Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सहकारी पत्रकारिता पुरस्कारबाट पत्रकार बराल सम्मानित
    मेची नगरपालिका

    सहकारी पत्रकारिता पुरस्कारबाट पत्रकार बराल सम्मानित

    कनकाई खबरBy कनकाई खबर२०८० पुष १, आईतवार २२:०४ गते2 Mins Read


    कनकाई खबर \ मेची आवाज साप्ताहिकका सम्पादक डम्बर बराल मेचीनगर –७ स्थित आराध्य बचत तथा ऋण सहकारी संस्थाले स्थापना गरेको सहकारी पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । सहकारीको आठौं वार्षिक साधारण सभाको अवसरमा पत्रकार बराललाई ५ हजार नगद सहित सम्मानपत्रद्धारा सम्मान गरेको हो ।


    २०५९ सालदेखि बिबेचना दैनिकबाट पत्रकारिता क्षेत्रमा प्रवेश गरेका बराल प्रेस क्लव मेचीनगरका अध्यक्ष समेत हुन् । उनले यस अघि लामो समय जनसंसद दैनिकमा सह सम्पादक र लोकतन्त्र पोष्टमा कार्यकारी सम्पादकको भूमिका समेत निर्वाह गरिसकेका छन् ।


    मेचीनगर–८ स्थित किराँत याक्थुङ्ग चुम्लुङ्गको सभाहलमा सम्पन्न साधारण सभामा सहकारीले उत्कृष्ट बचत कर्ता, उत्कृष्ट ऋणीलाई समेत सम्मान गरेका छ । यसरी सम्मानित हुनेहरुमा उत्कृष्ट बचत कर्ता तर्फ कमला कुमारी राजवंशी र उत्कृष्ट ऋणी तर्फ .गीता राजवंशी हेका छन् । सम्मनित सबैलाई प्रमुख अतिथि तथा अतिथिहरुले सम्मान गरेका थिए ।


    सहकारी संस्थाका अध्यक्ष गीता राजबंशीको सभापतित्व तथा मेचीनगर – ७ का वडाध्यक्ष प्रह्लादमणी ओलीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि ओलीले सहकारी र सदस्यको दीगो विकासको लागि एक सहकारी एक सदस्य अभियानलाई प्राथमिकता दिएर कार्यान्यन गर्नू पर्ने बताए ।

    सहकारीलाई समृद्ध र सुशासन युक्त बनाउन सदस्यहरुको महत्वपूर्ण भूमिका हुन्छ, अध्यक्ष ओलीले भने, ‘तपाईँहरु एउटै सहकारीमा बचत तथा ऋणको कारोबार गर्नुहोस, जस्को कारण सहकारीको शेयर बृद्धि र कारोबार बृहत हुन्छ अनि सहकारी आर्थिक रुपमा मजबुत बन्छ ।’ उनले सहकारीमा आवद्ध सदस्यहरुको जीवनमा समृद्धि ल्याउने खालका कार्यक्रम सञ्चालन गर्न सञ्चालक समितिलाई आग्रह समेत गरे

    कार्यक्रममा ज्येष्ठ नागरिक समिति मेचीनगर –७ का अध्यक्ष पीताम्बर शर्मा, सम्मानित व्यक्तित्व प्रेस क्लव मेचीनगरका अध्यक्ष डम्बर बराल लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

    सो अवसरमा मेचीनगर सञ्चार प्रतिष्ठानका सचिव प्रकाश पौडेल, अनुप राजवंशी, ओम प्रकाश झा, मीरा राजवंशी, दुर्गादेवी कार्की लगायतको आतिथ्यता रहेको थियो ।


    कार्यक्रमको अवसरमा सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन सहकारी संस्थाका उपाध्यक्ष युवराज आचार्यले प्रस्तुत गरेका थिए ।
    सहकारी संस्थाले बिभिन्न समयमा सदस्य लक्षित कार्यक्रम गर्दै आएको छ । यस अघि सहकारीले निःशुल्क आँखा परीक्षण शिविर, स्वास्थ्य शिविर लगायत सामाजिक क्षेत्रमा समेत योगदान पुर्याउँदै आएको सहकारी संस्थाका व्यवस्थापक दुलव मेचेले जानकारी दिए ।
    सहकारी संस्थाका सचिव कमल ढुंगेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन लेखा संयोजक नारायण दंगालले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.