Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » वन समूहको कार्यालय भवन, गोलघर र वन पुस्तकालय उद्घाटन
    समाचार

    वन समूहको कार्यालय भवन, गोलघर र वन पुस्तकालय उद्घाटन

    ramBy ram२०७६ पुष १७, बिहीबार ०१:५२ गते3 Mins Read

      सुरुङ्गा / कनकाई सामुदायिक वन उपभोक्ता समूह कनकाई नगरपालिका ३ सुरुङ्गामा कार्यालय भवन , गोलघर र वन पुस्तकालयको एकैसाथ उद्घाटन भएको छ ।

      झापा क्षेत्र नं. ४ का प्रदेश सांसद हिराकुमार थापाले बुधबार वन समुहले आयोजना गरेको कार्यक्रममा कार्यालय भवन , गोलघर र वन पुस्तकालयको रिवन काटेर उद्घाटन गरेका हुन् ।समुहको १८औं टोल प्रतिनिधि भेला र छ महिना अघिबाट संचानल गरेको गरीव तथा विपन्न वर्गका ८५ उपभोक्ताका विद्यार्थी र महिलालाई कम्युुटर एड्भान्स साथै कटिङ् डिजाइनिङ् सिपमुलक तालिमको समापन पनि सोही कार्यक्रममा गरिएको थियो भने सोही अवसरमा तालिममा सहभागीलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
    नयाँ बनेको कार्यालय भवन सुबिधा सम्पन्न रहेको र वनलाई बैज्ञानिक र ब्यवस्थित ढङ्गले सन्चालन गर्न घाट गद्दी र कार्यालय परिसरमा सिसि क्यामरा समेत जडान गरि घाटगद्धि सम्म सम्पूर्णको निगरानी कार्यालयबाटै गर्न सकिने ब्यवस्था मिलाइएको वनका अध्यक्ष ख्याम ओलीले जानकारी गराएका छन ।

     

     त्यसैगरी पचास जना भन्दा बढी बस्न सक्ने गरीको गोलघरमा माथिल्लो भागमा भ्युटावर बनाई वन घेरालुले त्यहीबाट पनि वनको धेरै क्षेत्रमा निगरानी गर्न सक्ने ब्यवस्था मिलाइएको अध्यक्ष ओलीले जनाएका छन । सामुदायिक वन क्षेत्रमा उदाहरणीय काम गर्दै आएको कनकाई सामुदायिक वनले यस अघि वन क्षेत्रमा सोलार वत्ती बालिसकेको छ भने निकट भविष्यमै विज्ञान पार्क बनाउने सम्पूर्ण तयारी पूरा भएको र यहि टोल भेलाबाट स्वीकृत पनि भईसकेको वताइएको स्थानीय स्तरमा पठन संस्कृतिको विकास गर्ने उद्येश्यले संचालनमा ल्याइएको वन समूहको पुस्तकालय सम्भवत वन क्षेत्रमै उदाहरणीय पुस्तकालय भएको कार्यक्रममा सहभागीहरुले वताएका छन् ।

       पुस्तकालय सन्चालनकालागि डिभिजन वन कार्यालय झापा , साहित्यकार कोमल प्रसाद पोखरेल , मित्र प्रसाद दाहाल , गोपाल संग्रौला , प्रेम प्रसाद अधिकारी , हरिभक्त संग्रौला , युवराज मैनाली, संचारकर्मी राम निरौला, लिलाराज झापाली लगायतबाट हजार थान बढी पुस्तक सौजन्य प्राप्त भएको वन समूहकी सचिव मान्ता खरेलले वताएकी छन् । निकट भबिष्यमै पुस्तकालयमा ई–सेवाको समेत संचालन गरीने योजना रहेको वताइएको छ ।टोल भेलामा ख्याम ओलीले अध्यक्षको प्रतिवेदन , विधान तथा कार्ययोजना संशोधन प्रतिवेदन उपाध्यक्ष ललित बहादुर कार्कीले ,आर्थिक प्रतिवेदन कोषाध्यक्ष प्रकाश थापाले र आर्थिक लेखा परीक्षण सदस्य माधव ढकालले प्रस्तुत गरेका थिए ।

       भेलाले प्रस्तुत सवै प्रतिवेदन पास गर्दै आगामी पौष २७ गते वनको २२औं साधारणसभा सम्पन्न गर्ने निर्णय गरेको वताइएको छ ।
    कार्यक्रममा प्रमुख अतिथि प्रदेश सांसद हिरा थापा , संघसंस्थाको तर्फबाट सुरुङ्गा खानेपानीका अध्यक्ष भिमप्रसाद अधिकारी, समूहका सल्लाहकार भीष्म मैनाली , वडा अध्यक्षको तर्फबाट कनकाई ३ का वडाअध्यक्ष एवम् वन समूहका पुर्व अध्यक्ष रुद्रप्रसाद चिमरीया , पुस्तक दाताको तर्फबाट गोपाल संग्रौला , प्रशिक्षार्थीको तर्फबाट प्रज्ञा प्रधान र लक्ष्मी कार्की लगायतले शुभकामना मन्तब्य राखेका थिए भने राजनीतिक दल , स्थानीय संघसंस्था , सामुदायिक वन लगायतका प्रमुख तथा प्रतिनिधि, सुरक्षाकर्मी , संचारकर्मी समुहका टोल संयोजक तथा सदस्यहरुको उपस्थिति रहेको कार्यक्रममा उपस्थित सबैलाई समुहका उपाध्यक्ष ललित बहादुर कार्कीले स्वागत तथा सन्चालन समुहकी सचिव मान्ता खरेलले गरेकी थिइन् ।

    कमेन्टस्

    Author

    • ram
      ram

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.