काठमाडौँ, मङ्सिर २२ गते । बिहीबार राती दुबईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँ आएका एक व्यक्ति १४ किलोग्राम सुन सहित प्रहरी र भन्सार कार्यालयका कर्मचारीको टोलीले पक्राउ गरेको छ । नेपाल प्रहरीका प्रवक्ता डिआइजी कबेर कडायतका अनुसार गोरखा वारपाकका चन्द्र घले सुन सहित जहाजबाट अवतरण हुने क्रममा पक्राउ परेका हो ।
घले फ्लाइ दुबईको फ्लाइटबाट काठमाडौँ उत्रेका थिए । डिआइजी कडायतका अनुसार सुन सहित पक्राउ परेका व्यक्ति भन्सार विभागलाई थप कारवाहीका लागि बुझाई सकिएको जनाएको छ । शरीरमा लुकाएर ल्याएको अवस्थामा घले पक्राउ परेको थियो ।
Author
-
View all posts
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

