Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    राज्यको मुख नहेरी कनकाई सामुदायिक वनले अत्याधुनिक तालिम भवन बनाउँदै

    २०८३ कार्तिक ३, सोमबार १०:०४ गते

    कनकाई खबरको यात्राः पत्रकारिताका चुनौती र अवसरहरू

    २०८३ आश्विन २८, बुधबार ११:२१ गते

    कनकाई खबर नवौं वर्षमा प्रवेश, आठ वर्षको निष्पक्ष यात्रा, अब नयाँ सङ्कल्प

    २०८३ आश्विन २८, बुधबार १०:२१ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » मोरङ कारागारबाट छुट्ने दिन नै कैदीको मृत्यु
    कनकाई खबर बिशेष

    मोरङ कारागारबाट छुट्ने दिन नै कैदीको मृत्यु

    कनकाई खबरBy कनकाई खबर२०८० पुष ९, सोमबार ११:४५ गते2 Mins Read

    लेनदेन ठगी मुद्दामा कैद भुक्तान गरिरहेका कैदीको मृत्यु भएको छ । विराटनगर महानगरपालिका– १० का चण्डेश्वर सहनीको आज विहान मृत्यु भएको हो । उनी आजै कारागारबाट छुट्ने दिन थियाे ।

    पेट पोल्ने र श्वासप्रश्वासमा समस्या भएपछि शुक्रबार कारागार प्रशासनले उनलाई कोशी अस्पताल ल्याएको थियो । अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । उनका अनुसार सहनी कैद भुक्तान गरी आज छुट्ने दिन थियो । 

    छुट्ने दिन नै आफन्तको मृत्युपछि उनका आफन्त आक्रोशति छन् । सहनीको मृत्यु पछि मात्रै कारागारले परिवारलाई  जानकारी गराएको थियो ।

    जिल्ला कारागार मोरङका निमित्त जेलर कृष्णहरि न्यौपानेले सम्पर्क नम्बर गलत हुँदा आफन्तलाई जानकारी दिन ढिलो भएको बताए । ‘श्वासप्रश्वासमा समस्या देखिएपछि हामीले उहाँलाई अस्पताल लगेका थियौं, आफन्तलाई जानकारी गराउन खोज्दा उहाँले (मतकले) दिएको नम्बर नै मिस्टेक रहेछ, फोन लागेन,’ उनले भने,‘  नम्बर मिस्टेक हुँदा समयमा नै जानकारी गराउन सकिएन् ।’ 

    लेनदेन मुद्दामा उनलाई मोरङ अदालतले २०७८ मङ्सिर २० गते १० महिना २२ दिन कैद सजाय सुनाएको थियो । अदालतले फैसलापछि फरार उनी २०७९ माघ १७ गते  कारागार चलान भएका थिए । 
    मंसिर २१ गते मोरङ कारागारमा लेटाङ नगरपालिका–४ घर भएका ३७ वर्षीय केशरबहादुर भुजेलको शंकास्पद मृत्यु भएको थियो । मृत्युपछि आफन्तले शव बुझ्न मानेनन्, शवमा चोटपटक देखिएका कारण आफन्तले शव बुझ्न नमानेपछि स्थानीय प्रशासनले छानविन समिति गठन गरेको थियो । छानविन समितिले काम सुरु गरेपछि उनका आफन्तले पोष्टमार्टम गरी शव बुझेका थिए ।

    स्वास्थ्यमा समस्या भएपछि भुजेललाई गत मंसिर २१ गते दिउँसो उपचारका लागि कोशी अस्पताल ल्याइएको थियो । अस्पतालको आकस्मिक कक्षमा सोही दिन साँझ ५ बजेतिर उनको मृत्यु भएको थियो ।

    भुजेलको मृत्यु शंकास्पद रहेको भन्दै परिवारका सदस्यले बुझ्न अस्वीकार गरेपछि मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहको संयोजकत्वमा कोशी अस्पतालका फिजिसियन डा। मनोज ठाकुर, प्रहरी निरीक्षक हेमराज ओली र लेटाङ–४ का वडाध्यक्ष रामकुमार श्रेष्ठ सदस्य रहनेगरी छानविन समिति गठन भएको थियो ।

    क्षमता भन्दा बढी कैदीबन्दी रहेको मोरङ कारागारमा चौकिदारले विभिन्न बाहानामा कैदीबन्दीलाई यातना दिएको गुनासो आइरहन्छन् । महिला पुरुष गरी ३०० जना क्षमता रहेकोम मोरङ कारागारमा पुरुष ९४८, महिला ८९ र नाबालक ७ जना गरी जम्मा १ हजार ४४ जना कैदीबन्दी  छन् ।koshionline

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    राज्यको मुख नहेरी कनकाई सामुदायिक वनले अत्याधुनिक तालिम भवन बनाउँदै

    २०८३ कार्तिक ३, सोमबार १०:०४ गते

    कनकाई खबरको यात्राः पत्रकारिताका चुनौती र अवसरहरू

    २०८३ आश्विन २८, बुधबार ११:२१ गते

    कनकाई खबर नवौं वर्षमा प्रवेश, आठ वर्षको निष्पक्ष यात्रा, अब नयाँ सङ्कल्प

    २०८३ आश्विन २८, बुधबार १०:२१ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    राज्यको मुख नहेरी कनकाई सामुदायिक वनले अत्याधुनिक तालिम भवन बनाउँदै

    २०८३ कार्तिक ३, सोमबार १०:०४ गते

    कनकाई खबरको यात्राः पत्रकारिताका चुनौती र अवसरहरू

    २०८३ आश्विन २८, बुधबार ११:२१ गते

    कनकाई खबर नवौं वर्षमा प्रवेश, आठ वर्षको निष्पक्ष यात्रा, अब नयाँ सङ्कल्प

    २०८३ आश्विन २८, बुधबार १०:२१ गते

    कनकाई नगरपालिकाकाे आर्थिक ऐन, २०८३का विषयहरू:

    २०८३ आश्विन २७, मंगलवार २३:५४ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.