Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » प्रदेशस्तरीय महिला फुटबलको उपाधि कनकाईलाई
    खेलकुद

    प्रदेशस्तरीय महिला फुटबलको उपाधि कनकाईलाई

    ramBy ram२०७६ पुष १५, मंगलवार १७:५० गते2 Mins Read

    बिर्तामोड \  प्रदेशस्तरीय महिला नकआउट फुटबल प्रतियोगिताको उपाधि कनकाई महिला फुटबल टिमले जितेको छ ।
    मंगलबार बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको फाइनल खेलमा सुनसरीको धरान महिला फुटबल क्लबलाई १–० को अन्तरले हराउँदै कनकाई च्याम्पियन भएको हो । दोस्रो हाफको अन्तिम मिनेटमा कनकाईकी कप्तान लक्ष्मी श्रेष्ठले हेडरमार्फत गरेको गोल नै जीतका लागि निर्णायक बन्यो ।

    सरिता शेर्पाले मिलाइदिएको क्रस पासलाई कनकाईकी कुसुम खतिवडाले ‘मिस’ गर्दा श्रेष्ठले गोललाई जाली चुमाएकी थिइन् । फाइनल खेलको वुमन्स अफ दि म्याच एक गोल गर्ने कनकाईकी श्रेष्ठ घोषित भइन् । उनले नगद एक हजार पाइन् ।
    प्रतियोगिताको उत्कृष्ट गोल किप्पर विजेता टिमकी छत्रिका चौधरी, बेस्ट डिफेन्स कनकाईकी खुस्मा राई, बेस्ट मिडफिल्ड उपविजेता धरानकी समीक्षा राई, बेस्ट फरवाड कनकाईकी सरिता शेर्पा र बेस्ट कोच कनकाईका सन्त रायामाझी घोषित भए । उनीहरुले जनही एक एक हजार पाए ।

    बिर्तामोड फुटबल क्लबको आयोजनामा सम्पन्न ‘तमू ल्होसार गोल्डकप–२०७६’ प्रतियोगिताको विजेताले नगद एक लाख एक हजार १ सय ११ रुपैयाँ, ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्यो । उपविजेता बनेको धरानले ५१ हजार १ सय ११ रुपैयाँमा चित्त बुझायो ।

    कार्यक्रममा विजेता र उपविजेतालाई आयोजक अध्यक्ष डिके गुरुङ, कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्र पोखरेल, झापाका प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइराला, झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङ, झापा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख टहलदास मैनाली, कांग्रेस नेता देउमान थेबेलगायतले पुरस्कार वितरण गरेका थिए । फाइनल प्रतिस्पर्धा अगाडि तमु समुदायको विशेष सांस्कृतिक प्रस्तुति रहेको थियो ।

    कमेन्टस्

    Author

    • ram
      ram
      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.