Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » ‘चासोक तङनाम सबै नेपालीको साझा पर्व बन्दै गएको छ’ ःसंघीय सांसद साँवा
    कनकाई नगरपालिका

    ‘चासोक तङनाम सबै नेपालीको साझा पर्व बन्दै गएको छ’ ःसंघीय सांसद साँवा

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८० पुष १०, मंगलवार २३:५७ गते3 Mins Read


    कनकाई खबर \ पूर्वका विभिन्न क्षेत्रसँगै झापाका हरेक स्थानमा चासोक तङनाम धुमधामसँगले मनाइएको छ । विभिन्न कार्यक्रमका माझ चासोक पूजा तथा विभिन्न प्रतियोगिता सञ्चालन गर्दै यो पर्व हर्षोल्लासका साथ वशेष गरी लिम्बू समुदायले मनाएका हुन् ।


    यसै क्रममा झापाको कनकाईमा समेत चासोक तङनाम—उद्यौली पर्व धुमधामसँग मनाइएको छ । किरात याक्थुङ्ग चुम्लुङ्ग कनकाई वडा नं.—२, ३, ४ र वडा नं.५ को संयुक्त आयोजनामा धनुषकोटी वनभोजस्थलमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम संयोजक अमरवहादुर मेन्याङबोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघीय सांसद एल.पीं साँवा लिम्बूको प्रमुख आतिथ्य रहेको थियो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी संघीय सांसद साँवाले चासोक तङनाम सबै नेपालीको साझा पर्व बन्दै गएको बताए । पूर्वी नेपालमा बसोबास गर्दै आएका लिम्बू समुदायको आफ्नै संस्कार एवं संस्कृति रहेको चासोक तङनाम(उद्योली पर्व) सबै नेपालीको साझा पर्व बन्दै गएको सांसद साँवाको जोड थियो । हिजोका दिनमा घर—घरमा मनाउँदै आएको चासोक तङनाम अब सामुहिक रुपमा सबैको साझा पर्वका रुपमा मनाउँन थालेको बताइएको छ \


    नेपालको संविधानले सम्पूर्ण नेपालीहरुको हक रक्षा गरेको भन्दै सांसद साँवाले सबै जातजाती, धर्म र संस्कृति मान्नेहरु सबैलाई एकै ठाउँमा राखेको बताए । सरकारले समेत यस पर्वमा सार्वजनिक बिदा दिन थालेका कारण चासोक तङनामको महत्व अझै बढेको सांसद साँवाको ठहर छ । चासोक तङनाम—उद्यौली पर्वका अवसरमा सांसद साँवाले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुलाई शुभकामना व्यक्त गरे ।
    प्रकृति पूजकको रुपमा लिइने यस्ता पर्वहरुसँगै लिम्बू समुदायको आफ्नै मौलिक परम्परा साथै संस्कृतिहरु छन्। यी पर्वहरू मध्ये चासोक तङनाम अर्थात्(न्वागीपूजा) पनि एक हो ।

    अन्नबाली पाकेर प्रकृतिलाई चढाउन सुरु भएसँगै चासोक पर्व सुरु हुन्छ । अन्नबाली लगाउँदा याक्वा गरी अर्थात् प्रकृतिलाई अनुमति मागी अन्नबाली लगाउने परम्परा रहेको बताइएको छ । लगाएको अन्नबाली पाकेर पनि कसैले नखाई प्रकृतिलाई चढाएर मात्रै ग्रहण गर्ने प्रचलन रहँदै आएको छ ।


    लिम्बू समुदायमा घर(घरमा नै चासोक मनाउँदै आएको भए पनि पछिल्लो समय यी समुदायको सघन बस्ती रहेको स्थानहरुमा सामूहिक रुपमा मनाउन थालिएको पुर्वकै लोकप्रिय चित्रकार समेत रहेका आयोजक समितिका सदस्य हिम्मत नेम्माङले जानकारी दिए । कार्यक्रममा सहभागीहरुलाई स्वागत सहित औचित्यमाथि प्रकाश पार्दै नेम्माङले भने्, ‘हामीले पहिले पहिले घरघरमै चासोक गर्दै आएका हौँ । हाम्रो संस्कार संस्कृति लोप हुँदै गएपछि सामूहिक रुपमा चासोक तङनाम मनाउन थालेका हांै ।’


    ‘पर्वको अवसरमा लिम्बू समुदायको च्याबरुङ नाच ,धान नाच प्रदर्शन तथा छेलो हान्ने, धनुकाँड हान्ने लगायतका लोप हुँदै गएका खेलहरु समेत सञ्चालन गरिँदै आएको बताइएको छ । पछिल्लो समय लिम्बू समुदायको मौलिक संस्कार एवं संंस्कृति संरक्षणमा यी समुदायको थप आकर्षण बढ्न थालेको पाइन्छ ।


    कार्यक्रममा कनकाई नगरपालिकाका प्रवक्ता समेत रहेका वडा नं.५ का वडाअध्यक्ष कृष्णवहादुर राई, वडा नं.२ का वडाअध्यक्ष प्रताप राई, वडा नं.३ का वडासदस्य गोविन्द सुवेदी लगायतले शुभकामना मन्तव्य राखेका थिए । जातीय पहिरनमा झल्किएका कलाकारहरुको विशेष प्रस्तुती समेत रहेको औपचारिक कार्यक्रमको संचालन आयोजक समितिका सदस्य सागर सुव्वाले गरेका थिए ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.