Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » दुईजना मान्छे मारेको बाघ
    कनकाई खबर बिशेष

    दुईजना मान्छे मारेको बाघ

    कनकाई खबरBy कनकाई खबर२०८० मंसिर १५, शुक्रबार १२:४५ गते2 Mins Read
    तस्बिर: कान्तिपुर

    चितवन — दुईजना मान्छे मारेपछि चितवन निकुञ्जको टोलीले नियन्त्रणमा लिएको बाघको तीन रात साँघुरो खोरमा अटेसमटेस भएर बिते । निकुञ्जको प्राविधिक टोलीले सोमबार राति पौने नौ बजे तिर मकवानपुर मनहरी गाउँपालिका ६ मा पर्ने चितवन निकुञ्जको मध्यवर्ती क्षेत्र अन्तर्गतको जोगीताल इलाकाबाट मान्छे खाएको बाघलाई नियन्त्रणमा लिएको थियो । 

    त्यो बाघ नियन्त्रणमा लिएका बेला राखेको साँधुरो खोरमै बिहीबार साँझसम्म बस्यो । नियन्त्रणमा लिएका बाघ राख्न बनाएका फराकिला खोरहरू अहिले प्रायः भरिएका छन् ।

    ‘तीन दिनसम्म प्रयास गरेर बल्लतल्ल व्यवस्थापन गर्न सकेका छौं,’ चितवन राष्ट्रिय निकुञ्जको सूचना अधिकारी रहेका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले भने । सोमबार समाएपछि सो बाघलाई सानो खोरबाट नझिकी निकुञ्जको मुख्यालय कसरामा नै राखिएको थियो । बिहीबार साँझ सो बाघलाई सौराहा लगेर ठूलो खोरमा राखेको तिवारीले बताए । सौराहामा दुईवटा बाघ अटाउने खोर पनि खाली थिएन । कसरामा चारवटा बाघ अटाउने खोर त थिए तर ति पनि पुरै भरिएका थिए ।

    ‘सौराहामा रहेको अलि बलियो बाघलाई बर्दिया खोरमा राख्न पठाएर कमजोर अवस्थामा नियन्त्रणमा लिएको यो बाघलाई सौराहाको खोरमा राखिएको हो,’ तिवारीले भने । बर्दियामा पनि बाघले खोर भरिएका छन् । तर जनतन व्यवस्थापन गरेर एउटा बाघ अटाउने बनाएको तिवारीले बताए । नियन्त्रणमा लिएका बाघ राख्न चितवनसहित बर्दिया, पर्सा र बाँके निकुञ्जमा खोरहरु रहेका छन् । तर सबै तिरका खोर भरिभराउ रहेका छन् । मान्छे खान पल्केको बाघलाई नियन्त्रणमा नलिए थप दुर्घटना गराउने जोखिम हुन्छ ।

    सोमबार साँझ नियन्त्रणमा लिएको बाघले जोगिताल इलाकामा घाँस काट्न गएका चितवन राप्ती नगरपालिका १ पिप्ले दुबिचौरका ४३ वर्षीय हरि पौडेललाई आक्रमण गरेर ज्यान लिएको थियो । सो घटनापछि बाघलाई नियन्त्रणमा लिन गएको टोलीले सोही ठाउँमा बाघले आक्रमण गरेर मारेको अर्को शव पनि फेला पारेको थियो ।

    मान्छेलाई आक्रमण गर्ने बाघहरु नियन्त्रणमा लिनु पर्ने बाध्यता नै हुन्छ । तर त्यस्ता बाघ कहाँ राख्ने भन्ने समस्या पनि उत्पन्न भएको छ । बाघ बढेसँगै मान्छेमाथि आक्रमण गर्ने घटना पनि बढेका छन् ।कान्तिपुरबाट

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.