कनकाई खबर \ झापाको विर्तामोड –२ स्थित चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल वचत तथा ऋण सहकारी संस्था लि.सेवा केन्द्र इलामले युवा सदस्य तथा ३ शून्य क्लव बारे अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
सोही अवसरमा सेवा केन्द्रले आफ्नो केन्द्र मातहतमा रहेका विभिन्न सहारा महिला समूहका सदस्यहरुलाई आफ्नै नाम तथा तस्विर अंकित कप समेत वितरण गरेको छ । झापाका विभिन्न पर्यटकीयस्थल तथा रमणिय क्षेत्रहरुको भ्रमण सम्पन्न गरेका सेवा केन्द्रका ३० जना महिलालाई मायाको चिनो स्वरुप कप वितरण गरेको हो । भ्रमणको समिक्षा सहितको कार्यक्रम इलाम सेवा केन्द्रको कार्यालयमा सम्पन्न भएको हो ।

सहारा नेपाल साकोस सेवाकेन्द्र इलाम सञ्चालन सहयोग उपसमिति सदस्य हरिप्रसाद सापकोटाको अध्यक्षता एवम् अनुगमन कार्यालय इलामका अनुगमन अधिकृत तोयानाथ आचार्यकोे प्रमुख आतिथ्य रहेको कार्यक्रममा सेवा केन्द्रमा कार्यरत कर्मचारीहरु क्रमश सम्झना गुरु, अनुप रिजाल र सरस्वती कार्की तथा पशुप्राविधक कर्मचारी रमेश घिमिरे, कार्बन सर्वे कर्मचारी ममता खड्का लगायतको व्यवस्थापन रहेको थियो ।
भ्रमणमा सहभागी सम्पूर्णको नामलाई सधैंभरी सम्झन लायक हुन सकोस भन्ने उद्येश्ले सहभागीहरुको नामको पहिलो अक्षर जोडी “अघिअघि के भिड नी देसु दिज्यू सुन गुने म सय कविता लिदिम कि सिगंसिगो सस”भन्ने एक सुत्रमा पंतीबद्ध मिलाएर प्रत्येक कपमा अंकित गरिएको थियो ।
सहाराले संस्थामा आबद्ध सदस्यहरुमा कर्जा सुरक्षण कार्यक्रम अन्तर्गत कर्जा लिएर किस्ता तिर्ने क्रममा स्वयं सदस्य वा पतिको निधन भएमा सम्पूर्ण कर्जा मिनाहा गर्ने, जिवन वरदान कार्यक्रम, हातखुट्टा भाँचिएमा,घर आगलागी भएमा,सर्पदंश वा कुकुर तथा विषालु जंगली जनावरको टोकाईबाट उपचार गर्नुपरेमा ,घातक रोग लागी उपचार गर्नुपर्दा वा अप्रेशन गर्नुपर्दा समेत विभिन्न प्रकृतीका सुविधाहरु उपलब्ध गराउँदै आएको सेवा केन्द्र इलामका प्रमुख के.पी. लुइटेलले जानकारी दिए ।
सहारा नेपाल साकोसले विगतबाट नै विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरस्कारहरु प्राप्त गर्दै सन् २०२१मा सदस्य संरक्षण सिद्धान्त अन्तर्गत स्मार्ट सर्टिफिकेशन, वि.सं २०८०मा राष्ट्रिय उद्यमशिलता पुरस्कार, हालसालै वचत तथा ऋण सहकारी संस्थाहरुको एसियास्तरको नेटवर्क ब्ऋऋग् को एसोसिएट्स सदस्य बन्न सफल भएको बताइएको छ ।
यो उपलव्धीको सम्पूर्ण श्रेय संस्थाका सदस्यहरुको रहेकोे बताउँदै सेवा केन्द्र प्रमुख लुइटेलले संस्थामा दोश्रो पुस्ताको सदस्यता समेतका लागी संस्थाले हालसालै ल्याएको युवा सदस्यता सम्बन्धिका नीति,हामी रहने पृथ्वी वचाउनका लागि हाल विश्वव्यापी रुपमा ५७ वटा देशका करिब १लाख भन्दा बढी युवा आबद्ध भई धमाधम गठन भइरहेकोे ३ शून्य क्लव तथा क्लवको अवधारणा ल्याउने सन् २००६ का नोबेल शान्ति पुरस्कार विजेता वंगलादेशका प्रोफेसर डाक्टर मोहम्मद युनुशको अवधारणाका बारेमा संक्षिप्त जानकारी गराएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि इलाम अनुगमन कार्यालय अनुगमन अधिकृत तोयानाथ आचार्यले संस्थाको कार्यक्षेत्रहरुमा रहेका ८० वटै सेवाकेन्द्रबाट युवालाई आफ्नो व्यक्तित्व विकाश, सिर्जनात्मकतामा वृद्धि हुने विश्वास व्यक्त गरे । साथै प्रोफेसर डाक्टर मोहम्मद युनुशको अवधारणाप्रति सकारात्मक रहदै स्थानीय स्तरमा रहेका १२ देखि ३५ वर्ष उमेर समूहका ५ जना युवा बराबर एउटा ३ शून्य क्लव गठन गर्न थालिसकिएको अनुगमन अधिकृत आचार्यले जानकारी दिए ।
साथै यस्तो प्रकृतीको कार्यक्रम सञ्चालन गर्न संस्था सँगसँगै अभिभावकको पनि साथ र सहयोगको आवश्यकता रहने भएकाले आफ्ना नानीबाबुहरुलाई देशको कुशल नागरिक भएको हेर्ने हरेक आमाबाबुको सपनालाई ३ शून्य क्लव तथा सहारा नेपालको युवा सदस्यता एउटा प्लेटफर्म बन्न सकोस भन्दै कार्यक्रमका प्रमुख अतिथी आचार्यले शुभकामना व्यक्त गरे ।
कार्यक्रममा विभिन्न स.म.स.का प्रतिनिधिहरु क्रमशः गुना कुमारी चौहान,यमुना गुरुङ, शकुन्तला भट्टराई लगायतले संस्थाले विगतदेखि नै जिवनवरदान कार्यक्रमद्वारा आफ्नो पहिचानलाई उदाहरणीय बनाउन गरेको प्रयासमा थप परिष्कृत गर्दै हालै ल्याएको युवा सदस्यता र प्रोफेसर डाक्टर मोहम्मद युनुशको ३ शून्य क्लव गठनको अवधारणा प्रतिको जागरुकता सम्मान योग्य रहेको बताए ।
आफ्ना सदस्य एवम् आफ्नो कार्यक्षेत्र भित्रका युवा वर्गलाई समेट्न चालेको यो कदम अत्यन्तै सराहनीय रहेकोेले आगामी दिनमा समेत यस्ता कार्यक्रमहरु संस्थाले सञ्चालन गरी आफ्नो संस्थाको उचाई अझ अगाडि बढ्न सकोस् भन्दै कार्यक्रममा सहभाागीहरुले शुभकामना सहित आफ्ना धारणा राखेका थिए । कार्यक्रमका अवसरमा सेवा केन्द्र इलामले पनि ३ शून्य क्लव अवधारणा सफल पार्न सहयोग पुग्ने अपेक्षाका साथ स्थानीय इलाम नगरपालिका वडा नं. –९ गोलबस्तीमा साथै वडा नं.– ८ तिल्केनी सोती गाउँमा सरसफाई सहित एक \ एक वटा तीन शून्य क्लव गठन भइसकेको कनकाई खबरका इलाम सम्बाददाता एवं सहारा नेपाल साकोस सेवा केन्द्र इलामका प्रमुख के.पी. लुईटेलले जानकारी दिए ।

