमा बिर्तामोड नगरपालिकाले बेष्ट अफ फाइभमा भोजपुरको टेम्के मयुङ गाउँपालिकालाई हराउदै सेमिफाइनलको यात्रा पक्का गरेको हो । बिर्तामोडले पहिलो र दोस्रो सेट २५—१६ र २५—१८ ले जित्दा तेस्रो र चौथो सेट टेम्केले २५—२२ र २३—२५ ले जितेर खेल रोमांचक बनेको थियो । अन्तिम सेट बिर्तामोडले १५—१३ ले जित्दै टेम्केको चुनौती पन्छाएको हो । उक्त खेलको उत्कृष्ट खेलाडी टेम्केका सरोज राई घोषित भए ।

       बिहिवारको अन्तिम खेलमा आयोजक झापा गाउँपालिकाले झापाकै बाह्रदशी गाउँपालिकालाई २५—२२, २७—२५ र २५—२२ को प्रतिस्पर्धात्मक सोझो सेटमा हराउदै सेमिफाइनलको यात्रा पक्का गरेको हो । सो खेलको उत्कृष्ट खेलाडी आयोजक झापा गाउँपालिकाका रोशन शिवाकोटी घोषित भए ।

       शुक्रवारको पहिलो सेमिफाइनल खेल सभापोखरी संखुवासभा र झापा दमक बिच बिहान १० बजे र दोस्रो सेमिफाइनल खेल दिउसो १ बजे बिर्तामोड नगरपालिका र आयोजक झापा गाउँपालिकाविच हुने आयोजक समितिका अध्यक्ष गजेन्द्र ताम्लीले जानकारी दिएका छन् ।

        प्रतियोगितामा प्रदेश नम्बर एकका २२ पालिकाको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने टिमले नगद १ लाख १ हजार १ सय ११ , ७१ हजार १११, २१ हजार १११ र सान्तना हुने एक टिमलाई १० हजार १ सय ११ रुपैँया पाउने छन । प्रतियोगिताको विधागत उत्कृष्ट खेलाडीले नगद सहित पुरस्कार पाउदा सर्वोत्कृष्ट खेलाडीले समेत नगद १० हजार रुपैँया पाउने छ ।

    कमेन्टस्

    Author

    • ram
      ram

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.