Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » प्याब्सनको जिल्ला स्तरीय नृत्य प्रतियोगितामा प्यारागन एकाडेमीको ऐतिहासिक सफलता
    कनकाई नगरपालिका

    प्याब्सनको जिल्ला स्तरीय नृत्य प्रतियोगितामा प्यारागन एकाडेमीको ऐतिहासिक सफलता

    कनकाई खबरBy कनकाई खबर२०८० पुष ६, शुक्रबार २३:२४ गते2 Mins Read

    कनकाई खबर \ प्याब्सन झापाको जिल्लास्तरीय सांस्कृतिक प्रतियोगिता अन्तर्गत कनकाई —३ सुरुङ्गास्थित प्यारागन एकाडेमीले ऐतिहासिक सफलता हात पारेको छ ।


    प्रतियोगितामा आधुनिक, राष्ट्रिय र लोक साँस्कृतिक नृत्य तर्फको तीनवटै विधामा प्रथम स्थान हासिल गर्दै प्यारागन एकाडेमीले जिल्लामै ऐतिहासिक सफलता हात पारेको हो । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) झापाले दमकमा गत पुस २ र ३ गते आयोजना गरेको जिल्ला स्तरीय सांस्कृतिक प्रतियोगिता अन्तर्गत नृत्यका तीन वटै विधामा प्रथम स्थान हासिल गरेको हो ।


    प्यारागन एकाडेमीले आधुनिक, राष्ट्रिय र सांस्कृतिक नृत्यमा प्रथम स्थान हासिल गरेको विद्यालयले शुक्रबार (आज) पत्रकार भेटघाट गरी जानकारी दिएको हो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवं संस्थापक चम्पा खनाल सुवेदीको अध्यक्षता एवं कनकाई नगर प्याब्सनका अध्यक्ष विनोद सुव्वाको प्रमुख आतिथ्यमा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको हो । एउटा नमुना विद्यालयको परिकल्पनाका साथ सुरुङ्गामा स्थापना गरिएको प्यारागन एकाडेमीले विद्यालयका संस्थापक प्रिन्सिपल स्व.लक्ष्मण सुबेदीको सपना साकार पार्ने अभियानमा सक्रिय रहेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष चम्पा खनाल सुवेदीले जानकारी दिएकी छन् ।

    २०६४ सालमा स्थापना भएको बिद्यालयमा नर्सरीदेखी कक्षा १० सम्म अध्ययन अध्यापन हुँदै आएको जनाइएको छ । बिद्यालयमा ७०३ जना विद्यार्थी र शिक्षक कर्मचारी गरेर ५७ जना रहेको विद्यालयका संस्थपक अध्यक्ष चम्पा खनाल सुवेदीले जानकारी दिइन् । आउँदो शैक्षिक सत्रदेखि कक्षा ११ सञ्चालनको तयारी गरिएको संस्थापक अध्यक्ष सुवेदीले बताएकी छन् ।

    कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्याब्सन अध्यक्ष सुव्वाले एउटै विद्यालयले तीनवटै विधामा प्रथम स्थान हासिल गरेको पहिलो रेकर्ड भएको जानकारी दिए । प्याब्सन झापाले दमकमा आयोजना गरेको प्रतियोगितामा कक्षा ५ सम्मका विद्यार्थीले आधुनिक, कक्षा ८ सम्मका विद्यार्थीले राष्ट्रिय र कक्षा ९ देखि माथिकाले लोक साँस्कृतिक विधामा नृत्य प्रतियोगिता गरेका थिए । प्रतियोगितामा तीनवटै बिधामा प्यारागन एकाडेमीले प्रथम स्थान हासिल गरेको विद्यालयका भाइस प्रिन्सिपल डिल्ली सिटौलाले पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिए ।

    प्याब्सनले आयोजना गर्ने प्रदेश र केन्द्रका प्रतियोगितामा पनि पहिलो हुने लक्ष्य लिइएको विद्यालयका नृत्य निर्देशक दिवस गिरीले बताएका छन् ।
    विद्यालयका संयोजक चेतन भण्डारीले स्वागत सहित औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा विद्यालयका संचार संयोजक एवं पूर्व शिक्षक अर्जुन उप्रेतीको समेत उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन बिद्यालयको सञ्चार समिति सदस्य एवं पुर्व शिक्षक रामप्रसाद निरौलाले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.