सुनसरीको इटहरी उपमहानगरपालिका-२ स्थित बुढासुब्बा चोकमा हात्तीको आक्रमणबाट एक जना स्थानीयको मृत्यु भएको छ। गएराति बजारबाट घर फर्किने क्रममा सामुदायिक वन क्षेत्रको बाटोमा रविन खड्कालाई हात्तीले आक्रमण गरेको थियो। आक्रमणमा परेका खड्का घट्ना स्थलमानै मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।
चारकोशे जंगल क्षेत्रमा हरेक वर्ष हात्तीको चलहपहल बढ्ने गरेको छ। अहिले पनि इटहरीको तालतलैया, पानिपिया र शान्तिनगर क्षेत्रमा एक दर्जन जंगली हात्तीको समूहले स्थानीय बस्तीमा वितण्डा मचाउने गरेको प्रहरीको भनाइ छ।
Author
-
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।
View all posts
