जाजरकोटको कुशे गाउँपालिकामा चिसोबाट एक बालिकाको मृत्यु भएको छ। कुशे–१ स्याँक्रीकी सुनील वादीकी तीन वर्षीया छोरी रक्षा वादीको चिसोले कठ्यांग्रिएर मृत्यु भएको हो।
चिसोका कारण उनलाई निमोनिया भएको थियो। निमोनियाले सिकिस्त बनेपछि उपचारका लागि छेडागाड नगरपालिकास्थित मटेलामा रहेको मेडिकलमा लैजाने क्रममा रक्षाको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए।
गएको कात्तिक १७ गतेको भुइँचालोबाट घर चर्किएपछि सुनीलको परिवार त्रिपालमुनि बसिरहेको अध्यक्ष बस्नेतले बताए।setopaati
Author
-
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।
View all posts
