Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » अध्यक्ष कप प्रदेशनम्बर १ पालिका स्तरीय भलिबल प्रतियोगिता अब क्वाटर फाइनल राउण्डमा
    खेलकुद

    अध्यक्ष कप प्रदेशनम्बर १ पालिका स्तरीय भलिबल प्रतियोगिता अब क्वाटर फाइनल राउण्डमा

    ramBy ram२०७६ पुष १६, बुधबार १४:५० गते2 Mins Read

      राम निरौला

    शरणामति \  झापाको झापा गाउँपालिका ६ शरणामतीमा जारी अध्यक्ष कप प्रदेश नम्बर १ पालिका स्तरीय भलिबल प्रतियोगिताको बुधवारको खेलमा झापाको बिर्तामोड, संखुवासभाको सभापोखखरी र भोजपुरका रामप्रसाद राई गाउँपालिका र टेक्के मयुङ गाउँपालिकाले आआफ्नो खेलमा जित निकाल्दै क्वाटर फाइनलमा प्रवेश पाएका छन ।

       बुधबार भएको पहिलो खेलमा सभापोखरीले झापाको कनकाई नगरपालिकालाई २५—१४, २५—१९ र २५—१६ को सोझो सेटमा पराजित गरेको थियो । प्रतियोगिताको उत्कृष्ट खेलाडी भने कनकाई नगरपालिकाका सरोज चम्लगाईँ घोषित भए । उनले नगद एक हजार रुपैँया सहित ट्रफि पाएका छन् ।

       त्यस्तै दोस्रो खेलमा भोजपुरको टेम्के मयुङ गाउँपालिकाले झापाको मेचीनगरलाई बेष्ट अफ फाइभको प्रतिस्पर्धामा हराएको छ ।
    रोमान्चक रहेको खेलमा पहिलो दुई सेट मेचीनगरले जितेर पनि पछिल्ला लगातार तीन सेट पराजित हुनपुगेको थियो । मेचीनगरले २५—१७ र २५—१५ मा दुई सेट जित्दा त्यसपछिका लगातार तीन सेट टेम्केले २५—१५, २५—१६ र २५—९ ले जित्दै जित आफ्नो पक्षमा पारेको थियो । दोस्रो खेलको उत्कृष्ट खेलाडी मेचीनगरका रोमान्स राई घोषीत भए ।

        तेस्रो खेलमा भद्रपुरलाई सोझो सेटमा हराउँदै रामप्रसाद राई गाउँपालिका बिजयी भएको छ । रामप्रसाद राई गाउँपालिकाले भद्रपुरलाई २३—२५, २२—२५ र २०—२५ ले हराएको हो । प्रतियोगिताको उत्कृष्ट खेलाडी भद्रपुरका लिब्रो पारस शर्मा घोषीत भए ।   बुधवारको अन्तिम खेलमा भने झापा बिर्तामोडले रोमान्चक जित निकालेको छ । बिर्तामोडले भोजपुरको आमचोक गाउँपालिकालाई बेष्ट अफ फाइभमा हराएको छ । आमचोकले दुई सेट २१—२५र १९—२५ ले जित्दा बिर्तामोडले पनि १५—२५, २१—२५ र अन्तिम सेट २५—१३ ले जित्दै बिजयी बनेको हो । प्रतियोगिताको म्यान अफ द म्याच बिर्तामोडका रोशन डाँगी भएको आयोजक समितिका सागरकिरण भट्टराईले बताए ।

       बिहिवार समेत सदाझैं नियमित ४ खेल हुने खेल रेफ्री राजु पाठकले जानकारी दिएका छन् । बिहिवार झापाको दमक नगरपालिका र सोलुखुम्बुको नेचा सल्लेरी गाउँपालिकाविच पहिलो खेल विहान ८ बजे यसैगरी दोस्रो भोजपुरकै रामप्रसाद राई र सभापोखरी गाउँपालिका बिच र तेस्रो खेल भोजपुरकै टेम्के मैयुङ र झापाको बिर्तामोड विच हुने छ भने अन्तिम खेल आयोजक झापा गाउँपालिका र बाह्रदशी गाउँपालिकाविच हुने आयोजक समितिका अध्यक्ष गजेन्द्र ताम्लीले बताएका छन् ।

         प्रतियोगितामा प्रदेश नम्बर एकका २२ पालिकाको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने टिमले नगद १ लाख १ हजार १ सय ११ , ७१ हजार १११, २१ हजार १११ र सान्त्वना हुने एक टिमले १० हजार १ सय ११ रुपैँया पाउने छ । प्रतियोगिताको विधागत उत्कृष्ट खेलाडीले नगद सहित पुरस्कार पाउँदा सर्वोत्कृष्ट खेलाडीले समेत नगद १० हजार रुपैँया पाउने छ । प्रतियोगिताको फाइनल खेल शनिवार हुने वताइएको छ ।

    कमेन्टस्

    Author

    • ram
      ram

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.