Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » प्याब्सन शिवसताक्षीले पत्रकार विनोद सापकोटालाई गर्यो सम्मान
    विशेष

    प्याब्सन शिवसताक्षीले पत्रकार विनोद सापकोटालाई गर्यो सम्मान

    कनकाई खबरBy कनकाई खबर२०८० मंसिर २६, मंगलवार २२:०३ गते2 Mins Read

    कनकाई खबर \ निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन शिवसताक्षी झापाले पत्रकार विनोद सापकोटालाई सम्मान गरेको छ ।

    शिवसताक्षी नगरको व्याङ्डाँडास्थित चेतना माध्यमिक विद्यालयको प्राङ्गणमा सोमबारदेखि सुरु अन्तर संस्थागत विद्यालयस्तरीय सांस्कृतिक प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रममा हाल प्रतिदिन दैनिकमा कार्यरत पत्रकार विनोद सापकोटा सम्मानित भएका हुन् । सापकोटा तीन दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील छन् ।

    यस्तै लामो समय शिक्षा क्षेत्रमा सक्रिय शिक्षक डम्बरबहादुर खड्का पनि सम्मानित भएका छन् । उनी ध्रुवतारा आवासीय मावि दुधेका संस्थापक प्रिन्सिपल हुन् । शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेघाहाङ थोप्राले पत्रकार सापकोटा र शिक्षक खड्कालाई सम्मान गरेका हुन् । नगर प्रमुख थोप्रा, प्याव्सन शिवसताक्षीका अध्यक्ष राम सुहाङ र प्याव्सन पदाधिकारीले दुवै प्रतिभालाई दोसल्ला, सम्मानपत्र , फूलमाला र अविरले सम्मान गरेका थिए ।

    यसैबीच, जिल्ला प्याव्सनको समन्वयमा शिवसताक्षी नगर प्याव्सनले आयोजना गरेको अन्तर निजी विद्यालयस्तरीय प्रतियोगितात्मक सांस्कृतिक कार्यक्रमअन्तर्गत सांस्कृतिक नृत्यतर्फ शिवगञ्जको दिक्षान्त प्रथम, शिवगञ्जै नवकिरण दोस्रो र क्याब्रिज तेस्रो भएका छन् । यस्तै राष्ट्रिय गीत नृत्यमा सगरमाथा पहिलो, ध्रुवतारा दोस्रो र निम्बस वोर्डिङ स्कूल तेस्रो भएका छन् । कक्षा ११ र १२ को एक मात्र सहभागी विद्यालय धु्रवताराले सो विधामा उपाधि उचालेको छ । यस्तै सिनियर गायनतर्फ निम्बस, ध्रु्वतारा र मेची बोर्डिङ स्कूल क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका छन् । जुनियर गायनतर्फ धरमपुर प्रज्ञा पाठशाला, क्याम्ब्रिज र रेडरोज क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका छन् ।

    शिवसताक्षीबाट छनौट भएका हरेक विधाका पहिलोले पुस २ र ३ गते दमकमा हुने जिल्लास्तरीय प्रतियोगितामा सहभागिता जनाउन पाउने छन् । प्याव्सन शिवसताक्षीका अध्यक्ष राम सुहाङको अध्यक्षतामा भएको उद्घाटन सत्रमा उपाध्यक्ष उदयप्रकाश राईले स्वागत गरेका थिए भने प्याव्सनका सदस्य चन्द्र मादेम्बाले सहजीकरण गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.