Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » विविध सांस्कृतिक प्रस्तुतीसहित भृकुटी मा.वि.दुर्गापुरको बार्षिक उत्सव सम्पन्न
    कनकाई नगरपालिका

    विविध सांस्कृतिक प्रस्तुतीसहित भृकुटी मा.वि.दुर्गापुरको बार्षिक उत्सव सम्पन्न

    कनकाई खबरBy कनकाई खबर२०८० पुष ५, बिहीबार २०:१८ गते2 Mins Read

    कनकाई खबर \ झापाको कनकाई—७दुर्गापुर स्थित भृकुटी माध्यमिक विद्यालयले विविध सांस्कृतिक प्रस्तुती सहित आफ्नो ५७औं बार्षिक उत्सव कार्यक्रम सम्पन्न गरेको छ ।

    गत पौष १ गतेदेखि ४ गतेसम्म विविध खेलकुदका कार्यक्रमहरु सम्पन्न गरि आज ५ गते सांस्कृतिक तथा पुरस्कार वितरण कार्यक्रम गरि बार्षिक उत्सव कार्यक्रम सम्पन्न गरेको हो । यसै अवसरमा शिक्षकद्वय नन्दकिशोर झा र ज्वालाकुमारी श्रेष्ठलाई दीर्घसेवा सम्मान पत्र प्रदान गरिएको थियोे भने विद्यालयमा स्थापित वेदकला अक्षयकोषबाट वर्ष उत्कृष्ट शिक्षकको रुपमा शिक्षक नरेन्द्रराज काफ्लेलाई पुरस्कृत गरिएको छ ।


    विद्यालयमा स्थापित अक्षयकोषहरु टिका—कृष्ण—धन—लछिमा, वेदकला, रामभक्त—संजिव, कृष्णप्रसाद–हरिमाया, गोविन्द–डम्बरकुमारी, भूमिप्रसाद–टीकादेवी, लक्षुमण—नर्वदा, खड्गबहादुर–चन्द्रमाया, पदम–सावित्रा लगायतका अक्षयकोषबाट अध्ययनमा उत्कृष्ट, गरिब तथा जेहेन्दार साथै विविध अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीहरुलाई नगद तथा जिन्सि पुरस्कार वितरण गरिएको थियो ।

    यसै क्रममा पूर्व विद्यार्थी समाजले समेत पुरस्कार वितरण गरेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन बस्नेतले अत्यन्त गरिब ५ जना विद्यार्थीहरुलाई स्कुल ड्रेस प्रदान गरेका थिए । सोही अवसरमा कार्यक्रमका प्रमुख अतिथि कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, विशेष अतिथि उपप्रमुख आशा शिवाकोटी, कनकाई वडा नं.७ का वडाअध्यक्ष भिष्म सिटौला, धनराज खड्का, शेरबहादुर थापा, नन्दकिशोर झा लगायतले विद्यालयको सफलताको कामना गर्दै शुभकामना मन्तव्य राखेका थिए । शिक्षक शिशिर भट्टराई र डिल्लीराम चापागाईंबाट गजल प्रस्तुत भएको कार्यक्रममा शिक्षक मदन कुमार डाँगी र देउकुमारी रुचालले गीत प्रस्तु गरेका थिए ।

    कार्यक्रमलाई सम्बोधन गर्दै कनकाई नगरप्रमुख पोखरेलले नगर क्षेत्रको शैक्षिक विकासमा स्थानीय सरकारबाट समेत सहयोग हुँदै आएको बताए । विशेषगरी नगरमा भएको स्रोतसाधनबाट विपन्न वर्ग र समुदायका बालबालिका अध्ययन गर्ने सामुदायिक विद्यालयहरुको शैक्षिक स्तर वृद्धिमा नगरपालिकाको तर्फबाट सहयोग हुँदै आएको बताउँदै नगर प्रमुख पोखरेलले आगामी दिनमा समेत सहयोगका कार्यक्रमलाई निरन्तरता दिँदै अघि बढ्ने प्रतिवद्धता जनाए । नगर प्रमुख पोखरेलले कनकाई नगरपालिकाबाट संचालन गरेको सुर्तीजन्य पदार्थको विक्रि वितरण साथै प्रयोगमा रोक लगाउँने अभियानमा नगर क्षेत्रका सबै शैक्षिक संस्थाहरुबाट सहयोगको अपेक्षा राखेको बताए ।

    कार्यक्रममा शिक्षक पुष्पा पौडेलले स्वागत गरेको कार्यक्रममा प्रधानाध्यापक चण्डिकाप्रसाद उपाध्यायले विद्यालयको प्रगति प्रतिवेदन र शिक्षक पुणानन्द निरौलाले सामाजिक लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरेको विद्यालयका शिक्षक अमृत योङहाङले जानकारी दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन शिक्षक डिल्लीराम चापागाईले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.