Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईमा सुरु भयो सामुदायिक कुकुरको बन्ध्याकरण शिविर(भिडियो सहित)
    कनकाई नगरपालिका

    कनकाईमा सुरु भयो सामुदायिक कुकुरको बन्ध्याकरण शिविर(भिडियो सहित)

    कनकाई खबरBy कनकाई खबर२०८० पुष ८, आईतवार ०६:५३ गते2 Mins Read

    कनकाई खबर \ झापाको कनकाईमा सामुदायिक कुकुर बन्ध्याकरण शिविर संचालन भएको छ ।

    कनकाई नगरपालिकास्थित पशुपंक्षी तथा मत्स्य विकास शाखाले आयोजना गरेको शिविरमा बन्ध्याकरण सहित निशुल्क रेविज विरुद्धको खोप लगाउँने कार्यक्रम रहेको शाखाका प्रमुख तेजबहादुर पौडेलले जानकारी दिए ।

    शनिवार सार्वजनिक विदा समेत परेकाले जनप्रतिनिधिहरु सबै व्यस्त रहेका कारण कुनै औपचारिक कार्यक्रम नगरी सोझै बन्ध्याकरण सहित निशुल्क रेविज विरुद्धको खोप लगाउँने कार्यक्रम संचालन गरिएको शाखा प्रमुख पौडेलले बताए ।


    नेपाल एग्री लाईभस्टक ट्रेनिङ एन्ड रिसर्च सेन्टर इटहरी साथै नेपाल भेटेरिनरी एशोसिएसन कोशी प्रदेशको प्राविधिक सहयोग रहेको शिविरको आयोजकका रुपमा कनकाई नगरपालिकाको पशुपंक्षी तथा मत्स्य विकास शाखा रहेको बताइएको छ ।


    हरेक वर्ष संचालन हुँदै आएको शिविर यस पटक तीन दिनसम्म सञ्चालन हुने जनाइएको छ । शिविरमा नगर क्षेत्रका सबै वडाबाट सामुदायिक कुकुर समातेर ल्याउने र बन्ध्याकरणसँगै रेबिज विरुद्धको भ्याक्सिन तथा आवश्यकता अनुसार अन्य औषधी उपचार गरेर छोडिने शिविरमा कार्यरत नेपाल एग्री लाईभस्टक ट्रेनिङ एन्ड रिसर्च सेन्टरका संयोजक समेत रहेका डाक्टर सुर्यनारायण शाहले जानकारी दिए । यसअघि शिवसताक्षीमा शिविर सम्पन्न गरिसकेको डाक्टरसहितको प्राविधिक टोलीले कनकाईमा दुईसय कुकुरको बन्ध्याकरण गर्ने योजना रहेको बताएको छ ।


    सामुदायिक कुकुरको संख्या बढ्दै गएपछि किसानका गाईभैंसी, बाख्रा लगायतका चौपायमा रेबिजको प्रकोप बढ्ने भएकाले यसको न्युनीकरण गर्दै नगर क्षेत्रमा पशुधनको सुरक्षा गर्ने उद्येश्यले बन्ध्याकरण सहित निशुल्क रेविज विरुद्धको खोप लगाउँने कार्यक्रम संचालन गरेको डाक्टर शाहले जानकारी दिए ।

    भिडियो हेर्नुहोस

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.