Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सरकारले निजी विद्यालयको उच्च मुल्याङ्क गर्नुपर्छ ः संघीय सांसद साँवा
    कनकाई नगरपालिका

    सरकारले निजी विद्यालयको उच्च मुल्याङ्क गर्नुपर्छ ः संघीय सांसद साँवा

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८० मंसिर १७, आईतवार १०:०२ गते3 Mins Read

    कनकाई खबर \ प्रतिनिधि सभा सदस्य एल.पी.साँवा लिम्बूले निजी विद्यालयहरुबाट प्राप्त गुणस्तरीय शिक्षाले अन्तर्राष्ट्रिय स्तरमा समेत प्राथमिकता पाएको बताएका छन् ।

    निजी विद्यालयहरुको संस्था कनकाई नगर प्याब्सनद्वारा आयोजीत प्रतियोगीतात्मक दुई दिवसीय सांस्कृतिक कार्यक्रमलाई प्रमुख अतिथीको आसनबाट सम्बोधन गर्दै सांसद साँवाले भने, -“शिक्षा क्षेत्रमा निजी विद्यालयहरुको योगदान अत्यन्तै महत्वपूर्ण रहेकाले सरकारले निजी विद्यालयको उच्च मुल्याङ्कन गर्नु पर्छ।” शिक्षा क्षेत्रमा सरकारले गर्न नसकेको काम निजी शैक्षिक संस्थाहरुबाट भएको भन्दै सांसद साँवाले निजी क्षेत्रको पक्षमा आँफू र आफू सम्वद्ध पार्टी निरन्तर लड्ने प्रतिवद्धता जनाए ।


    सरकारले निजी क्षेत्रका विद्यालयहरुको उच्च मुल्याङ्कन गर्दै योगदानको प्रशंसा गर्नु पर्नेमा पछिल्लो समय त्यसको विपरीत टिक्का टिप्पणी हुनु गलत भएको भन्दै सांसद साँवाले बिकल्प सहितको उचित निर्णय नभएमा निजी विद्यालयप्रति अन्याय हुने बताए । सांसद साँवाले निजी विद्यालयहरुको संस्था प्याब्सनले गरेको अतिरिक्त क्रियाकलापको प्रशंसा गर्दै गुणस्तरीय शिक्षासँगै एक सफल कलाकार उत्पादनमा समेत निजी विद्यालयको भूमिका अत्यन्तै प्रभावकारी भएको बताए ।

    प्याब्सन कनकाईका अध्यक्ष विनोद सुव्वाको सभापतित्व रहेको कार्यक्रम कनकाई– ३स्थित देवकोटा एजुकेशन फाउन्डेसनको परिसरमा सम्पन्न भएको हो । प्याब्सनको बार्षिक कार्यक्रम अन्तर्गत नगर प्याब्सन कनकाईले संचालन गरेको कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै अध्यक्ष सुव्वाले शिक्षण सिकाई क्रियाकलापसँगै वालवालिकामा रहेको प्रतिभा प्रस्फुटन गर्ने अवसर दिएर राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा समेत पहिचान बनाउँन सक्ने योग्य नागरिक उत्पादन गर्ने उद्येश्यले निजी विद्यालयहरु संचालनमा रहेको बताए ।


    सरकारले गर्नु पर्ने महत्वपूर्ण काम निजी क्षेत्रले काँध हालेको भएपनि निजी विद्यालयले सरकार भएको महशुस गर्न नपाएको प्याब्सन कनकाईका अध्यक्ष सुव्वाले दुखेसो पोखे । सरकारले निजी विद्यालयलाई हेर्ने दृष्टिकोण सच्याउन आग्रह गर्दै अध्यक्ष सुव्वाले निजी विद्यालयप्रति सरकार गैरजिम्मेवार बनेको टिप्पणी गरे । बिकल्पको खोजी नभइकन निजी बिद्यालय बन्दको कुरा उठाउनु गलत भएको भन्दै प्याब्सन कनकाईका अध्यक्ष सुब्बाले बिगारेर बनाउँनु भन्दा बनेकोलाई संरक्षण गर्नु उचित हुने बताए ।


    कार्यक्रममा कलाकारिताको क्षेत्रमा देश विदेशमा समेत ख्याती प्राप्त कनकाई –३ निवासी स्रष्टा मुर्तिकार एवं चित्रकार हिम्मत नेम्वाङ साथै शिक्षासेवी सागर ढुङ्गानासहित धना प्रसाईँ ढुङ्गानालाई सम्मान गरिएको छ । कला एवं साहित्यको माध्यमबाट कनकाई नगरको पहिचान उच्च बनाउँन खेलेको भुमिकाको प्रशंसा गर्दै कला एवं साहित्यका धनी नेम्माङलाई सम्मान पत्रसहित दोसल्ला ओढाएर विशेष सम्मान गरिएको हो ।


    त्यस्तै निजी विद्यालय स्थापनासँगै शिक्षाको माध्यमबाट सामाजिक क्षेत्रमा समेत उल्लेखनीय योगदान दिएको भन्दै कनकाई –४,निवासी शैक्षिक व्यक्तित्व सागर ढुङ्गाना सहित उनकी जीवनसंगिनी धना प्रसाईंलाई दोसल्ला ओढाएर सम्मान पत्रसहित सम्मान गरिएको थियो । कनकाईमा २०५५ देखी तेस्रो निजी विद्यालयका रुपमा चन्द्रलक्ष्मी आदर्श विद्यालय संचालनमा ल्याएका ढुङ्गानाले झापा मेरीगोल्ड अंग्रेजी मावि हुँदै हाल दिव्यरत्न अंग्रेजी माविको संस्थापक प्रिन्सिपलका रुपमा रहेर शिक्षाको माध्यमबाट समाज रुपान्तरणमा क्रियाशिल छन् । विभिन्न सामाजिक क्षेत्रमा समेत क्रियाशिल ढुङ्गाना एक लेखक, साहित्यकार एवं विद्यार्थी नेताका रुपमा समेत छुट्टै पहिचान बनाएका विद्यालय प्रशासक समेत हुन् । सम्मानित दुबै स्रष्टालाई कार्यक्रमका प्रमुख अतिथी प्रतिनिधि सभा सदस्य साँवाले सम्मान गरेका हुन् ।


    कार्यक्रम संयोजक एवं प्याब्सन कनकाई नगर कोषाध्यक्ष विनोद उप्रेतीले उपस्थित सबैलाई स्वागत गरेको कार्यक्रमको सञ्चालन प्याब्सन नगर सचिब मोहन थापाले गरेका थिए ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.