Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सताक्षीधाम र दोमुखामा भ्रमण वर्षको भब्य स्वागत
    कनकाई खबर बिशेष

    सताक्षीधाम र दोमुखामा भ्रमण वर्षको भब्य स्वागत

    ramBy ram२०७६ पुष १७, बिहीबार १२:५८ गते2 Mins Read

    शिवसताक्षी \  झापाको धार्मिक तथा पर्यटकीय क्षेत्र शिवसताक्षीको सताक्षीधाम र दोमुखामा बृहत सरसफाई र साँस्कृतीक कार्यक्रमको आयोजना गर्दे भ्रमण वर्ष २०२० को भव्य स्वागत गरिएको छ ।

       शिवसताक्षी नगरपालिकाले आयोजना गरेको वृहत सरसफाई कार्यक्रममा नगरका सरकारी तथा गैह्रसरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरुको सहभागितामा सयौको संख्याका नगरबासीले सताक्षीधाम परिसरमा सरसफाई गरेको शिवसताक्षी नगरपालिकाका प्रवक्ता नविन इजमले वताएका छन् । नगरको वडा नं.७ का वडाअध्यक्ष समेत रहेका प्रवक्ता ईजमले नगरका त्रि धाम दोमुखा, चिल्लागढ धाम र सताक्षीधामले नगरको पहिचान स्थापित गरेको बताएका छन् ।

        राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालय दुधेको भुपू विद्यार्थी मञ्च, सतासीधाम जेसीज, शिवसताक्षी नगर प्याव्सनलगायत नगरका सामुदायीक र संस्थागत विद्यालयको कार्यक्रममा सहभागीता थियो । शिवसताक्षी नगरपालिकाकी उपमेयर भोजकुमारी नेपालले नगरको पहिचानका रुपमा रहेका सताक्षीधाम, दोमुखा र चिल्लागढ पोखरीको प्रवद्र्धनका लागि पर्यटन भ्रमण वर्ष २०२० कोसेढुँगो सावित हुने वताईन । उनले सताक्षीधाम, चिल्लागढ पोखरी र दोमुखा का रमणीय दृश्य हेरेर आनन्दलिन आन्तरिक तथा वाह्य पर्यटकलाई आग्रह गरिन् ।

       नगरका कार्यवहाक प्रमुख प्रशासकिय अधिकृत तथा नगर शिक्षा अधिकारी सुरेन्द्र दाहालले आन्तरिक तथा वाहिय पर्यटकका लागि सताक्षीधाम र दोमुखा प्रदेश नम्बर १ को उत्कृष्ठ गन्तव्य बनेको बताए । कार्यक्रममा नगरका योजना शाखाका प्रमुख प्रकाश चौधरीले पर्यटन भ्रमण वर्ष २०२० मा नगरका पर्यटकीय क्षेत्रमा पर्यटकको आवगमन नगरका लागि नयाँ आयाम हुने बताएका छन ।
    सताक्षीधाम, दोमुखा र चिल्लागढधाम आउने विदेशी तथा स्वदेसी पर्यटकले निर्धक्क रुपमा शिवसताक्षी नगरका पर्यटकिय क्षेत्रमा निर्वाध घुम्न र आध्यात्मिक लाभ लिन सक्ने ईलाका प्रहरी कार्यलय झिलझिलेका प्रहरी निरीक्षक कोमल ठाकुर ले बताएका छन । उनले भने, ‘विना संकोच शिवसताक्षी नगरका पर्यटकीय क्षेत्रमा यहाँले भ्रमण गर्न सुरक्षा चुनौती सहनुपर्देन, तीनवटै क्षेत्रमा नेपाल प्रहरी तैनाथ छ ।’

     यता नगरको अर्को पर्यटकीय क्षेत्र दोमुखामा पर्यटन भ्रमण वर्षकै पहिलो दिन आन्तरिक पर्यटकले खचाखच भरिएको थियो । दोमुखा धार्मीक तथा पर्यटकीय विकास संस्थाका सचिव धनवहादुर ढकालका अनुसार वनभोजका लागि ७१ वटा टोली दोमुखा आएका थिए ।

         ढकालले दिएको जानकारी अनुसार दोमुखामा वुधबार ७ हजार सर्वधारण नयाँ वर्ष २०२० मनाउन पुगेका थिए । नेपाल लगायत भारतको सिक्कीम, दार्जे्लिङ्ग, कालेम्पोङ्ग, सिलिगुडी लगायतका स्थानबाट बनभोजका लागि हजारौ सर्वसाधरण आए । दोमुखा धार्मीक तथा पर्यटकीय विकास सस्था का अध्यक्ष धनवहादुर लावतीको अध्यक्षतामा दोमुखामा वृहत साँस्कृतिक कार्यक्रम पनि भएको थियो ।

         स्थानीय वालनिकुञ्ज माध्यमिक विद्यालय, मेची ईलिंस वोर्डिङ्ग स्कूल र रेडरोजका छात्र छात्राले नेपाल र नेपालीको परम्परा झल्कने गीत, नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रम शिवसताक्षी नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष कर्णवहादुर थापाको प्रमुख आतिथ्यतामा भएको थियो ।

    कमेन्टस्

    Author

    • ram
      ram

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.