Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कतार सरकारले मृत्युदण्ड सुनाएका राउतलाई घर फर्काएर स्थानीयबासीले गरे भव्य स्वागत (भिडियाे सहित)
    कनकाई नगरपालिका

    कतार सरकारले मृत्युदण्ड सुनाएका राउतलाई घर फर्काएर स्थानीयबासीले गरे भव्य स्वागत (भिडियाे सहित)

    कनकाई खबरBy कनकाई खबर२०८० पुष ८, आईतवार १६:४६ गते3 Mins Read

    कनकाई खबर \ कतार सरकारले मृत्युदण्ड सुनाएका झापाको कनकाई—४ त्रिवेणी टोलका सुवास राउतलाई घर फर्काएर स्थानीयबासीले भव्य स्वागत गरेका छन् ।

    कतार सरकारले आफ्नै साथीको हत्या गरेको आरोपमा मृत्युदण्डको सजाय सुनाइएका३३ बर्षिय राउतलाई स्थानीयवाशीले सहयोग संकलन गरि स्वदेश फर्काएपछि एक विशेष कार्यक्रमका विच आफ्नै गाउँघरमा उनको स्वागत गरिएको हो ।

    सुबास राउत स्वदेश फर्काउनकालागि तत्कालिन कनकाई—४ का वडाअध्यक्ष गोविन्द पौडेलको संयोजकत्वमा अभियान समिति समेत गठन गरिएको थियो । यसैबीच अभियानका संयोजक पुर्ववडाअध्यक्ष पौडेलको सभापतित्वमा पत्रकार सम्मेलन मार्फत सुबास राउतले नयाँ जीवन प्राप्त गरेको भन्दै स्वागत सम्मान सहित अभियानको आयव्यय विवरण समेत सार्वजनिक गरिएको छ । समितिले २० लाख २४ हजार ६ सय ५० रुपैँया संकलन भएको र त्यहाँबाट खर्च गरि बचेको २ लाख ५० हजार रुपैँया स्थानीय कनकाई वालविकास केन्द्रलाई हस्तान्तरण गरिएको अभियानकर्मी युगल दवाडीले बताए । सुबास राउत अभियानका तर्फबाट उनलाई फर्काउनका लागि गरिएको पहलका वारेमा अभियानकर्मी दिपक चापागाईले जानकारी गराएका थिए ।


    झापाक्षेत्रनं. ४ का संघीय सांसद लालप्रसाद साँवा,कोशी प्रदेशका पुर्व कृषि मन्त्री हिराकुमार थापा, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख आशा शिवाकोटी, कनकाई—४का वडाअध्यक्ष रोशन सुवेदी, वडा नं.३ का वडाअध्यक्ष युवराज चम्लागाईँ लगायतले स्वदेश फर्किएका राउतलाई स्वागत गरे । कार्यक्रममा आफु यसरी स्वदेश फर्किएर आउछु भन्ने विश्वास नलागेको र अव कहिल्यै पनि विदेश नजाने, स्वदेशमै केहि गर्ने सोच बनाएको सुबास राउतले बताए। सानो ऐलानी जमिनमा बनेको घर बाहेक मेरो सम्पत्ति केहि पनि थिएन, छोराछोरीलाई टुहुरो बनाउँनुपर्यो भनेर जेलमा रहँदा बस्दा सधै तनाव भइरहेको विगतको स्मरण गर्दै राउतले स्वदेश साथै विदेशमा समेत रहनु हुने नेपालीको मायाको कारण नयाँ जीवन पाएको बताए ।

    ३ बर्ष पहिले आफ्नै कोठामा बस्ने खोटाङ्ग ऐसेलु खर्कका लामाकाजी राईको हत्या आरोपमा सुबासलाई कतार सरकारले मृत्युदण्डको सजाय सुनाएको थियो । राउतले विदाकादिन अन्य कम्पनीका साथीहरु समेत आफ्नो कोठामा आएको र झगडा पर्दा राईको मृत्यु भएको बताएकाथिए ।
    कोठामा सँगैं बस्दै आएका साथीको निधनपछि उनको मृत्युको कारण राउतलाई लगाएर कतार प्रहरीले मृत्युदण्डको सजाय सुनाएको हो । तर उक्त घटनामा आफु निर्दोश रहेको राउतले बताउँदै आएकाथिए।

    श्रीमानको विदेशमा मृत्यु दण्डको सजाय सुनाएसँगै स्वदेशमा रहेका २ छोराछोरी र श्रीमती कुमारी राउत र उनकै आश्रयमा बस्दै आएका बुबा जितबहादुर र आमा दुर्गामायाको बिजोग भएको थियो । छोराको त्यस्तो खबर सुनेसँगै आमा दुर्गामायाको समेत निधन भयो । कतारमा मृत्यु दण्डको सजाय सुनाएसँगै स्थानीयवाशीको पहलमा ब्लडमनि तिर्नका लागि रकम संकलन गरि पिडित परिवारलाई रकम बुझाएर ३ बर्ष पछाडि राउतलाई स्वदेश फर्काइएको हो ।

    कार्यक्रममा सहभागीहरुलाई अभियानकर्मी समेत रहेका कनकाई ४ का वर्तमान वडाअध्यक्ष रोशन सुवेदीले स्वागत गरेका थिए भने सहभागीहरुले अभियानमा जोडिएका सबै—सबैलाई धन्यावाद ज्ञापन गरेका थिए । अभियानका आर्थिक समिति संयोजक दिपक चापागाईँले औचित्य सहित अभियानको विस्तृत जानकारी गरेका थिए । अभियानका सचिव युगल दवाडीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने अर्का अभियानकर्मी ध्रुव फुयालले अभियानका बारेमा थप जानकारी गराए । कार्यक्रमको सञ्चालन अभियानकर्मी धर्मेन्द्र सुवेदीले गरेका थिए।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.