Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सुरुङ्गा कनकाई बचत तथा ऋण सहकारीको शेयर पूँजी १करोड७५ हजार
    कनकाई नगरपालिका

    सुरुङ्गा कनकाई बचत तथा ऋण सहकारीको शेयर पूँजी १करोड७५ हजार

    कनकाई खबरBy कनकाई खबर२०८० पुष ४, बुधबार २१:५२ गते2 Mins Read

    कनकाई खबर \ सुरुङ्गा कनकाई बचत तथा ऋण सहकारी संस्थाको १२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।


    तराईकै पहिलो सामुदायिक वनका रुपमा रहेको कनकाई सामुदायिक वन समुहका उपभोक्तालाई सदस्यता प्रदान गर्दै आजभन्दा १२ वर्ष अघि २०६८ को असोजबाट बचत तथा ऋणको कारोबार गर्न सुरुवात गरेको यस सहकारी संस्थामा हाल १ हजार ४ सय दश जना शेयर सदस्य रहेका छन् । वन समुहको क्षेत्र कनकाईको वडा नं.२, ३ र ४ सिमाना कायम गरिएको संस्थाको शेयर पूँजी रु.१ करोड, ७५ हजार ७ सय रहेको बताइएको छ ।

    संस्थाका अध्यक्ष प्रेमप्रसाद चुडालको सभापतित्व एवं कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको साधारण सभामा संस्थाको तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष चुडालले सदस्यहरुकालागी सहकारीको माध्यमबाट गरिबि न्यूनिकरण साथै उद्यमशीलता श्रृजना गर्दै रोजगारीको दिगो व्यवस्थापनमा संस्था अघि बढेको बताए । संस्थाले आफ्ना शेयर सदस्यहरुलाई आत्मनिर्भर बनाउँनकालागी स्वरोजगारमुखी कार्यक्रममा प्रोत्साहन गर्दै आएको अध्यक्ष चुडालले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।


    साधारण सभाको अवसरमा संस्थाको वार्षिक कार्यक्रमका रुपमा रहेको ज्येष्ठ सदस्यहरु, उत्कृष्ट विद्यार्थी, उत्कृष्ट ऋणी साथै उत्कृष्ट बचतकर्ताहरुलाई विशेष सम्मान गरिएको छ । सम्मानित सबैलाई कार्यक्रमका प्रमुख अतिथी कनकाई नगरपालिकाका प्रमुख पोखरेलले सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।


    कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख पोखरेलले सामुदायिक वनको माध्यमबाट उपभोक्ताको जीवनस्तर उकास्ने उद्येश्यका साथ अघि बढेको यो सहकारी आफैंमा अब्बल संस्था रहेको बताए । संस्थाका उपाध्यक्ष कमल मैनालीले स्वागत गरेको कार्यक्रममा कनकाई वडा नं.२ का वडाअध्यक्ष प्रताप राई, संस्थाका संरक्षकका रुपमा रहेका कनकाई सामुदायिक वनका अध्यक्ष ख्याम ओली, संस्थापक अध्यक्ष लक्ष्मीप्रसाद पाठक, नवजागरण सहकारी संस्थाका लेखा संयोजक उपेन्द्र अधिकारी, भगवती साकोसका उपाध्यक्ष पुण्यप्रसाद सिटौला, दोमुखा साकोसका सचिव छबि थपलिया, भीमसेन साकोसका सचिव तेजबहादुर प्रधान लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रमको संचालन सचिव श्यामकुमार पौडेलले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.