Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » अध्यक्ष कप प्रदेश नं. १ पालिका स्तरीय पुरुष भलबिल प्रतियोगिता संचालन
    खेलकुद

    अध्यक्ष कप प्रदेश नं. १ पालिका स्तरीय पुरुष भलबिल प्रतियोगिता संचालन

    ramBy ram२०७६ पुष १४, सोमबार १५:१२ गते3 Mins Read

    राम निरौला
    कनकाई खबर  \ झापामा सोमवारदेखि अध्यक्ष कप प्रदेश नं. १ पालिका स्तरीय पुरुष भलबिल प्रतियोगिता संचालन भएको छ ।

       झापा गाउँपालिकाको आयोजनामा संचालन भएको प्रतियोगितामा १ नं. प्रदेशका २२ वटा टिमको सहभागिता रहेको आयोजक समितिका अध्यक्ष गजेन्द्र ताम्लीले जानकारी दिएका छन ।  शरणामतिस्थित जनता माध्यमिक विद्यालयको खेलमैदानमा संचालन भएको प्रतियोगिताको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहले पानसमा दिप प्रज्वलन गरेर विधिवत रुपमा उद्घाटन गरेका छन् ।

       सोमवार बेलवारी मोरङ् र दमक नगरपालिका झापा विच भएको पहिलो उद्घाटन खेलमा दमकले विजयको सुरुवात गर्दै १५\२५  र १८\२५ को सोझो सेटमा बेलवारीलाई पाखा लगाएको छ । खेलको म्यानअफ द म्याच दमकका खेलाडी प्रकाश लिम्बू घोषित भएका छन् ।

       त्यस्तै शिवसताक्षी नगरपालिका झापा र बाह्रदशी गाउँपालिका झापा विच भएको दोस्रो खेलमा बाह्रदशीले १२\२५ र २३\२५ को सोझो सेटमा शिवसताक्षीलाई पाखा लगाउँदै जीत हात पारेको छ । खेलको म्यान अफ द म्याच बाह्रदशीका खेलाडी रबिन थापा घोषित भएका छन् ।

       त्यस्तै नेचा सल्लेरी गाउँपालिका, सोलुखुम्बु र पथरी शनिश्चरे नगरपालिका मोरङ्ग विच भएको तेस्रो खेलमा नेचा गाउँपालिकाले २०\२५ र १९\२५ को सोझो सेटमा पथरीलाई पाखा लगाएको छ । खेलको म्यान अफ द म्याच नेचा सल्लेरीका निर्मल निरौला घोषित भएको वताइएको छ ।

       त्यस्तै सोमवार नै झापा गाउँपालिका र उर्लावारी गाउँपालिका मोरङ्ग विच भएको चौथो खेलमा उर्लावारीलाई पाखा लगाउँदै झापा गाउँपालिकाले २५\१९ र २५\१७ को सोझो सेटले विजेता बनेको छ । खेलको म्यान अफ द म्याच झापा गाउँपालिकाका सागर भट्टराई घोषित भएको आयोजक समितिले जनाएको छ ।

       मंगलवार हुने प्रतियोगिता लेटाङ नगरपालिका मोरङ र कनकाई नगरपालिका झापा विच पहिलो खेल हुने छ भने क्रमशः सभा पोखरी गाउँपालिका संखुवासभा र गौरादह नगरपालिका झापा विच दोस्रो खेल हुने वताइएको छ । त्यस्तै कमल गाउँपालिका झापा र भद्रपुर नगरपालिका झापा विच तेस्रो खेल हुने छ भने महालक्ष्मी नगरपालिका धनकुटा र मेचीनगर नगरपालिका झापा विच चौथो खेल हुने वताइएको छ । त्यस्तै सोताङ्ग गाउँपालिका सोलुखुम्बु र ट्याम्के मैयु गाउँपालिका भोजपुर विच पाँचौं खेल सम्पन्न हुने आयोजक समितिका अध्यक्ष गजेन्द्र ताम्लिले बताएका छन् ।

        पुस १९ गते सम्म संचालन हुने प्रतियोगिताको विजेता टिमले नगद १ लाख १ हजार १ सय ११ र ट्रफी प्राप्त गर्नेछ भने दोस्रो हुनेले ७१ हजार १ सय ११ र ट्रफी, तेस्रो टिमले २१ हजार १ सय ११ र ट्रफी तथा चौथो हुने टिमले समेत नगद ११ हजार १ सय ११ र ट्रफी पाउने आयोजक समितिका अध्यक्ष ताम्लीले जानकारी दिएका छन् ।

       स्थानीय वडा नं.६ का वडाअध्यक्ष हरीवहादुर बानियाँको सभापतित्व रहेको उद्घाटन समारोहका अवसरमा १ नं. प्रदेशका उत्कृष्ट भलिबल खेलाडी स्थानीयवासी आशिसजंग कार्की साथै झापामा सम्पन्न फुटवल र भलिबल प्रतियोगिताहरुको उत्कृष्ट लोगो डिजाइनर पर्वत गुरुङलाई सम्मान पत्रका साथ विशेष सम्मान गरिएको छ । प्रमुख अतिथी झापा गाउँपालिका अध्यक्ष शाह, उपाध्यक्ष कुन्तीदेवी बुढाथोकी, भलिबल संघ १ नं. प्रदेशका अध्यक्ष हरीवहादुर निरौला, भलिबलका पुर्व राष्ट्रिय खेलाडी गजेन्द्र ताम्ली लगायतले मन्तव्य राखेको उद्घाटन कार्यक्रमको संचालन मोहन ओलीले गरेका थिए ।

    कमेन्टस्

    Author

    • ram
      ram

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.