Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » विभिन्न सांस्कृतिक प्रस्तुतीसहित कनकाई प्याब्सनको सांस्कृतिक कार्यक्रम सम्पन्न
    कनकाई नगरपालिका

    विभिन्न सांस्कृतिक प्रस्तुतीसहित कनकाई प्याब्सनको सांस्कृतिक कार्यक्रम सम्पन्न

    कनकाई खबरBy कनकाई खबर२०८० मंसिर १७, आईतवार १०:१८ गते3 Mins Read

    कनकाई खबर \ प्याब्सन कनकाईको नगरस्तरीय दुई दिवसीय सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।


    कनकाई ३ स्थित देवकोटा एजुकेशन फाउण्डेशनको परिसरमा सम्पन्न दुई दिवसीय प्रतियोगितात्मक सांस्कृतिक कार्यक्रम अन्तर्गत पहिलो दिनको गायन तर्फ कक्षा ११ र १२ साथै १२ बर्ष मुनिका र १२ बर्ष भन्दा माथिका विद्यार्थीले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । त्यस्तै मावि स्तरीय लोक साँस्कृतिक नृत्य प्रतियोगिता समेत सम्पन्न भएको थियो ।

    कक्षा ११ \ १२ तर्फको गायन प्रतियोगितामा हरिकुल नमुना अंग्रेजी मावि प्रथम र पशुपति अंग्रेजी मावि द्वितीय भए । त्यस्तै १२ बर्ष मुनिका विद्यार्थीको गायन प्रतियोगितामा देवकोटा एजुकेशन फाउण्डेशन प्रथम , ज्ञानमाला एकाडेमी द्वितीय र अरुणोदय अंग्रेजी मावि साथै हाम्रो पाठशाला तृतीय भएका थिए ।


    त्यस्तै १२ बर्ष माथिका विद्यार्थीको गायन प्रतियोगीतामा प्यारागन एकाडेमी र अरुणोदय अंग्रेजी मावि प्रथम, हरिकुल नमुना अंग्रेजी मावि र देवकोटा एजुकेशन फाउण्डेशन द्वितीय साथै पशुपति अंग्रेजी मावि तृतीय भए । त्यस्तै मावि स्तरीय लोक सांस्कृतिक नृत्य प्रतियोगीतामा प्यारागन एकाडेमी प्रथम, नवयुग शिक्षा निकेतन द्वितीय र बेनुबाजा अंग्रेजी मावि तृतीय भएको प्याब्सन कनकाईका सचिव मोहन थापाले जानकारी दिए ।


    प्रतियोगीताको निर्णायक मण्डलमा गायनतर्फ संगीत प्रशिक्षक संगीतकार अनुप दियाली र गायक तथा संगीत प्रशिक्षक टंक थापामगर रहेका थिए । त्यस्तै नृत्य तर्फको निर्णायक मण्डलीमा बरिष्ठ नृत्य निर्देशक यामबहादुर बस्नेत, राष्ट्रिय नृत्य परिषद कोषाध्यक्ष प्रनिषा उदास, नृत्य निर्देशकद्वय मनिस कटुवाल र राज न्यौपाने रहेको बताइएको छ । कार्यक्रमको दोस्रो दिन आधुनिक गीतमा कक्षा ५ सम्मको र राष्ट्रिय गीतमा कक्षा– ८ सम्मको नृत्य प्रतियोगिता सम्पन्न भएको थियो ।


    कक्षा–५ सम्मको आधुनीक गीतमा भएको नृत्य प्रतियोगीतामा प्यारागन एकाडेमी प्रथम, ग्लोवल एडुकेयर एकाडेमी द्वितीय र नवयुग शिक्षा निकेतन तृतिय भए भने राष्ट्रिय गीतमा कक्षा–८ सम्मको नृत्य प्रतियोगीतामा प्यारागन एकाडेमी प्रथम , ग्लोवल एडुकेयर एकाडेमी द्वितीय र पशुपति अंग्रेजी मावि तृतीय भए ।


    प्रतियोगीतामा प्रथम, द्वितीय र तृतीय भएका विद्यालयले ट्रफी र विद्यार्थीले मेडल प्राप्त गरेका छन् साथै सहभागी सबैलाई सहभागीताको मेडल प्रदान गरिएको बताइएको छ । प्रतियोगीताको हरेक बिधामा प्रथम हुने विद्यार्थीहरुले पुष १ र २ गते दमकमा हुने जिल्ला स्तरीय प्रतियोगितामा भाग लिन पाउने प्याब्सन कनकाई नगर अध्यक्ष विनोद सुब्बाले जानकारी दिएका छन् ।


    प्याब्सन कनकाई नगर अध्यक्ष विनोद सुव्वाको सभापतित्वमा सम्पन्न कार्यक्रममा कनकाई नगरपालिका वडा नं.–३ का अध्यक्ष युवराज चौलागाईं, प्याब्सन झापाका अध्यक्ष गौरीमान फागो, उपाध्यक्ष टिआर गौतम,प्यारगन एकाडेमीका संस्थापक अध्यक्ष चम्पादेवी सुवेदी लगायतले शुभकामना मन्तव्य राखेका थिए।


    कार्यक्रममा प्याब्सन झापाका सल्लाहकार प्रभुकुमार श्रेष्ठ, सचिव हरिकृष्ण पाठक, प्रदेश सदस्य भानु राजवंशी,झापा जिल्ला कोषाध्यक्ष अमृत तिम्सिना,सह–सचिवद्वय लक्ष्मी उप्रेती र भवानी पाठक सह–कोषाध्यक्ष हरि फुयाल, सदस्य गणेश श्रेष्ठ प्याब्सन झापा गाउँपालिकाका अध्यक्ष नवराज सुवेदी, प्याब्सन कनकाई नगरका सल्लाहकार अखिल कोइराला, रोटरी क्लव अफ सुरुङ्गाका अध्यक्ष शिवकुमार कडेल लगायतको उपस्थिति रहेको थियो ।


    कार्यक्रम संयोजक एवं प्याब्सन कनकाई नगर कोषाध्यक्ष विनोद उप्रेतीले उपस्थित सबैलाई स्वागत गरेको कार्यक्रममा देवकोटा एजुकेशन फाउण्डेशनका वालवालिकाबाट स्वागत नृत्य प्रस्तुत भएको थियो । कार्यक्रमको सञ्चालन प्याब्सन नगर सचिब मोहन थापाले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.