भाउ बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख २१ हजार ६ सय रुपैयाँ पुगेको सुनको भाउ आज घटेको छ ।
तोलामा दुई हजार ४ सय रुपैयाँले घटेर आज तोलाको एक लाख १९ हजार २ सय रुपैयामा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रवार सुनको भाउ तोलाको एक लाख १९ हजार रहेकोमा आइतवार एक हजार ८ सय रुपैयाँले बढेको थियो । त्यस्तै हिजो पनि ८ सय रुपैयाँले बढेर रेकर्ड बनाएको थियो ।
आज चाँदीको भाउ पनि घटेको छ । तोलामा ४५ रुपैयाँले घटेर चाँदी आज एक हजार ५ सय रुपैयाँ झरेको महासंघले जनाएको छ ।
Author
-
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।
View all posts
