काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ ।
साताको पहिलो कारोबारको दिन छापावाल र तेजाबी सुनको मूल्य आज प्रतितोला १ सय रुपैयाँले बढेको छ । छापावाल सुन प्रतितोला १ लाख १९ हजार ९०० रुपैयाँ र तेजाबी सुन १ लाख १९ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १९ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख १९ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।
यसैबीच आज आइतबार चाँदी प्रतितोला १ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
Author
-
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।
View all posts
