Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » साधारण सभाको अवसरमा भीमसेन साकोसद्वारा ११ सम्मानित
    कनकाई नगरपालिका

    साधारण सभाको अवसरमा भीमसेन साकोसद्वारा ११ सम्मानित

    कनकाई खबरBy कनकाई खबर२०८० मंसिर २३, शनिबार २२:०५ गते2 Mins Read


    कनकाई खबर \ भीमसेन बचत तथा ऋण सहकारी संस्था लिमिटेड सुरुङ्गाले २ कर्मचारीसहित ११ जना शेयर सदस्यलाई सम्मान गरेको छ ।
    सुरुङ्गा जेसीजको सभाहलमा आयोजित संस्थाको १४ औं वार्षिक साधारण सभामा उनीहरूलाई सम्मान गरिएको हो । कार्यक्रममा असल ऋणीका रूपमा मोतीलाल श्रेष्ठ, उत्कृष्ट बचतकर्ताका रूपमा रूद्रबहादुर श्रेष्ठ, उत्कृष्ट कर्मचारीका रूपमा कमला श्रेष्ठ र रबिना दाहाललाई सम्मान गरिएको थियो ।

    त्यसै गरी, संस्थाका ७० वर्ष उमेर पार गरेका शेयर सदस्यहरू जीतबहादुर श्रेष्ठ, चन्द्रकला श्रेष्ठ, यामबहादुर कार्की, रामनाथ श्रेष्ठ, जीवबहादुर श्रेष्ठ, गणेशप्रसाद श्रेष्ठ र भीमकुमार श्रेष्ठलाई नगदसहित दोसल्ला ओढाई सम्मान गरिएको थियो


    कार्यक्रमको अध्यक्षता गरेका संस्थाका अध्यक्ष नरेन्द्रकुमार श्रेष्ठले आ.व. २०७९ \ ०८० को समीक्षा र आ.व. २०८०\ ०८१ को वार्षिक कार्यक्रम तथा कार्ययोजना समेटिएको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सभामा लेखा समितिका सदस्य कमलप्रसाद भट्टराईले आन्तरिक लेखा परीक्षण प्रतिवेदन पेश गरेका थिए । वार्षिक प्रतिवेदन, आन्तरिक लेखा परीक्षण प्रतिवेदन र स्वतन्त्र लेखा परीक्षकको प्रतिवेदन छलफलपछि सर्वसम्मत रूपमा पारित गरिएको व्यवस्थापक खगेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । २०६६ साल असोज २६ मा डिभिजन सहकारी कार्यालय भद्रपुरमा दर्ता भई कार्यारम्भ गरेको भीमसेन साकोसमा हाल २ सय १ महिलासहित ५ सय २० शेयर सदस्य रहेका छन् । हाल संस्थाको कुल चुक्ता शेयर पूँजी १ करोड ५६ लाख ६६ हजार ४ सय रुपैयाँ रहेको छ भने कुल ऋण लगानी ६ करोड २९ लाख ४९ हजार २ सय १२ रूपैयाँ रहेको लेखापाल टेकनारायण श्रेष्ठले जानकारी दिए ।


    जिल्ला सहकारी संघ झापाका उपाध्यक्ष चम्पादेवी खनाल (सुवेदी) को प्रमुख आतिथ्य र कनकाई नगरपालिका सहकारी कार्यालयका प्रमुख हरिप्रसाद पौडेलको विशेष आतिथ्यमा भएको कार्यक्रममा संस्थाका सल्लाहकार संयोजक भरतकुमार श्रेष्ठ, दोमुखा बहुउद्देश्यीय सहकारी संस्था सुरुङ्गाका सचिव छबि थपलिया लगायतले शुभकामना मन्तव्य राखेका थिए ।


    साधारण सभामा काजी पाठक र यामकुमार श्रेष्ठले टिपोट समिति, कृष्णबहादुर अधिकारी, तीर्थबहादुर श्रेष्ठ र खगेन्द्रकुमार श्रेष्ठले निर्णय लेखन समिति र रूद्रबहादुर श्रेष्ठ र सोमनाथ मिश्रले निर्णय पुस्तिका प्रमाणित समितिको भूमिका निर्वाह गरेका थिए । कार्यक्रममा सुरुङ्गा कनकाई साकोसका सचिव श्यामकुमार पौडेल, सल्लाहकारहरू रामबाबु महर्जन, हेमनारायण श्रेष्ठ, मैया चौहान, पूर्व सल्लाहकार मानबहादुर भुजेल लगायतको आतिथ्य रहेको थियो ।


    संस्थाका उपाध्यक्ष रत्नकुमार श्रेष्ठले स्वागत मन्तव्य राखेको कार्यक्रमको उदघाटन सत्र सञ्चालक समिति सचिव तेजबहादुर प्रधान र बन्द सत्र सदस्य तीर्थराज खरेलले सञ्चालन गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.